'गरिमा सुनौलो भविष्य बाल निक्षेप योजना' ले दिलाउँछ ५० लाख !

'गरिमा सुनौलो भविष्य बाल निक्षेप योजना' ले  दिलाउँछ ५० लाख !

लोकसंवाद संवाददाता  |  कारोबार  |  पुष २६, २०७७

काठमाडौँ । गरिमा विकास बैंकले अघि सारेको 'सुनौलो भविष्य बाल निक्षेप योजना' बालबालिकाहरुको सुन्दर भविष्य निर्माणको लागि अत्यन्त प्रभावकारी हुँदै गएको बैंकले   जनाएकाे छ ।

बैंकका अनुसार  यस योजना अन्तर्गत न्युनतम  ५ सय रुपैयाँमा  खाता खोलेर निक्षेप योजना भरी मुद्दतीको ब्याज पाउनुको साथै समय समयमा थप वचत थप्दै जान पनि सकिने उल्लेख छ ।  यस योजनामा भर्खर जन्मेका शिशु देखि अधिकतम १५ वर्षसम्मका बालबालिकाहरुको खाता खोल्न सकिनेछ ।

‘आजको बचत भोलीको आधार’ नारा रहेको यस बचत योजनामा हरेक महिना बचतको केहि भाग आफ्नो बच्चाको सुनौलो भविष्यको लागि जम्मा गर्न सकिन्छ बालबालिकाहरुले भविष्यमा डाक्टर, ईन्जीनियर, पाईलट लगायतका दक्षता हासील गर्ने लक्ष्य लिंदा सोही वमोजिमको अध्ययनका लागि आवश्यक पर्ने खर्चहरुलाई मध्यनजर राखेर आजैवाट योजनावद्घ तवरले वचत गर्न आफ्ना अभिभावकहरुलाई प्रेरित गर्न सक्नेछन् भने वचत गर्ने बानीको समेत विकास हुनेछ ।

 प्रत्येक ३/३ महिनामा खातामा ब्याज जम्मा हुने र त्यो ब्याजले समेत थप ब्याज कमाईरहने भएकोले यो योजना अत्यन्तै लाभदायक बैंकले जानकारी दिएकाे  छ । खातावालाले आफू नागरिकता लिएर सम्बन्धित वैंक शाखामा उपस्थित भए पश्चात यो खाता स्वतः वन्द भई साधारण खातामा परिवर्तन हुने सक्ने व्यवस्था मिलाइएको छ । आवश्यक परेको खण्डमा बचतको ८० प्रतिशतसम्म कर्जा सुविधा लिन पनि सकिने छ भने यस योजनामा समय पुगेपछि आफैं निःशुल्क खाता बन्द हुने प्रवधान रहेको छ । यो योजना गरिमा विकास बैंकको सबै शाखा कार्यालयहरुबाट उपलब्ध हुने बताइएको छ । 

बैंकका अनुसार  महिनाको १० हजार जम्मा गर्ने ग्राहकले याे योजना अन्तर्गत १८ बर्षको लागि खाता खोलेर औषत ९ प्रतिशत ब्याज पाउने हुँदा योजना अबधि पश्चात् एकमुष्ठ करिब  ५० लाख प्रप्त  हुने समेत बैँकले उल्लेख गरेको छ ।