राष्ट्रिय नाचघरमा सयभन्दा बढीले वायलिनको प्रस्तुति दिए

राष्ट्रिय नाचघरमा सयभन्दा बढीले वायलिनको प्रस्तुति दिए

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  बैशाख १, २०७६

काठमाडौँ । माटोको सुमधुर वृन्द वादन समारोह २०७६ साल वैशाख १ गते आइतबारका दिन  सम्पन्न भएको छ ।

अन्नपूर्ण च्याम्बर अर्केष्ट्राकाे प्रस्त्तुतीकाे  संस्था संस्कृति संस्थान, नारायण गोपाल संगीतकोष र  लगायतका संस्थाको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रम १०० भन्दा बढीले वायलिनमा -violin_ को प्रस्तुति दिनु भएको थियो । राष्ट्र करिब २ घण्टासम्म साङ्गीतिक प्रस्तुति दिएको कार्यक्रम व्याकुल माइलाद्धरा रचित र अम्बर गुरुङद्धरा संगितबद्ध राष्ट्रिय गानबाट कार्यक्रमको शुभारम्भ गरिएको थियो । त्यसै गरी रत्नशमसेर थापाद्धरा रचित  अम्बर गुरुङद्धरा संगितबद्ध सुन सुन केशरी, अम्बर गुरुङद्धरा संगितबद्ध तथा राजेन्द्र थापाद्धरा लिखित पोहोर साल खुसी फाट्दा र अम्बर गुरुङद्धरा नै संगितबद्ध र अगमसिंह गिरीद्धरा रचित अर्को  गीत सुगौली सन्धिको गीतमा प्रस्तुति दिइएको थियो । 

त्यसैगरि  अल्मोडा राणा उप्रतीद्धरा रचित तथा संगितबद्ध पानी पर्‍यो असिना झर्‍यो, अभाषद्धरा रजित र रामेशद्धरा संगितबद्ध लेकका हामी केटाकेटीको प्रस्तुति रहेको थियो  । छातीमा मेरो छोटो भोटो कम्मरमा खपटे सोध भन्ने लोकगीत जसलाई  क्षेत्रबहादुर गुरुङ र गोपाल योञ्जनले संगितबद्ध गर्नुभएको गीतमा पनि प्रस्तुति दिइएको थियो । 

त्यतै थप प्रस्तुतिमा श्याम टमोटद्धरा संगितबद्ध गायँगाउँबाट उठ, नरराज ढकालले सङ्गीत भरेको नेपाल जननीमु बन्दे, डी.बी महेश पाल्पाली लगाएका करिब एक दजर्न गीतमा वायलिनमा प्रस्तुति दिइएको थियो । उक्त कार्यक्रमको सङ्गीत संयोजन वायलिनका वरिष्ठ प्रशिक्षक राजकुमार श्रेष्ठले गर्नुभएको थियो । 

वरिष्ठ प्रशिक्षक राजकुमार श्रेष्ठका अनुसार धेरैभन्दा धेरै वायलिनिस्ट देखा परुन् भनेर यो कार्यक्रम आयोजना गरिएको जानकार दिनु भएको छ । श्रेष्ठका अनुसार यस्तो कार्यक्रम गर्दा केटाकेटीलाई स्टेजको अनुभव हुन्छ । उनीहरू आकर्षित होलान् र हौसला होला तथा यस्तो कार्यक्रम गर्नु पर्दो रहेछ, कसरी गर्ने भन्ने अनुभव समेत होस् भनेर यस्तो कार्यक्रम आयोजना गरिएको  हो । 

उक्त, समारोहमा भक्तपुर स्थित माउण्ट भ्यू बोर्डिङ स्कुल, काष्ठमण्डप, काठमाडौँ प्रज्ञा कुञ्ज, वीरेन्द्र सैनिक स्कुल, रातोबंगला र एशोएस लगायतका स्कुलहरूका करिब ८० विद्यार्थीहरूको सहभागिता रहने आयोजकले जानकारी दिइएको छ ।