नेप्सेमा दोहोरो अंकले वृद्धि

नेप्सेमा दोहोरो अंकले वृद्धि

लोकसंवाद संवाददाता  |  कारोबार  |  माघ १, २०७७

काठमाडौं । केही दिनयता सेयर बजारले नयाँ रेकर्ड बनाउने क्रम जारी छ । सेयर बजारको परिसूचक नेप्से आज पनि दोहोरो अंकमा वृद्धि भई २३ सय अंकनजिक पुगेको छ।

२२९६ अंकसम्म पुगेको नेप्से बजार बन्द हुँदा केही ओर्लिएर २२८६ अंकमा कायम भएको छ। यद्यपि अघिल्लो दिनको तुलनामा बुधबार बजार १८.८ अंकले बढेको छ, भने बुधबारको अंक हालसम्मकै उच्च हो ।

आज कारोबार रकममा पनि केही वृद्धि भएको छ। दिनभर २०७ कम्पनीको ५ अर्ब ९१ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

बैंकिङ समूह भने कारोबारमा ओरालो लागेको छ । बजारको उतारचढावमा प्रमुख भूमिका रहने सो समूह ३ अंकले घटेको छ । त्यस्तै होटल ५ अंकले घटेको छ । 

ब्यापार ९, विकास बैंक ३०, जलविद्युत ३०, फाइनान्स ४५, निर्जीवन बीमा १११, उत्पादन २४२, अन्य १२, माइक्रोफाइनान्स ९६, जीवन बीमा १६९ अंकले बढेका छन् । 

कर्पोरेट डेभलपमेन्टका लगानीकर्ताले १० प्रतिशत मूल्य कमाएका छन् । आरम्भ चौतारी लघुवित्त, फस्ट माइक्रोफाइनान्स, इनिफिनिटी लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, गोर्खाज फाइनान्स, प्रभु लाइफ इन्स्योरेन्स र गणपती माइक्रोफाइनान्सको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ । 

कारोबारका आधारमा यस दिन नेपाल टेलिकम अग्रस्थानमा रह्यो । सो कम्पनीको २६ करोड रुपैयाँ बराबरको कारोबार भयो । कम्पनीको मूल्य प्रतिकित्ता १० रुपैयाँले बढेर १२६३ रुपैयाँ पुगेको छ ।

कारोबारमा दोस्रोमा रहेको पुनर्बीमा कम्पनीको २० करोड रुपैयाँ बराबरको कारोबार भयो । मूल्य १६ रुपैयाँ बढेर १५५१ रुपैयाँ कायम भएको छ । माथिल्लो तामाकोसीको १८ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य प्रतिकित्ता १७ बढेर ४९५ रुपैयाँ कायम भएको छ । 

मल्टिपर्पोज फाइनान्सको मूल्य सबैभन्दा धेरै ४.७ प्रतिशतले घटेको छ ।