गणितको यो दिक्दारी !

गणितको यो दिक्दारी !

लोकसंवाद संवाददाता  |  समाज  |  बैशाख १, २०७६

गणित विषय अधिकांश विद्यार्थीको लागि समस्या हुन्छ । अनि समस्याग्रस्त हुँदा विद्यार्थी कैन्टीनमा चर्चा चलाउने गर्छन, ‘होइन यस विषयको उत्पत्ति र खोज कुन चांहि मनुवाले गर्‍यो, त्यसलाई भेट्न पाए !’

तपाईहरुसँग पनि विद्यार्थी जीवनका यस्ता अनेकौ स्मृति होलान । तपाईंका तिनै स्मृतिलाई ताजा गर्न हामीले फेसबुकबाट गणित सम्बन्धी केही रोचक प्रसङ संकलित गरेका छौ– पढनुस के तपार्ईँसँग कुनै स्मृति मेल खान्छन ।

गणितमा सधै एउटा नाउ डूली रहन्थ्यो । कहिल्यै नदीको प्रवाहसँगै २० किमि प्रति घण्टाको दरले, त कहिल्यै ११.२५ किमि.को स्पीडले नदीको प्रवाहका विरुद्ध । यसको हिसाव किताव गर्नमा मेरो नाउ चांहि सधंै डुब्थ्यो  नै गोलगोल घुम्दै । र, उत्तरपुस्तिकामा मलाई पनि गोलो स्वरुपको अंक प्राप्त हुन्थ्यो ।

गणितका पुस्तकमा एउटा ट्रेन पनि हुने गर्‍थ्यो, जुनसंधै स्टेशन एवाट स्टेशन वीतिर कुदिरहन्थ्यो । अहिले गुगल म्यापमा सम्पूर्ण निरीक्षण गरे पनि यो दुबै स्टेशन कांही फेला पार्न सकिएन । 

एउटा मुनाफाखोर महामिलावटी दूधवाला पनि हुन्थ्यो । पहिला यी महाशयले दुईवटा भाडामा तीनभाग दूध राख्थे, अनि दुबै भाडामा दुधको एक भाग पानी मिसाउँथे । त्यसपछि दुवै भाडाको द्रब्य पदार्थ (दुध र पानी) एउटा ठूलो भाँडामा जुन भाडामा केही मात्रमा दुध हुन्थ्यो, त्यसमा मिसाइ दिन्थे । 

उनको बिजनेश सम्बन्धी सिक्रेट मसंग सोभिन्थ्यो–भाडामा कति दुध छ कति पानी ?

दूधमा  पानी मिसाएर मुनाफा उनले कमाउने ! हिसाबकिताव मैले गरिदिनुपर्ने ! मेरा आत्माले यो कहिल्यै स्वीकार गर्न सकेन, म मिसावटको घोर विरोधी..... मैले हिसाव किताव गर्न छोडेर त्यो मिसावट गर्ने महाशयको खोजी गर्ने कार्य पो गर्नुपर्छ भनेर उत्तरपुस्तिकामा लेखिदिए । परिणाम मैले यसपटक पनि रातो गोला पाए ।

चोरी भयो रे कुनै पसलमा । रात्रि १ः१५ मा चोर चोरी गरेर भाग्यो । ऊ ४० किमि. प्रतिघण्टाले कारमा सुइँकियो । ३२ मिनेट पछि चोरको पिछा गर्दै ६० किमिको स्पीडले पुलिस भ्यान दगु¥यो ।  भन पुलिसले चोरलाई कति बजे समाउँछ ?

यो त इन्सपेक्टरलाई सोधे भयो नि ! कति बजे समायो त्यो चोरलाई !! यसको हिसाव किताव गरेर चोर समाएर म कुन चाँहि पदोन्नति भएर डीएसपी हुन्छु ? वाहियात प्रश्न... यस्तै बाहियातका प्रश्नले गर्दा त म

जीवनमा बेरोजगार वाहेक केही हुन सकिन । गणितमा गतिला प्रश्न भएका भए म पनि आज बेरोजगारको सट्टा अरु केही हुन्थे । 

हुँदाहुँदा गणितमा एउटा ठेकेदार पनि हुन्थ्यो । उ खेत खन्नमा स्त्री, पुरुष यहाँसम्म कि बालश्र्रम पनि गराउँथ्यो । 

प्रश्न आयो, एउटा खेतलाई ३० पुरुष, २० स्त्री र १२ बच्चाले १० घण्टामा  खने भने, त्यो खेतलाई १८ पुरुष, १६ स्त्री र ४ बच्चाले कति घण्टामा खन्छन ?

म बालश्रमको घोर विरोधी, पारा तात्यो, आधुनिक युगमा पनि बालश्र्रम गराउने ! मैले जवाफ दिनुका सट्टा बालश्रम विरुद्ध उजुरी गर्ने निर्णय गरे । र तपाईँलाई थाहा छ,  त्यो दिन महिला दिवस थियो । कस्तो जालिम ठेक्केदार, महिला दिवसको दिन महिला माथि अत्याचार गर्ने ! यस्तो हृदय विदारक परिस्थितिमा म कसरी संयम राख्न सक्थे ?

अनि हेर्नुस त, त्यो धनी बाउको छोरो, आफ्नो मोटरले एक स्थानबाट अर्को स्थानसम्म ८० किमि.प्रतिघण्टाले  एक घण्टा बीस मिनेटमा पुग्थ्यो । अनि फर्कदा थाकेर ६० किमि. प्रतिघण्टाले मोटर चलाएर आउँथ्यो । मैले भनिदिनुपर्ने फर्किदा उसलाई कति समय लाग्छ ? मोटरको औसत चाल/गति गणना गर्नुपर्ने ?

ऐ बाबा, कुनै काम नभइकन ऊ अर्को स्थानसम्म गयो नै किन ? आफ्नो मोटर देखाउन, पेट्रोल बालेर पर्यावरण दूषित बनाउन ! यस्ता धनी बाउका छोराले नै त देश बिगारी रहेका छन । 

मलाई त यस्ता धनी बाउका छोराको चाल/चलन नै कहिल्यै पनि ठीक लागेन । यिनको मोटरको चाल छाडनुस्, यिनको आफ्नो चालचलन नै औसत भन्दा धेरै तलको हुन्छ । 

गणितका यस्तै प्रश्नले गर्दा म गणितज्ञको सट्टा दार्शनिक बन्न पुगे ।