अव नेपाली भाषामा नै कोरियन सिरिज रियालिटी टिभीमा हेर्न पाइने

अव नेपाली भाषामा नै कोरियन सिरिज रियालिटी टिभीमा हेर्न पाइने

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  पुष २६, २०७७

ललितपुर । नेपालमानै पहिलो पटक डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा नेपाली भाषामा कोरियण सिरिज प्रशारण हुने कुरा डिशहोमले जनाएकाे छ  ।

पुष २७ गते सोेमवारदेखि हरेक सोमबार वेलुकी ८ः३० वजे  Bride of the Century नामक सिरिज प्रशारण हुनेछ । रियालिटी टिभी डिशहोमको बेसिक प्लस प्याकेजदेखि उपलव्ध गराइरहेकाे जानकारी दिइएको छ ।