विश्वका सबैभन्दा धनी बने मस्क

विश्वका सबैभन्दा धनी बने मस्क

लोकसंवाद संवाददाता  |  विदेश  |  पुष २५, २०७७

एजेन्सी । टेस्ला कम्पनीको शेयर मूल्य बढेपछि टेस्ला कम्पनीका सीईओ एलन मस्क विश्वका सबैभन्दा धनी व्यक्ति बनेका छन् । ब्लूमबर्गका अनुसार बिहीबार टेस्ला कम्पनीको शेयर मूल्य ६ प्रतिशतले बढेपछि मस्कले एमेजोनका संस्थापक जेफ बेजोसलाई पछि पारेका हुन् ।

एमाजोनको शेयर मूल्य करिब २ प्रतिशतले बढ्दा बजोसको सम्पत्ति ३ अर्ब डलर बराबर मात्र बढेको बताइएको छ । तर मस्कको सम्पत्ति एकै दिन १० अर्ब डलर बराबर बढेर करिब १९१ अर्ब डलर पुगेको हो ।

अहिले मस्कको सम्पत्ति बेजोसको भन्दा ३ अर्ब डलर बराबर बढी रहेको छ ।

यसअघि लामो समयसम्म संसारको सबभन्दा धनी मानिसको सूचीमा रहेका बिल गेट्स अहिले तेस्रो स्थानमा रहेका छन् । ब्लुमबर्गका अनुसार उनको सम्पत्ति १३२ अर्ब डलर रहेको छ । 

अमेरिकाको क्यालिफोर्नियामा मुख्य कार्यालय रहेको टेस्लाले विद्युतीय कार उत्पादन तथा अन्य नयाँ अनुसन्धान गर्दै आइरहेको छ ।