थर र उपथरहरूको कसीमा शेर्पा: जातीय पहिरनदेखि खानपिनसम्म
पुष २६, २०७७

शेर्पाहरूको विशेषणको रूपमा रहेको ‘शरब’ भन्ने शब्द एक्लैले शेर्पा भाषामा ‘घामलाग्ने ठाउँमा बस्नेवाला/पूर्वमा बस्नेवाला/पूर्वीय/पुर्बेली  भनी अर्थिएको देखिन्छ । त्यसैले शेर्पा भाषाको यो ‘शरब’ भन्ने शब्द शेर्पा भाषाका ‘शर (घाम लाग्ने ठाउँ/पूर्व)’ तथा ‘ब/बा (बाला/मालिक)’ भन्ने शब्दहरूको संयोजन गरेर ‘शर–ब’ भन्ने शब्दको निर्माण हुन गई त्यसको पनि ‘घाम लाग्ने ठाउँको मालिक/पूर्वमा बस्नेवाला/पूर्वीय/पुर्बेली’ भन्ने अर्थ हुन गएको देखिन्छ ।

त्यसैले ढुङ्गे धातु युगको दोस्रो सहस्राब्दीको पन्ध्रौं शताब्दी इस्वी पूर्वदेखि दक्षिण–पूर्वी युरोपको ककेसस पहाडबाट यस उपमहाद्वीपमा बसाइँ सरेर आएको ककेसियाली मूलका भारोपेली (भारतीय भएका युरोपेली) आर्यहरूले ऋग्व्रेदको द्वितीय मण्डलको १४ औं सूक्तको छैटौं मन्त्रमा यस उपमहाद्वीपका आद्य–आग्नेयी अनार्यहरूलाई ककेसस पहाडको पूर्वमा बस्ने सनातनी पूर्वीयहरू भनेर शम्बर भनी दानवहरूको रूपमा चित्रण गरी सोम–रस जस्ता माधव पदार्थको महिमा गाएर ‘हे पुरोहितहरू हो, श्रीइन्द्रले शम्बरहरूका सयौं सनातनी पूर्वीय सहरहरू (मुलुकहरू) लाई प्रस्तरका सदृश वज्रहरूद्वारा छिन्नभिन्न पारिदिएर वर्चिका सर्यौ हजार पुत्रहरूलाई पनि धराशायी बनाए । त्यसैले यिनका लागि सोम लिएर आओ’ भन्ने अर्थ खुलाएर 
‘अध्वर्यवोयः शतंशम्बरस्य पुरो बिभेदाश्मनेव पूर्वीः ।
योवर्चिनः शतमिन्द्रः सहस्रमपाव पद्भरता सोममस्मै ।

शेर्पा भाषामा ‘खशहरूले बसोवास गरेको मृग चर्ने डाँडो (पर्वतीय भूभाग)’ भन्ने अर्थ जनाउने शेर्पा भाषा ‘खश–मि–र’ हुँदै ‘काश्मीर’ हुनगएको देखिन्छ । यस तथ्यलाई पुष्टि गरेर प्राध्यापक डा. तुलसीराम वैद्य, प्राध्यापक डा. तृरत्न मानन्धर आदि बहुमत ख्यातीप्राप्त नेपालका विद्वान्हरूले पनि वर्तमान काश्मीरको नाम यी खसहरूका नामबाट राखिएको देखिन्छ भनेर उल्लेख गरिएको छ । 

शेर्पा जातिको मुख्य पेसा कृषि तथा पशुपालन भएकाले हिमाली क्षेत्रमा बस्नेहरूले मकै, कोदो, जौको भात, मासु, उसिनेको आलु, चिया, छ्याङ, रक्सी खान्छन् । प्रायजसोको घरमा मासु टुट्दैन । सिस्नुको मुन्टोलाई तरकारीको रूपमा प्रयोग गर्छन् । जङ्गलमा काठदाउरा प्रशस्त पाउने हुनाले घरको आँगनमा दाउराको चाङ बनाएर राख्छन् । अगेनामा नियमितजसो आगो बालिरहेको हुन्छ । बेसीतिर बस्ने शेर्पाहरू अन्य जातिले जस्तै खानपिन प्रयोग गर्छन् । 

