ओलम्पिक कमिटीका अध्यक्षलाई पितृशोक

ओलम्पिक कमिटीका अध्यक्षलाई पितृशोक

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष २८, २०७७

काठमाडौँ . नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई पितृशोक परेको छ । 

निवर्तमान सांसद श्रेष्ठका ९३ वर्षीय पिता कृष्णरामको काठमाडौँ –१५ स्वयम्भू धिमेहोलस्थित आफ्नै निवासमा निधन भएको हो । 

उहाँ मुटु र मिर्गौलासम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो ।  उहाँका दुई छोरा र एक छोरी छन् । 

उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।