ट्रम्प विरुद्ध महाअभियोग दर्ता : अमेरिकी इतिहासमा दुई पटक महाअभियोगको सामना गर्ने पहिलो राष्ट्रपति !

ट्रम्प विरुद्ध महाअभियोग दर्ता : अमेरिकी इतिहासमा दुई पटक महाअभियोगको सामना गर्ने पहिलो राष्ट्रपति !

लोकसंवाद संवाददाता  |  विदेश  |  पुष २८, २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सन् २०१६ मा राष्ट्रपति बन्ने । उनी राष्ट्रपति  धेरै कमले मात्रै अनुमान गरेका थिए । तर कमजोर चुनावी अभियानबाट यात्रा सुरु गरेका ट्रम्प अन्ततः विश्वकै शक्तिशाली देश अमेरिकाको राष्ट्रपति बन्न सफल बने  । डेमोक्र्याटिक नेतृ हिलारी क्लिन्टनको ह्वाइट हाउस यात्रा रोक्दै अमेरिकी राष्ट्रपति बनेका अर्बपति रियल स्टेट कारोबारी ट्रम्पको कार्यकाल अन्य राष्ट्रपतिको भन्दा फरक ढंगले सकिदैछ । 

गत ३ नोभेम्बरमा भएको राष्ट्रपति निर्वाचनमा आफू पराजित भएपछि त्यसको परिणामलाई अस्वीकार गर्दै आएका ट्रम्पले ६ जनवरी निर्णायक हुने बताउँदै आएका थिए । अमेरिकामा ६ जनवरीमा ३ नोभेम्बरमा भएको राष्ट्रपति निर्वाचनको परिणामअनुुसार १४ डिसेम्बरमा इलेक्टोरल कलेजले गरेको मतलाई प्रमाणिकरण गरी राष्ट्रपति निर्वाचित भएको घोषणा गरिन्छ । सोही कारण ट्रम्पले ६ जनवरीमा आफ्ना समर्थकलाई वासिङ्टन डिसीमा आएर निर्वाचनको परिणाम अस्वीकार गर्न र आफूलाई राष्ट्रपति बनाइराख्न कंग्रेस र उपराष्ट्रपति माइक पेन्सलाई आग्रह गरेका थिए । सोही अनुसार ६ जनवरीमा ट्रम्प समर्थकले अमेरिकी संसद भवन क्यापिटल बिल्डिङमा झ्याल ढोका नै फोडेर हिंसात्मक रुपमा भित्र प्रवेश गरेर हिंसा मच्चाएका थिए । सो क्रममा पाँच जनाको मृत्यु समेत भएको थियो । सो घटनालाई लिएर ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरिएकाे  छ ।  

तल्लो सदनका डेमोक्र्याटहरुले राष्ट्रपति ट्रम्पविरुद्ध ‘दंगालाई प्रोत्साहन गरेको’ आरोप लगाउने तयारी गरेका छन् । क्यापिटल बिल्डिङ हिंसात्मक ढंगले नियन्त्रणमा लिइएको घटनामा ट्रम्पको भूमिकालाई लिएर महाअभियोगको दर्ता भएको हो । संसदीय दलका सचेतक जेम्स क्लाइबर्नले यो साता महाअभियोगको प्रक्रिया अघि बढ्न सक्ने बताउँदै आएका थिए ।  

फेसबुकले पनि ट्रम्पमाथि दिनभरि प्रतिबन्ध लगायो । उनको खाता इन्स्टाग्रामले पनि चलाउन नमिल्ने बनायो । २० जनवरीसम्म ट्रम्प शक्तिमा रहनेछन् । सामाजिक सञ्जालबाट समेत प्रतिबन्धित भएपनि उनी लामो समय चुप लागेर बस्छन् भन्नेमा धेरैलाई विश्वास छैन । राष्ट्रपतिको कार्यकाल सकिएपछि फ्लोरिडास्थित आफ्नो घरमा गएर उनले पुनः शक्तिमा फर्किने योजना बनाउनेछन् ।

ह्वाइट हाउसले भने राजनीतिक रूपमा प्रेरित भएको भन्दै महाभियोगको सम्भावना खारेज गरेको छ । ह्वाइट हाउसले भनेको छ, ‘त्यस्तो कदमले हाम्रो महान् देशलाई थप विभाजित गर्न मात्र सघाउने छ ।’ यो प्रक्रिया अघि बढेसँगै ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोगको सामना गर्ने पहिलो राष्ट्रपति हुनेछन् । त्यसका लागि महाभियोगको आरोप तल्लो सदनबाट पारित हुनुपर्नेछ । यसअघि ट्रम्पमाथि गत वर्ष महाभियोग लगाइएको थियो । त्यसपछि प्रक्रिया माथिल्लो सदनमा जानेछ र राष्ट्रपतिलाई हटाउन दुईतिहाइ मत आवश्यक हुन्छ । यद्यपि उनी अब एक सातमा ह्वाइट हाउसबाट बाहिरिनेछन् । तल्लो सदनका सांसद क्लाइबर्नले १० दिनमा ट्रम्पले राष्ट्रपति कार्यालय छोड्नुअघि उनलाई महाभियोग लगाउन र सुनुवाइ गर्न समय अभाव रहेकाे बताएका छन् । तर उनलाई दोषी ठहर्‍याएमा ट्रम्पलाई फेरि 'सार्वजनिक कार्य' (जीवन)  जिम्मेवारीमा रोक लगाउन सिनेटमा मतदान हुन पर्छ भन्ने मत रहेको थियाे । 

