प्राणी जगतको आहार : खाद्यान्न बिनाको जीवन, 'खाद्य सङ्कट' र कृषि कर्म !

प्राणी जगतको आहार : खाद्यान्न बिनाको जीवन, 'खाद्य सङ्कट' र  कृषि कर्म !

रामहरि सुबेदी  |  दृष्टिकोण  |  पुष २२, २०७७

मानिसले  न शरिर, न प्राणको रक्षा गर्ने  अमूर्त मूर्तिहरूलाई भगवान् मानि रहेका छन् । उसोेभए जसले प्राणी जगतको प्राणको रक्षा गर्दछ त्यसलाई भगवान् किन नभन्ने  ?  अनि प्राणी जगतलाई बचाउने  खाद्यान्नलाई किन भगवान् नमान्ने त ?  प्राणी जगतले खाद्यान्न वा प्रकृतिलाई पक्कै पनि भगवान् मान्नुपर्ने हो । प्राणी जगतले र  त्यसमा पनि मानिसको प्रत्यक्ष भगवान् भनेको खाद्यान्न अर्थात् कृषि उपज नै हो ।  साथमा प्रकृतिमा रहेको हावा पानी पनि भगवान् हुन । 

हावा पानी पश्चात् संसारकै प्राणी जगतलाई बचाउने सूक्ष्म आधार, साधन र श्रोत केबल खाद्यान्न नै हो । प्राणी जगतको रझाका लागि  प्रकृतिले आ-आफ्नै आहार अर्थात् खाद्यान्नको प्रबन्धको व्यवस्था गरेको छ । यसरी आहार व्यवस्था हावा, जल तथा जमिनमा आधारित उत्पादनमा आधारित हुने गर्दछन् । अधिक आहार तथा  खाद्यान्न कृषि उत्पादनबाट मात्रै सम्भव हुने गरेकोमा कुनै विवाद छैन ।  

यो संसारमा जेसुकै जुनसुकै विज्ञानले भौतिक यावत किसिमका प्रविधिको विकास गरेको होस या नहोस् । उत्पादन होस वा नहोस्, कम उत्पादन होस् वा उत्पादन ठप्पै होस, मानिसहरू सहज र बडो कष्टका साथ मानिस बाँचेको हुन्छ । तर मानिस बाँच्ने  प्रमुख आधार तथा खाद्यान्नको स्रोत प्राकृतिक वा मानवद्वारा गरिने कृषि कर्मबाट प्राप्त हुने उत्पादनबाट नै हो ।

जे सुकै कारण यसरी प्राप्त खाद्यान्नको स्रोत  कमी भएमा वा उत्पादन नभएको  खण्डमा मानिस मात्र होइन कुनै पनि प्राणीको जिउँदो रहने कुरा परिकल्पना समेत गर्न सकिदैन् । यसलाई नै लिएर आधुनिक परिभाषामा सरदर भइरहेको उत्पादनमा अलिकति मात्रै कमी हुने कुरालाई समेत 'खाद्यान्न सङ्कट'  भनेर परिभाषित गरिएको  छ । यसैबाट के झल्किन्छ भने  मानिसको जीवनमा कृषि उत्पादनको महत्त्व कतिको रहेछ भनेर । 

देश र जनताको लागि सम्पूर्ण पक्षमा फाइदाजनक हुँदाहुँदै पनि  कृषि उत्पादनको वृद्धि गर्न सकिरहेको अवस्था छैन । आजैदेखि विश्वकै जनताले कृषि उत्पादनमा व्यापक वृद्धि गर्ने तीव्र इच्छा शक्ति राखेर  अग्रसर भई आ-आफ्ना देश र जनताको सेवा गरेमा मात्रै यो संसार स्वर्ग बन्न सक्ने छ ।  यो वास्तविकता र  ध्रुव सत्य कुरालाई आत्मसात् गर्ने  हो  भने सन्ततिको भविष्यको लागि यो पुस्ताले गर्ने  योगदान हुनेछ ।

सारांशमा यो संसारमा  कृषि उत्पादन विना मानिसको  सहज जीवन ठप्प हुने निश्चित छ । मानिस सम्पूर्ण भौतिक सुविधा त्यागेर बाँच्न सक्छ तर भोकै बाँच्न सक्दैन। त्यसैले आज संसारमै जनसङ्ख्याको वृद्धि यति तीव्र गतिमा भइरहेको छ कि यही क्रमले जनसङ्ख्या वृद्धि चाहिँ आकास्सिंदै जाने र कृषि उत्पादनको वृद्धिमा चाहिँ तल झर्दै जाने हो भने हामी मानिस र  प्राणी जगतको भविष्य अनिश्चित बन्ने निश्चित छ । 

बर्सेनि खेतीयोग्य जग्गा र जमिनमा गगनचुम्बी महल र सहरहरूको बस्ती बिस्तार भइरहेका छन् । मानिसका अनगिन्ती भौतिक अभाव र आवश्यकताहरूले निम्त्याउने नयाँ-नयाँ वैज्ञानिक आविष्कारहरू भइरहेका छन् । यस्ता आविष्कारहरू भएका  प्रविधिका सामानहरू उत्पादन गर्न कल कारखानाहरू पनि त्यतिकै तीव्र गतिमा स्थापना भइरहेका  छन् ।   सामान उत्पादन हुँदै जाने क्रम बढ्दै जाँदा धर्ती कै माटो अतिक्रमण हुने हो । जसको फलस्वरूप खेतीयोग्य जमिनको दुरी खुम्चिँदै जाँदा संसारकै वातावरणमा समेत भयावह असर परिरहेको छ । सम्पूर्ण  प्राणीजगत अनावृष्टि, अतिवृष्टि र खडेरीकाे मारमा परिरहेको छ,  कुपोषण, गरिबी र भोकमरीको सामना गर्नु परिरहेको छ । 

