अवैध कारोबार बढ्न थालेपछि दुम्मानामा प्रहरी चौकी स्थापना

अवैध कारोबार बढ्न थालेपछि दुम्मानामा प्रहरी चौकी स्थापना

लोकसंवाद संवाददाता  |  समाज  |  पुष २६, २०७७

भोजपुर । जिल्लाको दक्षिणी क्षेत्रमा रहेको आमचोक गाउँपालिका–९ दुम्मानामा प्रहरी चौकी स्थापना गरिएको छ । सो क्षेत्रको शान्ति सुरक्षालाई ध्यानमा राख्दै चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख कृष्ण चन्दले जानकारी दिनुभयो । 

चौकीमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा ७ जना जनशक्ति रहने प्रमुख चन्दले बताउनुभयो । चौकीको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीले सो चौकीको उद्घाटन गर्नुभयो । सो क्षेत्रमा गाँजा उत्पादन हुने र सोही कारण अवैध कारोबार बढ्न थालेको भन्दै स्थानीयले लामो समयदेखी प्रहरी चौकीको माग गर्दैै आएका थिए ।