राष्ट्रिय फुटबल टोलीका पूर्वगोल रक्षक शाहीको निधन

राष्ट्रिय फुटबल टोलीका पूर्वगोल रक्षक शाहीको निधन

लोकसंवाद संवाददाता  |  खेलकुद  |  पुष २७, २०७७

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोल रक्षक तथा अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० का पूर्वमहासचिव लोकबहादुर शाहीको निधन भएको छ । शाहीको ६५ वर्षका उमेरमा आइतबार राति निधन भएको हो । 

लामो समयदेखि विभिन्न रोगबाट पीडित शाहीको दैलेखको चौडत्तास्थित घरमा निधन भएको एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिनुभयो । उहाँको आज दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । शाही सन् १९७९ देखि १९८९ सम्म राष्ट्रिय टोलीका गोल रक्षक रहनुभएको थियो ।

 सन् १९८४ मा नेपालमै आयोजना भएको पहिलो साफमा नेपालले स्वर्ण पदक जित्दा उहाँ टोलीका महत्वपूर्ण खेलाडी हुनुहुन्थ्यो । शाहीले चार पटक साफ खेल खेल्नुभएको थियो । सन् १९८२ मा नवौं एशियाली खेलकूद खेल्दा पनि उहाँ गोल रक्षक रहनुभएको थियो । शाहीले सन् १९८९ मा राष्ट्रिय टोलीबाट सन्न्यास लिनुभएको हो । 

उहाँ २०५२ सालमा गणेश थापा एन्फाका अध्यक्ष हुँदा महासचिवमा निर्वाचित हुनुभएको थियो । पछिल्लो पटक उहाँ नेपाल बक्सिङ सङ्घको समेत महासचिव रहनुभएको थियो । विसं २०७० मा नेपाल आइस हकी सङ्घ स्थापना हुँदा शाही सङ्घका संस्थापक अध्यक्षमा चयन हुनुभएको थियो ।