अमेरिकी संसद् भवन भित्र गोली  हानाहान ! एकको मृत्यु, ६ घाइते !!

अमेरिकी संसद् भवन भित्र गोली  हानाहान ! एकको मृत्यु, ६ घाइते !!

लोकसंवाद संवाददाता  |  विदेश  |  पुष २३, २०७७

एजेन्सी । अमेरिकी संसद् भवन भित्र गोली  हानाहानमा एक जनाको मृत्यु भएको समाचार छ । 

बिबिसीले दिएको समाचार अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी संसद् भवन भित्रै पसेर आक्रमण र तोडफोड गरेका हुन । यो घटनामा गोली लागेर एक जना महिलाको मृत्यु भएको छ। अवस्था तनावग्रस्त बनेपछि राजधानी वासिङ्टनमा कर्फ्यु लगाइएको छ। 

अमेरिकी कङ्ग्रेसमा सांसदहरूले जो बाइडेनको जीतको पुष्टि गर्न छलफल गरिरहेका बेला आक्रमण भएको  बताइएको  छ । सदनभित्र बहस चलिरहेका बेला ट्रम्प समर्थकहरू क्यापिटल बिल्डिङभित्र प्रवेश गरेर आक्रमण गरेका थिए। झ्याल र ढोका तोडफोड गरेर हतियारसहित ट्रम्प समर्थक अमेरिकी संसद् भवन  भित्र पसेका थिए ।

अमेरिकी संसद् भवन भित्रै प्रदर्शनकारी र प्रहरीबिच गोली  हानाहान  समेत भएको प्राप्त समाचारमा उल्लेख छ ।  प्रदर्शनमा ६ जना गम्भीर घाइते छन् । दुई दर्जन पक्राउ परेका छन् भने सुरक्षाकर्मीले २ विस्फोटकसहित ५ हतियार नियन्त्रणमा लिएको समेत  बताइएको  छ ।  बुधवार बेलुका देखि २४ घण्टाको लागि  कर्फ्यु आदेश जारी गरिएको छ ।