भूमाफियाले कब्जा गरेको जग्गा खोज्दै सरकार

भूमाफियाले कब्जा गरेको जग्गा खोज्दै सरकार

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २, २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आपूm पनि भ्रष्टाचार नगर्ने र अरुले पनि भ्रष्टाचार गरे नछोड्ने बताउदै आउनुभएको छ । उहाँको यो दुई तिहाइको सरकारलाई आपूmले बाचा गरेका कुरा पूरा गर्नका लागि कुनै पनि किसिमका अप्ठेरो पनि छैन ।

तर केही दिनयता बालुवाटार नजिकैको सरकारी जग्गा व्यक्तिको नाममा सारेको समाचार नेपाली आम सञ्चारका माध्यम र सामाजिक सञ्जालमा प्रकाशन प्रशारण भएपछि उहाँको यो अभिव्यक्तिले हावा खाएको छ ।

आफ्नै पार्टीका महासचिव विष्णु पौडलले समेत उक्त जग्गा खरिद गरेको पाइएपछि यो विषयमा प्रधानमन्त्रीको निर्णय के हुनेछ भन्ने विषयमा आम नागरिकको चासो बढेर गएको छ । पौडेलले उक्त जग्गा खरिद गरेको नभई व्यक्तिको नाममा ल्याउनका लागि सेटिङ मिलाएबापत प्राप्त भएको समाचार पनि सञ्चार माध्यममा प्रेषित भएका छन् ।

मन्त्रिपरिषद्ले व्यक्तिका नाममा सारिएका मुलुकभरका सरकारी जग्गाबारे छानबिन गर्न भूमिव्यवस्था र गृह मन्त्रालयलाई आदेश दिइसकेको छ । तर आफ्नै पार्टीका महासचिव संलग्न भएको विषयमा प्रम ओलीले कारबाही प्रक्रिया अगाडि बढाउनुहुन्छ कि हुन्न भन्ने कुरा चासोको विषय भएको छ ।

केही दिनअघि मन्त्रिपरिषद्ले सरकारी जग्गाको गलत प्रयोग भएको भए त्यसको छानविन गर्न, सरकारी जग्गाको अभिलेख संकलन गर्न र सरकारी जग्गाबारे कस्तो नीति बनाउने भन्नेबारे सुझाव दिन आयोग गठन गर्ने निर्णय गरेको थियो । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।