स्थानीय बजारमा सुनको मूल्य लगातार वृद्धि

स्थानीय बजारमा सुनको मूल्य लगातार वृद्धि

लोकसंवाद संवाददाता  |  कारोबार  |  पुष २२, २०७७

काठमाडाैं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले उकालो लागेको छ । पछिल्ला दिनमा लगातार उकालो लागेको पहेंलो धातुको मूल्यमा आजको वृद्धिसँगै पुनः नयाँ उचाइमा पुगेको छ । 

प्रतितोला ९६ हजार ४०० रुपैयाँमा मङ्गलबार कारोवार भएको छापावाला सुन आज ३०० रुपैयाँले वृद्धि भई ९६ हजार ७०० रुपैयाँमा पुगेको छ । यस्तै तेजाबी सुन मङ्गलबार प्रतितोला ९५ हजार ९०० रुपैयाँमा कारोवार भएकामा आज ९६ हजार २०० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । यसैगरी चाँदीमा भने प्रतितोला  पाँच रुपैयाँले उकालो लागेको छ । 

प्रतितोला एक हजार ३३५ रुपैयाँमा मङ्गलबार कारोवार भएको चाँदी आज भने प्रतितोला एक हजार ३४० रुपैयाँ मूल्य निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।