बुध ग्रह र सूर्यको समीपको सम्बन्ध र महाप्रकाशको प्रत्यक्ष अवगत

बुध ग्रह र  सूर्यको समीपको सम्बन्ध र  महाप्रकाशको प्रत्यक्ष अवगत

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  पुष २५, २०७७

    महर्षयः सप्त पूर्वे चत्वारो मनव स्तथा ।
    मद्भावा मानसा जाता येषा लोक इमाः प्रजाः ।। ६ ।।

अन्वय र अर्थ – महर्षयः सप्त = भृगु आदि सात महर्षिहरू, पूर्वे (अतीतकालसम्बन्धिनः) = पहिले भएका, चत्वारः = सनकादि चार महर्षिहरू, तथा = त्यस्तै, मनवः = स्वायंभुव आदि मनुहरू, मद्भावाः = मेरो सामथ्र्यले युक्त, मानसाः = मेरो मनद्वारा उत्पन्न हुन, लोके = यस जगत्मा, येषां = ती मनुहरू र महर्षिहरूका, इमाः = चर र अचररूप, प्रजाः = सन्तानहरू जाताः = उत्पन्न भएका हुन् ।

भावार्थ – पहिले भृगु आदि सात महर्षिहरू सुनकादि चार महर्षिहरू तथा स्वायंभुव आदि मनुहरु मेरै शक्तिले सम्पन्न तथा मानसद्वारा उत्पन्न भएका हुन् । पछि तिनीहरूबाट यस जगत्मा यी सबै प्रजाहरूको सृष्टि भएको हो ।

विशिष्टार्थ – मायामा रहेको चैतन्य अर्थात् ईश्वरलाई महत् भन्दछन् । साधनबलले जुन पुरुषले यस महत् पदको लाभ गरेका छन् तिनैलाई महर्षि भन्दछन् । यस वर्तमान वैवस्वत मन्वन्तरमा त्यस पदलाई सात पुरुषहरूले प्राप्त गरिसकेका छन् । ती हुन – मनीरी, अति, अङ्गिरा, पुलस्त्य, पुलह, क्रतु, वशिष्ठ । कतै कतै कश्यप, अत्रि, वशिष्ठ, विश्वामित्र, गौतम यमदग्नि, भरद्वाजको नाम उल्लेख भएको पाइन्छ । पहिलेका चार महर्षि हुन् – सनक, सनन्दन, सनत्कुमार र सनातन । मनुहरू चौध छन् – स्वायम्मुव, स्वारोचिष, उत्तम, तामस, रैवत, चाक्षुष, वैवस्वत (यो वैवस्वत मन्वन्तर अहिले चलिरहेको छ),  सावर्णि, दक्ष सावर्णि, ब्रम्ह सावर्णि, धर्मसार्वणि, रुद्र सावर्णि, देव सावर्णि र इन्द्र सावर्णि । यी सबै मेरो मन आवेगका कल्पना प्रसुत हुन्, अर्थात् मेरो भावावस्थामा मानस नामबाट जुन वृत्तिविशेष उत्पन्न हुन्छ, सोही मानस (इच्छा शक्ति) बाट यी सबैको उत्पत्ति भएको हो । यिनीहरू मद्भावविशिष्ट अर्थात् मेरो वैष्णवी (विश्वव्यापी) सामथ्र्य युक्त छन् । यी सबै प्रजापति हुन् । यिनैबाट यस जगत्मा दृश्यमान प्रजा समूहको विस्तार भएको हो । 

    एतां विभूतिं योगञ्च मम यो वेत्ति तत्वतः ।
    सोऽविकम्पेन योगेन युज्यते नात्र संशयः ।। ७ ।।

अन्वय र अर्थ – यः = जसले, मम = मेरो, एतां = यो (उपर्युक्त), विभूतिं = विस्तारलाई, योगं च = योग ऐश्वर्य सामथ्र्यलाई अर्थात् मायिक घटनालाई पनि, तत्वतः = यथार्थरूपले, वेत्ति = जान्दछ, सः = त्यो पुरुष, अविकम्पेन (निः संशयेन)  = संशय रहित, योगेन = सम्यक् दर्शनद्वारा, युज्यते = युक्त हुन्छ, अत्र = यस विषयमा, संशयः न  = कुनै संशय छैन ।

