गजल

गजल

भीमसिँह धामी  |  साहित्य  |  पुष २५, २०७७

घाम छाया जस्तै रहेछ जीवन
अधुरो माया जस्तै रहेछ जीवन ।।

न तङ्गृने न कायापलट नै हुने
रोगी काया जस्तै रहेछ जीवन ।।

हेर्दा साह्रै स्याहार सुसार झै लाग्ने
सानिमाको दया जस्तै रहेछ जीवन ।।

न छुन मिल्ने नत अंगाल्न मिल्ने
आफ्नै साया जस्तै रहेछ जीवन ।।

न घर न मुकाम, सेवामा समर्पित छु
र त एउटि आया जस्तै रहेछ जीवन ।।
 


 २०७७/८/ २२ गते भक्तपुर