जब मैले भोग गरेर ओर्लेँ, तबमाथि जे जे भनिएका छन् ती सबै सत्य मानेँ !

जब मैले भोग गरेर ओर्लेँ, तबमाथि जे जे भनिएका छन् ती सबै सत्य मानेँ !

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  माघ ३, २०७७

     तेषामेवानुकम्पार्थ महमज्ञानजं तमः ।
    नाशयाम्यात्म भावस्थो ज्ञानदीपेन भास्वता ।। ११ ।।

अन्वय र अर्थ – तेषां एव =  ती मेरा भक्तहरूको नै, अनुकम्पार्थं = जसरी भए पनि कल्याण गर्नका लागि, अहं = म, आत्मभावस्थः (सन्) = आत्माको भाव जुन अन्तःकरण हो त्यसमा रहेको छँदो, भास्वता = प्रकाशमय, ज्ञान दीपेन = विवेक बुद्धिरूप ज्ञानको वत्तीद्वारा, अज्ञानजं = अज्ञान जन्य, तमः = मोहमय अन्धकारलाई, नाशयामि = नष्ट गरिदिन्छु ।

भावार्थ – जुन भक्तहरू उक्त प्रकारले भजन गर्दछन् केबल ती सबैको कल्याणका लागि म ती सबैको अन्तःकरणमा रहेर  उज्ज्वल ज्ञान दीपद्वारा अज्ञानज अन्धकारलाई नष्ट गरि दिन्छु ।

विशिष्टार्थ – यसरी साधनशील भक्तहरूको अज्ञानजात माया विकार 'म' को कृपाले नाश हुन्छ । किन कि, म उनीहरूको आत्मभावमा स्थित भएका कारण आत्मावस्थाको ज्योतिले  ती सबैको अन्तःकरण देदीप्यमान हुन्छ ।
अर्जुन उवाच –

    परं ब्रम्ह परं धाम पवित्रं परमं भवान् ।
    पुरुषं शाश्वतं दिव्यमादिदेवमजं विभिुम् ।। १२ ।।

    आहु स्त्वामृषयः सर्वे देवर्षिर्नारद स्तथा ।
    असितो देवले व्यासः स्वयञ्चैव व्रवीषि मे ।। १३ ।।

अन्वय र अर्थ – अर्जुन उवाच = अर्जुनले भने – भवान् = तपाई, परं ब्रम्ह = परमब्रम्ह, परंधाम = परमधाम, परमं पवित्रं च = परम पवित्र पनि हुनुहुन्छ । (यतः = जुन कारणले) सर्वे = सम्पूर्ण, ऋषयः = ऋषिहरू, देवर्षिः नारदः = देवर्षि नारद, तथा = त्यस्तै, असितः = असित, देवलः = देवल, व्यासः च = व्यास पनि, त्वां = तपाईलाई, शाश्वतं = नित्य, दिव्यं = दिव्य, पुरुषं = पुरुष, आदिदेवं = आदिदेव, अजं = अजन्मा, विभुं = व्यापक, आहुः = भन्दछन्, च = र  (त्वं = तपाई), स्वयं एव = आफै  पनि, मे = मलाई, ब्रवीसि = भन्नुहुन्छ ।

भावार्थ – अर्जुन भन्दछन् – तपाई परब्रम्ह, परधाम र परम पवित्र हुनुहुन्छ, जुन कारणले भृगु प्रभृति ऋषिगण देवर्षि नारद, असित, देवल अनि व्यास यी सबै नै तपाईलाई शाश्वत, दिव्य पुरुष, आदिदेव, अज र विभु भन्दछन्, तपाई स्वयं पनि मलाई यसरी नै भन्नुहुन्छ ।

विशिष्टार्थ – (श्लोक १२ देखि १८ सम्म अर्जुनले भगवान्को स्तुति गर्दै उहाँको विभूतितत्व जान्नका लागि प्रश्न गर्दछन्) । जुन विद्याले पर पार लगाउँछ त्यसैलाई परं भन्दछन् ।  स 'ब्रम्हविदाप्नोति परं' अर्थात् जो ब्रम्हविद् छन् तिनीहरू नै यो परंमा आएर बुझन सक्नेछन्  यो कस्तो अवस्था हो भनेर । अवधि रहित महान्लाई ब्रम्ह भन्दछन्, यो पनि एक अवस्था हो । किन कि अवस्था नभन्ने हो भने यी सबैलाई संझाउन तथा संझन सुविधिा हुँदैन । जुन विद्याले पर पार लगाउँछ सोही विद्याको विश्राम स्थानलाई 'परमधाम'  भन्दछन्, अर्थात् यो ब्रम्हानन्द भोगावस्था हो ।  'पवित्रं' = ग्लानि शून्यं, यो पनि एक अवस्था हो ।  'परमं' ब्रम्हाजीको आयुष्य कालको शेष (कल्पक्षय) मा विश्राम स्थानलाई परम भन्दछन्, यो पनि अवस्था विशेष हो । 'पुरुष'= मायामय पुरमा जो सुतिरहन्छ सोही पुरुष हो । 'शाश्वतं' = अविनाशी, 'दिव्यं' = आकाश सदृश स्वरूपलाई दिव्य भन्दछन् ।

