प्रधानसेनापतिद्वारा राष्ट् निर्माताप्रति सलामी अर्पण

प्रधानसेनापतिद्वारा राष्ट् निर्माताप्रति सलामी अर्पण

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष २८, २०७७

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक जंगी अड्डास्थित पृथ्वीनारायण शाहको सालिकमा सलामी अर्पण गर्नु भएको छ । 
उहाँले  पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०७७ को अवसरमा राष्ट्रिय एकताका प्रतिक शाहको सालिकमा सलामी अर्पण गर्नु भएको हो । 
सोही अवसरमा उहाँले पृथ्वीनारायण शाह अध्ययन केन्द्रको पनि एक समारोहकाबीच उद्घाटन गर्नु भएको छ ।