रसुवाको जङ्गलमा लागेको डढेलोनियन्त्रणमा आउन सकेन

रसुवाको जङ्गलमा लागेको डढेलोनियन्त्रणमा आउन सकेन

लोकसंवाद संवाददाता  |  समाज  |  पुष २८, २०७७

रसुवा । हाकु वन जङ्गलमा लागेको डढेलो नियन्त्रणमा लिन सकिएको छैन  । सानो हाकु नजिक फुलबारीदेखि पश्चिम तर्फको जङ्गलमा आइतबार रातिदेखि अचानक  लागेको डढेलो नियन्त्रण हुन नसक्दा लारवाङ र हेच्याङ्ब्रा क्षेत्रका वन  चपेटामा परेको छ ।

भीरपाखा र असहज स्थानमा भएकोले डढेलो नियन्त्रण गर्न कठिनाई भइरहेको डिभिजन वन अधिकृत रामकृष्ण केसीले जानकारी दिनुभयो । डढेलो नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयका सहयोगमा नेपाली सेनासमेत परिचालन गरिएको उहाँले बताउनुभयो ।
  
सेनाका साथै स्थानीय बासिन्दा, वन कार्यालयका कर्मचारीसमेत डढेलो नियन्त्रणमा जुटेका छन् ।  ती क्षेत्रका सयाै‍ हेक्टर वन डढेलोको चपेटामा परिसकेको वन प्राविधिकले आँकलन गरेका छन् ।