ञिङमा शेर्पा समुदायमा आदर्श धर्म : निङमापा, शाग्यपा, काग्युर्पा, गेलुक्पा !

परापूर्वकालदेखि शेर्पाहरू इस्लाम र बौद्ध धर्ममा नै झुकाव राख्दै आएका छन् । नेपालमा सिद्धार्थ गौतमले बुद्धत्व प्राप्तपछि भारतको धेरै ठाउँमा उपदेश दिएका थिए । बुद्धधर्मले भारतमा व्यापक रूपमा प्रसिद्धि पायो । बुद्धधर्मको लोकप्रियता क्रमशः चीन, तिब्बत, मङ्गोलिया र जापान जस्ता देशहरूमा सर्वत्र फैलियो । बौद्ध धर्मको सुरुवात तिब्बतमा सातौँ शताब्दीको धर्मराजा स्रङचन गम्पो (६१७–६९८) को शासनकालमा भएको हो । बौद्ध धर्म प्रचारका लागि भारत वर्षबाट तिब्बतीय राजाहरूले बौद्ध गुरु भित्रायाए । तिब्बतमा महायान बौद्ध धर्मको विकासक्रममा ञिङमा, कग्युद, साक्य, गेलुगसहित चार महायान तिब्बती बौद्ध धर्मको चरम विकास भएको देखिन्छ । तीमध्ये ञिङमा परम्परालाई तिब्बतको प्रसिद्ध बौद्ध दर्शन मानिन्छ ।

ञिङमा नै शेर्पा समुदायमा आदर्श धर्म हुन पुग्यो । ञिङमा भनेको प्राचीन, पुरातन भन्ने बुझाउँछ । शेर्पाहरू हिंसा, अधर्म, अनैतिक जस्ता कार्यहरूबाट टाढा रहन्छन् । विश्वशान्तिको कामना राख्दछन् ।

 भारतका प्रसिद्ध बौद्ध विद्वान पद्मसम्भव (उर्गेन रिम्पोचे) नेपाल हुँदै तिब्बत गएर त्यहाँ आजीवन बुद्धधर्म प्रचार गरी उनकै निर्देशनमा तिब्बतीहरू नेपालका हिमाली क्षेत्रमा आई गुम्बा बनाई बसोबास गरेको भनिन्छ । १४/१५ शताब्दीपछि तिब्बतको विकसित ४ धर्म सम्प्रदायलाई (निङमापा, शाग्यपा, काग्युर्पा, गेलुक्पा) नेपालको सोलु तथा अन्य क्षेत्रमा यिनीहरूद्वारा आ–आफ्नो सम्प्रदायअनुरूप गुम्बाहरू बनाई धर्मगुरुको नेतृत्वमा धार्मिक केन्द्रहरू खडा गरी धर्मप्रति यी जातिले जीवन समर्पण गरेको देखिन्छ ।

तिब्बती बौद्ध धर्म लामा पुरोहितवाद र कर्मकाण्डमा आधारित छ । यसैले हिमाली क्षेत्रको शान्त स्वच्छ वातावरणमा तपस्वी, ध्यानी बौद्धमार्गीहरूले आफ्ना आध्यात्मिक क्रियाकलापलाई दर्शनका रूपमा प्रस्तुत गरेको पाइन्छ । शेर्पाहरू बुद्धधर्मका अनुयायी भएकाले सोहीबमोजिमका गुम्बा र लामाहरू सञ्चालित हुन्छन् । शेर्पा जातिको हरेक धार्मिक चाडपर्वमा लामा पुरोहितको अग्रसरता अनिवार्य मानिन्छ ।

बौद्ध धर्मावलम्बीहरूको विश्वास अनुसार यी ठाउँहरू बौद्ध धर्मावलम्बिीहरूका लागि चार धाम हुन् । त्यसैले यी ठाउँका साथै नेपालका काठमाडौं, ललितपुर तथा भक्तपुर लगायतका अन्य स्थानहरूमा समेत वैशाख पूर्णिमाका दिन बुद्ध जयन्ति धुमधामका साथ भिक्षु–भिक्षुणीहरू, लामा–लमिनीहरू, उपासक–उपासिकाहरू र श्रद्धालु भक्तजनहरूको उपस्थितिमा भगवान् बुद्ध प्रतिमाहरूलाई खटमा राखेर बाजागाजा सहित जात्रा (यात्रा) गर्दै यी ठाउँहरूका नगरहरूको परिक्रम गरेर मनाएको देखिन्छ ।