त्यस प्रकारले जुन पुरुषहरू सर्वदा ब्रम्हानन्दसुख भोग गर्दछन्, तिनीहरूको बुद्धि प्रेमको वशले गर्दा 'म'  लाई छोड्न चाहदैनन्, तिनीहरू मेरो भजन गरिरहन्छन् । अतः मैले तिनीहरूको बुद्धिलाई 'म' मा  मिलाएर 'म'बनाइदिन्छु, जसबाट उनीहरू 'म' हुन्छन् ।

भावार्थ – मेरो यो सम्पूर्ण विभूति र योगद्वारा उत्पन्न सर्वज्ञतारूप सामथ्र्यलाई जसले यथार्थरूपले जान्दछन् तिनीहरू अविचलित योगमा युक्त हुन्छन्, यसमा कुनै संशय छैन ।

विशिष्टार्थ – यो जुन मेरो सृष्टिकरी प्रवृत्ति, प्रलयकरी वृत्ति (संयोग र वियोग) तथा सृष्टि भन्दा पहिले र प्रलय पछिको कैवल्य स्थिति  हो – यी तीनलई लिएर मेरो विभिूतियोग हो । विभूति = विशेष प्रकारको उत्पत्ति हो । वृहद् ब्रम्हाण्डमा कोटि कोटि क्षुद्र ब्रम्हाण्ड स्वरूप प्राणीको विस्तिार नै विशिेषत्व हो, र त्यस विभूतिलाई समेटेर पुनः  'म' मा मिल्नु नै योग हो । जुन पुरुष तत्वमा रहेर यी दुवैलाई देख्दछन्, अर्थात् साधन शक्तिद्वारा प्रलय हुनुभन्दा पहिले जुन प्रकृतिवशी अवस्था आउँछ त्यसै अवस्थामा रहेर यो सृष्टि र त्यसको लीलालाई जसले देख्दछन् तिनीहरूलाई प्रलय प्रारम्भ समयमा अर्थात् 'म' मा मिल्ने बेलामा फेरि अरू भोग लालसा वृत्ति लिएर नाच्ने रुचि हुँदैन । त्यसकारण 'म' मा मिलेर जुन केवलत्व प्राप्त हुन्छ, त्यसमा अरू विकम्पन हुँदैन । यो कुरा यथार्थरूपमा संशयशून्य छ ।

    अहं सर्वस्य प्रभवो मत्तः सर्व प्रवर्तले ।
    इति मत्वा भजन्ते मां बुधा भावसमन्विताः ।। ८ ।।

अन्वय र अर्थ – अहं = म, सर्वस्य = सम्पूर्ण जगत्को, प्रभवः = उत्पत्तिको कारण हुँ, मत्तः = मद्वारानै, सर्व = सम्पूर्ण जगत्, प्रवर्तते = संचालित छ, इति = यस्तो, मत्वा = बुझेर, बुधाः = विवेकी जनहरू, भावसमन्विताः (प्रीतियुक्ताः सन्तः) ममा श्रद्धा भक्ति राख्दा छँदा, मां = मलाई, भजन्ते = भज्दछन् ।

भावार्थ – म नै सम्पूर्ण उत्पत्तिको कारण तथा मद्वारा नै सकल जगत् प्रवर्तित हुन्छ, यस्तो बुझेर  (जानेर) बुधजनहरू भाव समन्वित भएर मलाई नै भज्दछन् ।

विशिष्टार्थ – अहं =  'म' परमात्मा,  'सर्व' = सृष्टिको रचनारूप ब्रम्हादि स्थावरान्त पर्यन्त जे छ त्यो सबै ।  'बुध' = बुध ग्रह जो सूर्यको सबै भन्दा नजिक रहन्छ अर्थात् महाप्रकाशको समीप सदैव जो रहिरहन्छ, अतः बुधमा सूर्य–ज्योति (महाप्रकाश) अत्यधिक पर्दछ । त्यस्तै जो विवेकज्ञानले सर्वदा परमात्मसंग गर्दछन् तिनीहरू पनि बुध–विवेकी हुन् । यो विवेक  पद प्राप्त हुनाले साधक प्रत्यक्ष अवगत हुन्छन् । 'म' नै सबैको प्रभव उत्पत्तिको हेतु हुँ, अनि सर्वभूतमा बुद्धि, ज्ञान, असंमोह आदि जुन भाव प्रवत्र्तित हुन्छ त्यो सबै यस 'म' द्वारा नै हुन्छ, म नै सबैको एक मात्र आश्रय र चालक हुँ । यस प्रकारको ज्ञान हुनाले नै साधक आत्मभावमा युक्त हुन्छन् र एक मात्र  'म' को नै भजन गर्दछन् अर्थात् त्यो 'म' विना अरू कुनैको आश्रय लिने इच्छा गर्दैनन्, केबल मन प्राणका साथ सोही  'म' मा नै मिल्ने चेष्टा गर्दछन् ।

