आइपिएलमा बैंग्लोरको पहिलो जित

आइपिएलमा बैंग्लोरको पहिलो जित
पञ्जावविरुद्धको खेल जितेपछि खुसी मनाउँदै बैंग्लोरका एबी डिभिलियर्स । तस्बिर : बिसिसिआई ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख १, २०७६

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत शनिबार राती सम्पन्न दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले पहिलो जित दर्ता गरेको छ । 

कप्तान विराट कोहलीको ६७ र एबी डिभिलियर्सको ५९ रनको मद्दतमा बैंग्लोरले किंग्स इलेभन पञ्जावमाथि ८ विकेटले हराएको हो । 

५३ बल खेलेका कोहलीले ८ चौका प्रहार गरे भने ३८ बल खेलेका डिभिलियर्सले ५ चौका र दुई छक्का प्रहार गरे । 

पञ्जावका लागि कप्तान रविचन्द्र आश्विन र मोहम्मद सामीले मात्रै एक–एक विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङ गर्न आएको पञ्जावले क्रिस गेलको अभिजित ९९ रनको मद्दतमा चार विकेट गुमाएर १७३ रन बनाएको थियो । 
गेलले ६४ बलमा १० चौका र पाँच छक्का प्रहार गरेका थिए । 

अघिल्लो खेलमा सतक प्रहार गरेका केएल राहुलले १८ रनमै आउट भए । उनको विकेट युजबेन्द्र चहलले लिए । यस्तै, चहलले मयंक अगरवाललाई पनि आउट गरे ।