 

डेमोक्र्याट र रिपब्लिकनहरूले ट्रम्पमाथि पाँच जनाको मृत्यु भएको गत बुधवार संसद्मा भएको हिंसालाई प्रोत्साहित गरेको आरोप लगाएका छन् । ट्रम्पमाथि हिंसालाई प्रोत्साहित गरेको आरोप लगाएपनि कुनै पनि रिपब्लिकनले महाअभियोगको पक्षमा मतदान गर्ने अभिव्यक्ति सार्वजनिक गरेका छैनन् । 

केही रिपब्लिकनहरु भने ट्रम्पले राजीनामा दिनुपर्ने पक्षमा छन् । ट्रम्पले भने २० जनवरीमा आफूले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्ने बताइसकेका छन् । रिपब्लिकन सिनेटर प्याट टुमीले राष्ट्रपति ट्रम्पलाई राजीनामा दिन आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘मेरो विचारमा देशका निम्ति उत्तम बाटो भनेको राष्ट्रपतिले राजीनामा दिने र जतिसक्दो चाँडो टाढा जाने नै हो । म त्यो सम्भावना नरहेको स्वीकार गर्छु तर मलाई लाग्छ सबैभन्दा राम्रो त्यही हुन्थ्यो ।’ अलास्काकी रिपब्लिकन सांसद लिसा मर्कावस्कीले पनि राष्ट्रपति ट्रम्पलाई पद त्याग गर्न आग्रह गरेकी छन् । ६ जनवरीमा भएको हिंसापछि ट्रम्पलाई अमेरिकी संविधानको २५ औं संशोधनको प्रावधान प्रयोग गरेर भएपनि तत्काल हटाउन आवाज तीव्र रुपमा उठेको छ । सो संशोधनमा अमेरिकी उपराष्ट्रपति र मन्त्रिपरिषदका बहुमत सदस्यले राष्ट्रपति जिम्मेवारी सम्हाल्न सक्ने अवस्थामा नरहेको घोषणा गरेर उपराष्ट्रपति कार्यबाहक राष्ट्रपति बन्न सक्ने व्यवस्था गरिएको छ । 

सामाजिक सञ्जालमा समेत प्रतिबन्ध
ट्रम्पको सामाजिक सञ्जालसँग समेत बेलाबेलामा सम्बन्ध बिग्रिदै आएको थियो । शक्तिशाली राष्ट्रपति ट्रम्पले केहीपटक फेसबुक र ट्विटरलाई जरिवानादेखि प्रतिबन्ध लगाउनेसम्मका धम्की दिएका थिए । तर अहिले यस्तो समय आएको छ कि ट्रम्पकै ट्विटर खाता सधैंका लागि बन्द गरिएको छ । ट्रम्पले समर्थकहरूलाई प्रोत्साहन गर्ने भाषाका दुई वटा ट्वीट हटाएको थियो । त्यसपछि राष्ट्रपतिको ट्विटर खातालाई १२ घण्टा पोस्ट गर्न नमिल्नेगरी ‘लक’ गरिदियो ।

फेसबुकले पनि ट्रम्पमाथि दिनभरि प्रतिबन्ध लगायो । उनको खाता इन्स्टाग्रामले पनि चलाउन नमिल्ने बनायो । २० जनवरीसम्म ट्रम्प शक्तिमा रहनेछन् । सामाजिक सञ्जालबाट समेत प्रतिबन्धित भएपनि उनी लामो समय चुप लागेर बस्छन् भन्नेमा धेरैलाई विश्वास छैन । राष्ट्रपतिको कार्यकाल सकिएपछि फ्लोरिडास्थित आफ्नो घरमा गएर उनले पुनः शक्तिमा फर्किने योजना बनाउनेछन् ।

राष्ट्रपतिका रुपमा पहिलो कार्यकालमा अमेरिकी समाजलाई दुई अलग धारमा विभाजित गरेका उनले आफ्नो खराब छविलाई सुधार गर्ने कोशिस गर्नेछन् । त्यसलाई रोक्न पनि डेमोक्र्याटहरु आफ्नो बहुमत भएको कंग्रेसलाई भरपुर उपयोग गर्नमा केन्द्रित हुनेछन् । त्यसैले प्रक्रियाका हिसाबले ट्रम्पलाई महाअभियोगको प्रक्रिया पूरा गरेर हटाउन अब सहज छैन । तर राजनीतिक रुपमा शक्ति प्रदर्शन गर्न र ट्रम्पलाई पुनः कुनै पदमा फर्किनबाट रोक्न डेमोक्र्याटले सक्दो भूमिका खेल्ने सम्भावना भने प्रष्ट देखिएको छ । एजेन्सीको सहयोगमा