लगातार बढेको सुनको मूल्य सोच्नै नसकिने गरी घट्यो !

लगातार बढेको सुनको मूल्य सोच्नै नसकिने गरी घट्यो !

लोकसंवाद संवाददाता  |  कारोबार  |  पुष २४, २०७७

काठमाडौँ । स्थानीय बजारमा पहेंलो धातुको मूल्य आज प्रतितोला एक हजार ३०० ले ओरालो लागेको छ । पछिल्ला केही दिनमा लगातार उकालो लागेको सुनको मूल्यमा आज भने एकै पटक ठूलो मात्रामा ह्रास देखिएको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुन प्रतितोला  ९५ हजार ४०० मा बिक्री गर्ने गरी मूल्य निर्धारण गरेको छ । यो बुधबारका तुलनामा एक हजार ३०० ले कम हो । छापावाला सुन बुधबार  प्रतितोला रु ९६ हजार ७०० मा कारोवार भएको थियो । 

यस्तै तेजाबी सुन प्रतितोला ९४ हजार ९०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सोही सुन बुधबार तोलामा ९६ हजार २०० मा कारोवार भएको थियो । तेजाबी सुन बुधबारका तुलनामा आज तोलामा नै  एक हजार ३०० ले घटेको छ । यस्तै चाँदी भने तोलामा रु १० ले मात्रै ओरालो लागेको छ । प्रतितोला  एक हजार ३४० मा बुधबार कारोवार भएको चाँदी आज भने एक हजार ३३० मूल्य निर्धारण भएको छ ।