गहन विषय यो छ कि आगामी दिनमा हाम्रा सन्ततिले के खाएर बाँच्लान् त ? हाम्रो कर्तव्य उनीहरूलाई जन्म दिने मात्र हो र ? सन्तान उत्पादन गरेपछि गाँस, बास र कपासको पनि व्यवस्था गरिदिनु हाम्रो कर्तव्य र दायित्व होइन र ? यदि सन्ततिलाई हामीले गाँस, बास र कपासको उचित व्यवस्थाको संरक्षणमा चुक्यौँ  भावी पुस्ताले हामीलाई सराप्ने छैनन् ।  अझै पनि बेला छ कि संसारकै देशहरूले कृषिमा उत्पादनमा आत्मनिर्भर हुन चाहने हो भने No Food No Life अर्थात् 'खाद्यान्न विना छैन मानिसको जीवन' भन्ने नाराका साथ कृषिमा क्रान्ति ल्याएर यो संसारलाई नै खाद्यान्नले भरिपूर्ण पारी भोलि सामना गर्नुपर्ने कुपोषण, भोकमरी र खाद्यान्न सङ्कटको डरलाग्दो तितो यथार्थबाट यो संसारलाई बचाउने दायित्व  हाम्रै काँधमा छ ।

कृषि वास्तवमै हजारौँ वर्ष अघि पिता पुर्खाको पाला देखि नै फलदायक, लाभदायक, स्वास्थ्यकर र मैत्रीपूर्णका साथै एउटा अभिन्न मित्रसँग हुने मित्रताको प्रतीक झल्काउने घनिष्ठ सम्बन्धका साथ हाम्रो पुस्तासम्म पनि अटुटरुपमा उत्तिकै उही सम्बन्ध गाँस्दै आएको छ ।  

कृषिबाट फाइदा बाहेक बेफाइदा छँदै छैन यसका अनगिन्ती फाइदाहरू हामीले दैनिक उपभोग गर्दै आईरहेकाछौं जस्तैः बेरोजगारलाई रोजगारको अवसर, बिदेसिने युवाहरूलाई स्वदेशमै आय आर्जनको श्रोत, सुख्खा तथा त्यसै बाँझो छाडिएका जग्गाजमिनमा केही रोपी २-४ पैसा कमाउने अवसर, देशमा उत्पादित खाद्यान्न विदेश निर्यात गरी देशको आयस्रोतमा थप बल पुर्‍याउने अभिभाराका साथै बर्सेनि अरबौँको मासु  फुल फलफूल, दाल, तरकारी, दुधघिउ,धान,चामल गहुँ जस्ता यावत कृषिजन्य उत्पादनहरू भारत लगायत अन्य बाह्य मुलुकहरूबाट आयात  गर्ने काम नेपाल जस्तो कृषि प्रधान देशले गरिरहेको छ । 

देशलाई समृद्ध बनाउन सक्ने क्षमता विकास गर्न सक्नुका साथै देशको बर्सेनि हुने आर्थिक घाटा वृद्धिको क्रमलाई घटाउन सक्ने अवसरलाई सदुपयोग गर्न सकिरहेको अवस्था छैन  । देश र जनताको लागि सम्पूर्ण पक्षमा फाइदाजनक हुँदाहुँदै पनि  कृषि उत्पादनको वृद्धि गर्न सकिरहेको अवस्था छैन । आजैदेखि विश्वकै जनताले कृषि उत्पादनमा व्यापक वृद्धि गर्ने तीव्र इच्छा शक्ति राखेर  अग्रसर भई आ-आफ्ना देश र जनताको सेवा गरेमा मात्रै यो संसार स्वर्ग बन्न सक्ने छ ।  यो वास्तविकता र  ध्रुव सत्य कुरालाई आत्मसात् गर्ने  हो  भने सन्ततिको भविष्यको लागि यो पुस्ताले गर्ने  योगदान हुनेछ । 

समस्या मात्रै देखाएर त भएन अब यसता समाधानको उपायहरूको खोजी गर्नु जरुरी छ ।  पहिलो कुरो त कृषियोग्य जमिनलाई 'हिरा' जोगाए जस्तै गरी जोगाएर राख्नु अति जरुरी छ ।  दोस्रो कुरा कृषिको लागि पहिलो आवश्यकता भनेको सिँचाइ हो र यसका लागि नहर, कुलो, मुहान र पानी संकलन जस्ता बिबिध विकल्पहरुको खोजी गरी अटुटरुपमा निरन्तरता दिनु पर्दछ ।  तेस्रो कुरा अहिले आएर सरकारकै तर्फबाट पनि सरकारी खेती गरिनु पर्ने आवश्यकता महसुस गरिनुपर्दछ ।  देश भरी नै जे-जस्तो खालको  र जे जति  जग्गा बाँझो छ, त्यस जग्गामा जे जस्तो किसिमको खेती बाली हुने हो अनुसन्धान गरी सोही अनुसारको बाली लगाउने तर बाँझो भने ठ्याम्मै नराख्ने यसो गर्नसकेमा विश्वकै ' खाद्य सङ्कट'  केही राहत  दिन  सकिएला का कि ! धन्यवाद ।