शेर्पा जातिमा विभिन्न धार्मिक पर्वहरू छन् । ती पर्वहरू हुन्, जस्तै छ्योठूल दुछेन, ञ्युङन्य तोङगु, ञ्युङन्यू, सांकादावा, डुम्ची, टुग्पा छेरिय, टेल दाइ छेच्यू, यार च्याङ, छेच्यु, ञेर्ङा, मणि रिम्टा, ल्ह–बप्पी दुल्हेन, ल्ह–बप्पी दुछेन, मणि छयोकोर, साङतोङगु, छेवाङ् खप, छेथार, याङगुकुग, छयोदर, रावन्य र मङच्यु तोङगु । यी पर्वहरूमा शेर्पा जातिका व्यक्ति भोक भोकै व्रत बस्ने, जलपान, भोजभतेर गराउने, दानदक्षिणा दिने, ध्यान तपस्या गर्ने, पितृलाई श्रद्धा गर्ने, बालबालिकाहरूलाई अक्षर आरम्भ गराउने, गोठपूजा गर्ने, तिथी हेरेर देवीको जन्मदिन मनाउने, घरआँगन बस्ती सरसफाइ गर्ने, गाउँटोल, गुम्बाहरूमा ध्वजापताका टाँग्नेजस्ता गतिविधि हर्षोल्लासका साथ गर्दछन् । 

शेर्पा जातिको ल्होसार, युल्सङ, बुद्ध जयन्ती, ञ्युङनास, कङ्सोल, यारछोद्, मणि रिल्ड्रव, ड्रगप छेजी, ड्रबछोद, ल्हबव्, दुसछेन, सागा दावा जस्ता चाडपर्वहरू हुन् । शेर्पा गाउँका नजिक बौद्ध गुम्बाहरू रहेका हुन्छन् । प्रायजसो सबै चाडपर्वमा शेर्पाहरू गुम्बामा गई पूजापाठ तथा ध्यान गर्ने गर्छन् ।

उनीहरूले मनाउने गरेको चाडहरूमध्ये मुख्य एक चाड हो ल्होसार । तिब्बतमा संवत् १२२२ ताका मङ्गोलका बादशाह चङ्गेज खाँले सिंह प्रान्तका राजा मिञ्यागको हातबाट राज्यसत्ता लिएको उल्लासमय दिनलाई नयाँ वर्षको रूपमा मान्न थालिएको जनविश्वास छ । शेर्पा जातिका मानिसहरू नेपालमा मनाइने गरेका तीनवटा ल्होसार तोला, सोनम र ग्याल्पो ल्होसारमध्ये कसैले तोला, कसैले सोनम र कसैले ग्याल्पो ल्होसार मनाउँछन् । यसरी भौगोलिक बनावट, हावापानी, जलवायु र खेतीकिसानीको विविधतासँगै शेर्पा समाजमा मनाइने ल्होसार पनि फरकफरक छन् तर ल्होसार मनाउने विधि, तरिका र प्रक्रियाहरूमा भने त्यस्तो कुनै भिन्नता छैन । शेर्पा जातिका मानिसहरूले मनाउने ल्हो (जीव) हरू हुन् १, मुसा (च्यि) २, गोरु (लाङ) ३, बाघ (ताक) ४, खरायो (यो) ५, गरुड (डुग) ६, सर्प (डुल) ७, घोडा (ता) ८, भेडा (लुग) ९, बाँदर (टे) १०, चरा (च्य) ११, कुकुर (खी), १२, सुँगुर (फाग) ।