बस्तीको हिसाबले शेर्पाहरूको घर एकै ठाउँमा हुन्छ । साधारणतया घर दुईतले हुन्छ । घरको बनावट ढुङ्गा, माटो र काठपातले बनेको हुन्छ । छाना ढुङ्गा वा काठको हुन्छ । घरमा प्रयोग गरिएका झ्याल ससाना हुन्छन् जसका कारणले घरभित्र उज्यालो कम हुन्छ । घरभित्र र बाहिर रङरोगन गर्नुका साथै भित्ताहरूमा चित्र कुद्नु शेर्पा जातिको विशेषता नै हो । तल्लो तलमा गाईबस्तु बाँध्ने, घाँसदाउरा राख्ने गर्छन् भने माथिल्लो तलाको कोठा सुत्नाको लागि प्रयोग गर्छन् । माथिल्लो तलमा रङरोगनले सजाइएको एउटा पूजाकोठा पनि हुन्छ । पूजाकोठा कलात्मक तरिकाले बनाइएको हुन्छ । आफ्नो हैसियतअनुसार सुन, पित्तल वा ढलोटबाट निर्मित बुद्धको मूर्ति राखिन्छ । सदाजसो सुगन्धित धूप बालिरहन्छ । आधुनिक कारणले गर्दा छाना जस्तापाताले र माटाको सट्टामा सिमेन्ट प्रयोग गर्न थालिसकेका छन् । घरवरिपरि सफासुग्घर राख्छन् । संयुक्त परिवारमा बस्न रुचाउने यिनीहरूमा विवाह गरेपछि भिन्न भएर बस्न पनि थालेका छन् । घरमा आएका पाहुनाहरूलाई आदरसत्कार गरी जाँडरक्सी, मासु खान दिन्छन् ।

शेर्पा जातिका थरहरूमध्ये कुशेवो, चिथावा, याजो, खाम्वाचे, गोपर्मा, हिगोर्मा, लाँकशिन्दू, मन्दे, मोपा, डावा, पालदोर्जे, पाङदोर्जे, पाङकर्मा, पिनासा, सलाका, शागुप, शेर्वा, थाकटू आदि हुन्छन् । यीबाहेक तिब्बतबाट पछि आएकाहरूले आफ्ना पुर्ख्यौली गाउँको नाममा थर राख्ने गरेको पनि पाइन्छ, जस्तैः रोङ शारछुबाट आएका रोङ शेर्पा, नेजुङबाट आएका ‘नेजुङपा’, मेनुकाबाट आएका ‘मेनाकपा’आदि रहेका छन् ।  

शेर्पाहरू चार थरका थिमी, मिन्याक्पा, च्याबा र लामा तर नामगी लामा नामतेलका अनुसार १ अर्को थर ङ्वम्बा थपिएर पाँच थरका हुन्छन् र यिनीहरूका विभिन्न उपथर गरी यिनीहरू बाइसभन्दा बढी थर–उपथरका छन् । पाल्दोर्जे वा थिमी वंशभित्रका उपथरहरूमा १, सालाका २, धक या धाक ३, सिन्तो ४, खाम्वचे र ५, गोपर्मा । मिन्याक्पा थरभित्रका उपथरहरूमा १, थाक्थोक २, गोले ३, गर्जा ४, पिनासा ५, मागन्छे ६, कापा ७, युल्गोङमा ८, पाङकर्मा ९, सिर १०, पेनाग्पा र ११, सरितोप । च्याबा थरभित्रका उपथरमा १, चुसेर्वा २, मुर्मी ३, ल्हुक्पा ४, नावा ५, साङकु ६, जोङनाक्पा र ७, मेन्देवा । लामा थरभित्रका १, सेर्वा २, गोम्वावा छन् भने पिनासभित्र पनि १, थाक्थो (भीरमा बस्ने) २, धुरी (शिरमा बस्ने र छुरलेमी (पानीको मूलमा बस्ने) । नवभित्र १, नावा २, लामा ३, च्याबा ४, खाँबा ५, बुढाथोकी र ६, बैका छन् । डा. रेग्मीका अनुसार भने यिनीहरूका थरहरू हुन्ः छि आवा, दुसेर्वा, गदर््ज, गिले, गोपर्मा, जोगदोम्बा, खंवाइजे, लछिन्हू, लामा, ललुक्सा, मेन्डे, मुनलिङ्न, पाल्दोर्जे, पङ्कर्मा, विवसा, शंगुपु, शिरे, ठण्ड, शालका ।

