हराएको सात थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण

हराएको सात थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण

लोकसंवाद संवाददाता  |  समाज  |  पुष २२, २०७७

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले हराएको सात थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । विभिन्न मितिमा फेला पारेका मोबाइल सम्बन्धित धनीलाई कार्यालयमा नै बोलाएर हस्तान्तरण गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिनुभयो । 

विभिन्न मिति र स्थानबाट हराएका तथा चोरी भएका मोबाइलको खोजी गरी पाउँ भनी प्रहरी कार्यालयमा निवेदन आएको थियो । निवेदन आएपछि प्रहरीले खोजतलास कार्यलाई तीव्रता दिँदै गएपछि हराएका तथा चोरी भएका करीब रु एक लाख २९ हजार ५०० बराबरको मोबाइल फेला परेको उहाँले बताउनुभयो ।