हेल्थ रिसर्च लाइफटाइम अवार्ड’ द्धारा राई सम्मानीत

हेल्थ रिसर्च लाइफटाइम अवार्ड’  द्धारा राई सम्मानीत

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १, २०७६

 काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा ‘सङ्घीयतामा समता र विकासका लागि अनुसन्धान’ मूल नाराका साथ हालै सम्पन्न भएको छ ।  सम्मेलनको सन्दर्भ पारेर स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा विशेष योगदान पुर्‍याउनु हुने विभिन्न व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको छ । 

परिषद्ले स्वास्थ्य क्षेत्रमा भएको खोज अनुसन्धान र प्रकाशनको क्षेत्रमा विशेष योगदान  गर्ने व्यक्तिलाई सम्मान गर्ने उद्देश्यले यसै वर्षदेखि ‘हेल्थ रिसर्च लाइफ टाइम अवार्ड’ दिन थालेको हो । यो वर्ष उक्त सम्मानद्धरा पहिलो पटक प्रा.डा. शिवकुमार राई सम्मानित गरिएको छ । स्वास्थ्य मन्त्रालय अन्र्तगतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्द्धरा गठित छनोट समितिले दिएको जानकारी अनुसार  स्वास्थ्य क्षेत्रमा निरन्तर खोज अनुसन्धान गरेको, १७९ वटा अनुसन्धान गरी प्रतिवेदन सार्वजनिक गरेका र २५ वटा भन्दा बढी पुस्तकहरू प्रकाशन गरेको र स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा निरन्तर उल्लेख्य योगदान गरेको भन्दै ‘हेल्थ रिसर्च लाइफ टाइम अवार्ड’  प्रदान गर्न  छनोट गरिएको पनि परिषद्ले जनाएको छ । कुनै सङ्घसंस्थाको सहयोग विना खोज अनुसन्धान गर्न नसकिने धारणा आइरहेको सन्दर्भमा प्रा.डा. राईले १७९ वटा रिसर्च गर्नुभएको कुरा समेत कार्यक्रममा जानकारी दिइएको थियो । 

त्यसैगरी सोही कार्यक्रममा जर्नल जेएएचआरसीमा सन् २०१८ मा प्रकाशित लेखमध्ये वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिलको लेखले उत्कृष्ट लेख–रचना अवार्ड प्रदान गरिएको थियो ।  परिषदद्धरा प्रकाशित स्वास्थ्य सम्बन्धी जर्नलमा प्रकाशित लेखहरू मध्ये डा. ओममूर्ति अनिलको लेख सर्वोत्कृष्ट भएकोले उत्कृष्ट लेख–रचना अवार्डद्धरा सम्मान गरिएको  जानकारी गराइएको छ । 

त्यसै गरी आउटस्ट्यान्डिङ हेल्थ रिसर्च अवार्डबाट डा. शमसुल अन्सारी, मृगेन्द्र सम्झना मेडिकल ट्र«स्ट योङ हेल्थ रिसर्च अवार्डबाट बिहंगम विष्ट, वेस्ट इम्प्लोई अवार्ड अफ एनएचआरसीबाट प्रदीप बेल्बासे, पुराना कर्मचारी रामप्रसाद पोखरेल, वेस्ट ओरल प्रिजेन्टेसन अवार्डबाट डा. निशा झा र वेस्ट पोस्टर प्रिजेन्टेसन अवार्डबाट पुष्करचन्द्र ठकुरीलाई समेत सम्मान गरिएको थियो ।  सम्मानित व्यक्तिहरूलाई उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सम्माननीय गरेका थिए ।

सम्मेलनमा देशभरका १ हजार ३ सयभन्दा बढी वैज्ञानिक एवम् सरोकारवाला प्रतिनिधिले एकै ठाउँमा भेला भएर १ सय ३७ वटा जनस्वास्थ्यसँग सम्बन्धित विषयमा छलफल भएको समेत परिषद्ले जनाएको छ उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य अनुसन्धानका नतिजा नीति–निर्माणका लागि उपयोगी हुने बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको तीनदिने पाँचौँ शिखर–सम्मेलनको समापनमा मन्त्री यादवले विकासका लागि स्वास्थ्य र शिक्षा नै आधार भएको बताए । स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिक सम्मेलन ६ बुँदे घोषणापत्रसमेत जारी गर्दै सम्पन्न भएको हो ।