यी उपथरहरू सोलुखुम्बु, ओखलढुङ्गा, दोलखा, रामेछाप जिल्लामा भएका र यी जिल्लाहरूबाट अन्यत्र बसाइँ सरेर गएका शेर्पाहरू हुन्। यसबाहेक इलाम, ताप्लेजुङ, सङ्खुवासभा, रसुवा, सिन्धुपालचोक तथा पश्चिम नेपालका हिमाली भेगमा उत्तरी भूभागमा बसोबास गर्ने आदिवासी शेर्पाहरूको थर, उपथरको सङ्कलन गरेमा उपरोक्त उपथरको सङ्ख्यामा अझ बढी हुनेछ ।

नावा, जुम्वुले, पया, गोरुङ, हलुण्डा, कुलुङ, रिक्तो, चुक्टे, याता, फेरूल्पा, छयुकुले, राखा, ङोवा, बदम्बा, मजेन, एसाङ, ठोमा, सुर्वा, मुलि, साके, डुक्पा, खम्वा र केरुङ खम्बा आदि । यी शेर्पाहरूका बारेमा विस्तृत अनुसन्धान गरी यी थरहरू शेर्पाको पाँच मूलथरभित्र पर्ने देखिएमा सम्बन्धित मूलथरअन्तर्गत नपर्ने देखिएमा बेग्लै थर पनि लेख्न सकिन्छ । 

सम्बन्धित मूलथर अन्तर्गत नपर्ने देखिएमा बेग्लै थर पनि लेख्न सकिन्छ । शेर्पा जातिमा यतिका थरहरू भए तापनि आफ्नो कुलको परिचय दिन नामको पछाडि थर लेख्ने प्रचलन देखिँदैन । तर लामा थर भएकाहरूले नामको पछाडि थर लेख्ने गरेको र अपवादका रूपमा कोहीकोहीले नामको पछाडि थर लेख्ने गरेको पाइन्छ । जस्तै पासाङ गोपर्मा, पासाङ खम्वाचे । शेर्पाहरूले नामको पछाडि थर नलेखेर शेर्पा भनेर जात मात्र लेख्ने प्रचलनले गर्दा कुन शेर्पा कुन थरको भनेर चिन्न सकिँदैन ।

शेर्पाहरूको आफ्नै जातीय पहिरन छन् । हिमाली क्षेत्रमा बसोबास गर्ने हुँदा बाक्लो लुगाको प्रयोग गर्छन् । पुरुष शेर्पाले दौरा सुरुवाल लगाउँछन् । शेर्पाहरू दौरा सुरुवाललाई छुवा–नागार्य भन्दछन् । महिला शेर्पाले पनि दौरा लगाउँछन् जसलाई आङ्गी भन्दछ । खुट्टादेखि घुडासम्म बाक्लो ऊनी अर्थात् छालाको दोचो लगाउँछन् । विवाहित महिलाले अगाडि पाङ्देन बेर्छन् । तसर्थ विवाहित र अविवाहित महिला छुट्याउन सजिलो छ । शेर्पा सबैले बक्खु लगाउँछन् । दोचा, पाखी, चुरूप जस्ता ओढ्नेको रूपमा प्रयोग गर्छन् ।

शेर्पा जातिको पनि आफ्नै मौलिक गरगहना छन् । जुन गहनाले शेर्पाको जातीय पहिचान झल्काएको छ । पुरुषले खासै गरगहना पहिरिँदैन तर महिलाले भने यथेष्ट मात्रामा पहिरिन्छन् । महिलाले पहिरिने गहनाहरूमा ओरूक, बिवु, भाङडीक हुन् । बक्खु पहिरनमा यी गरगहनाले सजिएको शेर्पा जातिका महिलाहरू सुन्दर र आकर्षक देखिन्छ ।

शेर्पा जातिको मुख्य पेसा कृषि तथा पशुपालन भएकाले हिमाली क्षेत्रमा बस्नेहरूले मकै, कोदो, जौको भात, मासु, उसिनेको आलु, चिया, छ्याङ, रक्सी खान्छन् । प्रायजसोको घरमा मासु टुट्दैन । सिस्नुको मुन्टोलाई तरकारीको रूपमा प्रयोग गर्छन् । जङ्गलमा काठदाउरा प्रशस्त पाउने हुनाले घरको आँगनमा दाउराको चाङ बनाएर राख्छन् । अगेनामा नियमितजसो आगो बालिरहेको हुन्छ । बेसीतिर बस्ने शेर्पाहरू अन्य जातिले जस्तै खानपिन प्रयोग गर्छन् । 

यो पनि 

शेर्पाहरू आदिवासी हुन ! कुलदेवता वृषशम्बरको आवृत्ति अङ्कित पाको माटाको सीलमूर्ति एक प्रमाण !!