आकाश, जस्तै – धारणामा आउँदैन त्यस्तै तपाईको त्यो  'त्वं' अवस्थालाई पनि समाउन सकिन्न, त्यसकारण तपाई  'दिव्य' हुनुहुन्छ । 'आदिदेव' जहांबाट पहिलो आरम्भ हुन्छ त्यो नै आदि हो । यस जगत्को आरम्भ पनि तपाईबाट नै हुन्छ, त्यसैले तपाई आदिदेव हुनुहुन्छ । 'अज' = जो कहिल्यै जन्मदैन त्यो पनि तपाई नै हुनुहुन्छ । 'विभु' = सर्वभूर्तसंयोगी अर्थात् जो सर्वव्यापी छ, त्यो पनि तपाई नै हुनुहुन्छ । यो समस्त अवस्था तपाईमा नै प्रतिष्ठित छ त्यसैले तपाई  ”भवान्” हुनुहुन्छ । अर्थात् यो समस्त नै जो तपाई हुनुहुन्छ, उसलाई म सोही अवस्थामा जान्न सक्छु जुन अवस्थामा कारण, मूर्ति र अर्थका साथ प्रत्येक शब्दको परिज्ञान हुन्छ, उही ऋषि अवस्था हो । सर्वे = सवै ऋषिगण ।  'देवर्षि नारद' नार शब्दमा विष्णु, द शब्दमा दान गर्नु हो ।

प्राकृतिक आवरण नै पुर हो, प्राकृतिक आवरण युक्त अवस्थाहरू भित्र जुन सबै भन्दा माथिको अवस्था हो, जस भन्दा माथि अरू अवस्था छैन, त्यो नै पुरुषोत्तम हो, यस्तो पुरुष ! यो सबै तपाई हुनुहुन्छ । यस्तो तपाई नै 'म' हुँ ! अतः म भन्दछु – तपाई नै ज्ञाता, तपाई नै ज्ञेय र तपाई नै ज्ञान हुनुहुन्छ ।

जसले विष्णुलाई मिलाइदिन्छन् उनैलाई नारद भन्दछन् (यस अध्यायको २६ औ श्लोक हेरौं) । 'असित' = अ = नास्ति, सित = बद्ध, जो बद्ध छैन उसैलाई असित भन्दछन् । अर्थात् मुक्त अवस्था नै असित अवस्था हो । 'देवल' = देव = देवता, लं = पृथ्वीको वीज हो । जुन अवस्थामा अन्तःकरण पार्थिव जगत्का देवतालाई लिएर खेल्दछ (साकार उपासनामा व्याप्त रहन्छ) उसैलाई देवल अवस्था भन्दछन् । 'व्यास' = (वि+अस+धञ्) भेदज्ञान, विव्यास वेदान्यस्मात्स तस्मात् व्यास इतिस्मृतः = अर्थात् वेदरूप ज्ञानसिन्धुको जीव जगत्को कल्याणका लागि जुन (साम, ऋक्, यजु र अथर्व नामले) विभाग गरेर अल्प बुद्धिहरूका लागि  साकार उपासनामय पुराणादि सृष्टि गरेर मुक्तिमार्गलाई जसले सुलभ गरिदिएको छ – सोही व्यास अवस्था हो । अनि 'स्वयं” उही क्रियाको परावस्था हो, जुन अवस्थामा रहेर भोग पश्चात् मैले  अहं = म लाई त्वं (तिमी)  रूपले संझेर जान्न सक्छु कि यो आफ्नो  अनुभवनीय अवस्था समूह जसलाई मैले भोग गरेको छु, पुनः तल ओर्लेर मैले आफ्नो मनैमनमा जान्दछु कि, जब मेरो ऋषि अवस्था, असित अवस्था, देवल अवस्था, व्यास अवस्था र स्वयं अवस्था भएको थियो, तब त्यो माथिवाला  'म' नै जुन परमब्रम्ह, परम धाम, पवित्र, परम पुरुष, शाश्वत, दिव्य, आदिदेव, अज र विभु हुँ त्यसलाई मैले देखेको छु, अनुभव गरेको छु र संझेको छु । यो जस्तै तपाईले नै मलाई भन्नुहुन्छ ।

    सर्वमेतदृतं मन्ये यन्मां वदसि केशव ।
    न हि ते भगवन् व्यक्तिं  विदुर्देवा न दानवाः ।। १४ ।।

