डिसहाेमको डिलर दाईको डिस्काउण्ट अफर अन्तर्गतका विजेतालाई चेक हस्तान्तरण

डिसहाेमको डिलर दाईको  डिस्काउण्ट अफर अन्तर्गतका विजेतालाई चेक हस्तान्तरण

लोकसंवाद संवाददाता  |  कारोबार  |  पुष २४, २०७७

ललितपुर ।डिसहाेमकाे डिलर दाइको  डिस्काउण्ट योजना अन्तर्गत 'लाइभ लक्की ड्र'का भाग्यशाली विजेतालाई  १ लाख रुपयाँको चेक हस्तान्तरण गरिएको छ । 

 धादिङ थाक्रेका स्थानीय मनोज रिजाललाई डिशहोमका जेनरल म्यानेजर रमेश सापकोटाले १ लाख रुपयाँको  प्रदान गरेका छन् । CAS ID No. 2558254745  रहेको डिशहोमका कस्टमर मनोज रिजाललाई एक बर्षको रिचार्ज गर्ने कोईराला ईलेक्ट्रोनिक्सका डिलरदाईलाई पनि  १० हजार रुपयाँ प्रदान गरिएको जनाइएकाे छ । 

हरेक शुक्रबार बेलुकी ५ बजे प्रत्यक्ष प्रशारणमा गरिने 'लक्की ड्र' मा डिशहोमको कुनैपनि प्याकेजमा बार्षिक रिचार्ज गर्ने र अनलाईन पेमेन्ट गेटवे बाट  ५ हजार रुपयाँभन्दा माथि रिचार्ज गर्ने ग्राहकहलाई सहभागी गराइने जनाइएको छ । विजेताहरुलाई डिशहोमले पुरस्कार राशी घरमै गएर प्रदान गर्दै आईरहेको  समेत डिसहाेमले जनाएकाे छ ।