  मच्चित्ता मद्गतप्राणा बोधयन्तः परस्परम् ।
   कथयन्तश्च मां नित्यं तुष्यन्ति च रमन्ति च ।। ९ ।।

अन्वय र अर्थ – मच्चित्ताः = ममा नै चित्त लगाएका, मद्गतप्राणाः = ममा नै जसका इन्द्रियरूप प्राण लागेका छन्, (ते बुधाः = ती ज्ञानीजनाहरु), परस्परं (अन्योन्यं) = आफू आफूमा,  बोधयन्तः = मेरो  तत्वलाई  संझाउँदै,  नित्यं = नित्य,  मां = मेरो स्वरूपलाई (मलाई) कथयन्तः = वर्णन  गर्दै, तुष्यन्ति च = सन्तुष्ट रहन्छन् र, रमन्ति च = रमाउँछन् पनि । 

भावार्थ – ती बुधजनहरू मच्चित र मद्गतप्राण भएर परस्पर मेरो विषयलाई संझेर अनि नित्य मेरो विषयको कुरा गर्दै सन्तोष तथा सुखको लाभ गर्दछन् ।

विशिष्टार्थ – प्रलयकालमा मायामा चित्त्व रहदैन,  'म' मा गएर मिल्दछ, अतः जगत्– जीवन जुन प्राण हो त्यो पनि त्यो चित्तत्वका साथ 'म' मा नै मिल्दछ, किन कि त्यसपछि मायाको क्रिया शक्ति रहदैन । त्यसो हुनाले परस्पर रूपले द्वैतभाव मेटिन्छ । यदि त्यहाँ कुनै भन्ने व्यक्ति रह्यो र भन्यो भने एकलै  'अस्ति' (छ) भनेर 'म'  नै 'म' भन्ने छ । यो म नै नित्य हो । सबै प्राप्त गर्नु पर्ने प्राप्त भयो भनेर (किन कि सबै 'म' मा आएर मिलिसके) उसमा प्राप्तिको आकांक्षा रहदैन । तोष नै तोष भोग भैरहेको हुन्छ । पुरुष–प्रकृति एक रस हुनुको नाम नै रमण हो, यहाँ हुन्छ पनि त्यही । 

    तेषां सततयुक्तानां भजतां प्रीतिपूर्वकम् ।
    ददामि बुद्धियोगं तं येन मामुपयान्ति ते ।। १० ।।

अन्वय र अर्थ – सततयुक्तानां (मस्यासक्तचित्तानां) =  निरन्तर आप्mनो चित्तलाई ममा लगाइरहने, प्रीतिपूर्वकं = प्रीतिपूर्वक, भजतां = मेरो भजन गर्ने, तेषां = ती सबैलाई, तं = त्यो, बुद्धियोगं = ज्ञान, ददामि = दिन्छु, येन = जुन ज्ञानले, ते = ती भक्तहरूले, मां = मलाई, प्राप्नुवन्ति = प्राप्त गर्दछन् । 

भावार्थ – जुन पुरुषहरू सतत योगयुक्त भएर प्रेमपूर्वक मेरो भजन गर्दछन्, ती सबैलाई म त्यही बुद्धियोग (ज्ञान) दिन्छु, जसबाट तिनीहरू ममा प्राप्त हुन्छन् ।
    
विशिष्टार्थ –त्यस प्रकारले जुन पुरुषहरू सर्वदा ब्रम्हानन्दसुख भोग गर्दछन्, तिनीहरूको बुद्धि प्रेमको वशले गर्दा 'म'  लाई छोड्न चाहदैनन्, तिनीहरू मेरो भजन गरिरहन्छन् । अतः मैले तिनीहरूको बुद्धिलाई 'म' मा  मिलाएर 'म'बनाइदिन्छु, जसबाट उनीहरू 'म' हुन्छन् ।

    तेषामेवानुकम्पार्थ महमज्ञानजं तमः ।
    नाशयाम्यात्म भावस्थो ज्ञानदीपेन भास्वता ।। ११ ।।