अन्वय र अर्थ – केशव = हे केशव ! यत् = जुन कुरा, मां = मलाई, बदसि = भन्नुहुन्छ, एतत् = यो, सर्वं = सम्पूर्ण, ऋतं = सत्य, मन्ये = मान्दछु, हि = किन कि, भगवन् = हे भगवान् ! ते (तव) = तपाईको, व्यक्तिं (प्रभवं) = आविर्भावको कारण, देवाः = देवताहरू, न विदुः = जान्दैनन्, दानवा (च) = दानवहरूले पनि, न (विदुः) = जान्दैनन् ।

भावार्थ – हे केशव ! तपाई मलाई जुन कुरा भन्नुहुन्छ त्यो समस्त नै सत्य भनेर मान्दछु, किन कि हे भगवान् ! देवता पनि तपाईको प्रभव (आविर्भाव कारण) जान्दैनन्, दानवहरु पनि जान्दैनन् ।

विशिष्टार्थ – 'केशव' – क = ब्रम्हा, सृष्टिकर्ता+ ईश = संहर्ता+ व = शून्य, यो सृष्टिकरण शक्ति र संहरण शक्ति जब शून्य भएर मिलेर एक हुन्छ अर्थात्, सृष्टि संहार शून्य निस्तरंग स्थिति अवस्था आउँछ सोही अवस्थालाई  'केशव' भन्दछन् । यस अवस्थालाई जब मैले भोग गरेर ओर्लें, तबमाथि जे जे भनिएका छन् ती सबै सत्य मानें । त्यो जुन केशव–अवस्था हो त्यसलाई कर्मी (क्रियाशील) विना कर्मको  फल भोक्ता जुन देव अवस्था अथवा कामातुर मूढ दानव अवस्था हो यी दुवै अवस्थामा जान्न सकिदैन । अनि त्यो सम्पूर्ण अवस्थारूप ऐश्वर्य समूह तपाईमा नै प्रतिष्ठित रहनाले तपाई भगवान् हुनुहुन्छ ।

    स्वयमेवात्मनात्मानं वेत्थ त्वं पुरुषोत्तम ।
    भूतभावन भूतेश देवदेव जगत्पते ।। १५ ।।

अन्वय र अर्थ – पुरुषोत्तम = हे पुरुषोत्तम ! भूतभावन = हे भूतभावन ! भूतेश = हे भूतेश ! देवदेव = हे देवदेव ! जगत्पते = हे जगत्पते ! त्वं = तपाई, स्वयं एव = आफ्नै , आत्मना = आपूmद्वारा, आत्मानं = आफूलाई अर्थात् निरतिशय ज्ञान, ऐश्वर्य, सामथ्र्य आदि शक्तिले युक्त ईश्वरलाई, वेत्थ = जान्नुहुन्छ । 

भावार्थ – हे पुरुषोत्तम ! हे भूतभावन ! हे देवदेव ! हे जगत्पते ! तपाई स्वयं नै आपूmद्वारा आपैmलाई जान्नुहुन्छ ।

विशिष्टार्थ – 'भूतभावन' = भूत (समस्त प्राणी) हरुको भरण गर्ने,  'भूतेश' = भूतहरूका नियन्ता, 'देवदेव' = देवताहरूका देवता, 'जगतपति' = जगत्का स्वामी, पुरुषोत्तम = प्राकृतिक आवरण नै पुर हो, प्राकृतिक आवरण युक्त अवस्थाहरू भित्र जुन सबै भन्दा माथिको अवस्था हो, जस भन्दा माथि अरू अवस्था छैन, त्यो नै पुरुषोत्तम हो, यस्तो पुरुष ! यो सबै तपाई हुनुहुन्छ । यस्तो तपाई नै 'म' हुँ ! अतः म भन्दछु – तपाई नै ज्ञाता, तपाई नै ज्ञेय र तपाई नै ज्ञान हुनुहुन्छ ।

    बक्तुमर्हस्यशेषेण दिव्याह्यात्मविभूतयः ।
    याभि र्विभूतिभिर्लोकानिमांस्त्वं व्याप्य तिष्ठसि ।। १६ ।।

क्रमशः

याे पनि 

जसको एक निश्वास पनि खेर जाँदैन त्यही सुरेन्द्र हो

वायु जब समतामा प्राप्त हुन्छ सोही अवस्थाको नाम निर्वाण हो

देवताको भजन र शरीर त्याग : सांस्कारिक अन्त करणमा संस्कारसहितको प्रभाव

प्रभृति प्राणीहरूमा नानाविधि भाव 'म' बाट उत्पन्न हुने प्रभावहरु

बुध ग्रह र सूर्यको समीपको सम्बन्ध र महाप्रकाशको प्रत्यक्ष अवगत