तोलामा छ सयले बढ्यो सुन

तोलामा छ सयले बढ्यो सुन

लोकसंवाद संवाददाता  |  कारोबार  |  पुष २८, २०७७

काठमाडौँ । लगातार ओरालो लागेको सुनको मूल्यमा आज भने सामान्य वृद्धि भएको छ । प्रतितोला  ९२ हजार २०० मा सोमबार कारोवार भएको छापावाला सुन आज भने तोलामा  ६०० ले वृद्धि भई  ९२ हजार ८०० पुगेको छ । 

यस्तै तेजाबी सुन प्रतितोला  ९२ हजार ३०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।  तोलामा  ९१ हजार ७०० मा तेजाबी सुन सोमबार कारोवार भएको थियो । यस्तै चाँदीमा आज तोलामा रु २० ले वृद्धि भएको छ ।  

एक हजार २३० मा सोमबार कारोवार भएको चाँदी आज  एक हजार २५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।