सप्तरीमा मध्य रातमा अपरिचित समूहद्वारा पिकअप भ्यानमा आगजनी

सप्तरीमा मध्य रातमा अपरिचित समूहद्वारा पिकअप भ्यानमा आगजनी

लोकसंवाद संवाददाता  |  अपराध  |  पुष २७, २०७७

सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिका–६ गोरगमा आज बिहान एउटा पिकअप भ्यानमा आगजनी  गरिएको प्रहरीले जनाएको छ ।

स्थानीय बेचन मुखियाको पिकअप भ्यानमा बिहान अपरिचित व्यक्तिको एक समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आफ्ने घर अगाडि राखिएको स १ च १७२५ नं को भ्यानमा आगजनी गर्दा अगाडिको भाग पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिनुभयो ।

बिहान करिब १ः०० बजेतिर घर अगाडि पार्किङ गरी राखिएको अवस्थामा परालमा पेट्रोल छर्केर आगजनी गरेको पीडित मुखियाले बताउनुभयो । सो आगलागीबाट झण्डै रु २४ लाख भन्दा बढीको क्षति भएको प्रहरीले अनुमान गरेको छ । पिकअपमा आगजनी व्यक्तिगत रिसिइबिका कारण गरेको हुनसक्ने अनुमान गरिएको छ । घटनामा संलग्नको खोजी र घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।