लारच्याङबाट पारच्याङ तर्फ जाने क्रममा मोटरसाइकल दुर्घटनाबाट एकको मृत्यु

लारच्याङबाट पारच्याङ तर्फ जाने क्रममा मोटरसाइकल दुर्घटनाबाट एकको मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  पुष २७, २०७७

रसुवा । मोटरसाइकल दुर्घटनामा परी दक्षिणी रसुवामा एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा नौकुण्ड गाउँपालिका–३ निवासी २६ वर्षीय सोनाम वाइवा रहेका छन् ।

लारच्याङबाट पारच्याङ तर्फ जाने क्रममा बा।४४ प ७६५६ नं को मोटरसाइकल शनिबार अपरान्ह दुर्घटना भई घाइते भएका वाइवालाई उपचारार्थ अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।