पत्रकार सिंहका नाममा पाँच लाखको अक्षय कोष

पत्रकार सिंहका नाममा पाँच लाखको अक्षय कोष

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष २८, २०७७

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले जनकपुरका पत्रकार उमा सिंहको १२औँ स्मृति दिवस मनाएको छ । कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले जनकपुरधामले एक निडर पत्रकार गुमाएको बताउँदै उहाँका नाममा पत्रकारका लागि गत वर्ष घोषित पाँच लाखको अक्षय कोष यस वर्षदेखि विधिवत् रुपमा सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । 
 
उहाँका अनुसार सो अक्षय कोषबाट पत्रकारिता क्षेत्रमा उत्कृष्ट योगदान दिने पत्रकारलाई पुरस्कृत गरिने छ ।  आमा सुशीलासँगै बस्दै आउनुभएका सिंहको २०६५ सालमा आजकै दिन राति करीब ८ बजे जनकपुरको रजौलस्थित डेरामा हत्या गरिएको थियो ।