ल्होछार परम्परा रहेको प्रमुख हिमाली शेर्पा जातिले ग्याल्पो ल्होछार मनाउँछन् । शेर्पा समुदायको प्रमुख पर्वका रूपमा रहेको ल्होछार उनीहरूले तीन दिनसम्म मनाउने गरेको पाइन्छ । जानकारहरूका अनुसार पुरानो वर्षको अन्तिम दिन कृष्ण पक्ष चर्तुदर्शीका दिन आवश्यक सबै सरसामान तथा रकमको जोहो गरेर नयाँ वर्षका दिन बिहानदेखि बेलुकासम्म नै पूजापाठ गरेर बिताउने गरिन्छ । विगतमा लागेका थाङ्ग्रा, अशुभ लक्षण र लोतारोहरू लखेटेर पठाउने अभिप्रायले दशाग्रह र अशुभ लक्षणहरू मन्साएर पठाइदिने उपायस्वरूप चारकुने फलेकको चौकी र नाङलोमा सातु–पीठोको तीनसुरे तोरमा बनाएर रातो रङ पोती विभिन्न पाँच प्रकारका रङ मिसाएको घिउको टीका लगाई सजाउने चलन छ । 

उक्त नाङ्लोमा ग्रहदशा फाल्ने थोत्रा चित्र, जाँडको छोक्रा राखेर बेलुका तान्त्रिक विधिअनुसार जलाएर वर्षभरिको नराम्रो ग्रहदशा सबै जान्छ भन्ने जनविश्वास पाइन्छ । कतिपय शेर्पा बूढापाकाहरूकै भनाइमा शुभ लक्षण परीक्षा गर्ने चिन्हस्वरूप नुन, खुर्सानी, घिउ, कोइला, कपाल इत्यादिलाई जुथुम (पीठोको डल्ला) भित्र राख्ने र पाकेपछि सो जुथुम परिवारमा बाँडेपछि घिउ पर्नेलाई भाग्यमानी, कोइला पर्‍यो भने अभागीको संज्ञा दिइनेसमेत बताइन्छ । जे होस्, शेर्पाहरूले ल्होछारका बेला नयाँ वर्षको सुरुवात र पुरानो वर्षको बिदाइलाई मनोरञ्जन पूर्ण ढङ्गले मनाउने गर्दछन् । बुद्धको मूर्ति तथा घरको मूल कुलदेवताका प्रतिमाअगाडि शुद्ध पानी नैवेद्य चढाएर पूजा गर्छन् । उनीहरूले त्यस बेला छाङथुङ खान्छन् । लामा गुरुहरूलाई गच्छेअनुसार दक्षिणा दिएर खादा चढाउँछन् । ल्होछारको बेला उनीहरूले गुम्बा, चैत्य, रूख, भीरपाखा तथा बस्तीमा रङ्गीचङ्गी ध्वजापताका फरफराउने गर्छन् ।

भदौ महिनामा फङ्गी चाड पर्दछ । यो चाडमा विशेषतः नुहाउने काम गरिन्छ । यस चाडमा सुँगुरको मासु खान्छन् । यदि सुँगुरको मासु खाएमा शरीरमा भएको रोग काट्छ भन्ने मान्यता छ । तर अहिले शेर्पा समुदायमा यो चाड नाचगान र भोजभतेर गरेर मनाउने गर्दछन् ।

 नयाँ घरमा प्रवेश गर्दाको समयमा शेर्पा समाजमा भोजभतेर गर्ने चलन छ । जुन भोजलाई खङक्ष्याङ योग्क्ष्याङ भनिन्छ । गाउँघरमा रहेका प्रत्येक घरधुरीका एक जनालाई भोजमा सरिक गराउने चलन छ । भोजमा डबकामा खाँदेर भातका साथ छ्याङ, चिया दिने गरिन्छ । आजकाल यो परम्परा हट्दै गएको छ ।

वास्तवमा बुद्ध जयन्ति पर्व विश्वभरिकै बौद्ध धर्मावलम्बीहरूको पनि सबैभन्दा ठूलो चाड हो । त्यसैले यस विश्वका सम्पूर्ण बौद्ध धर्मावलम्बीहरूले बैशाख पूर्णिमालाई बुद्ध जयन्तिकै विशेष पर्वका रूपमा स्विकारेर आआफ्ना विभिन्न किसिमका परम्पराहरू अनुसार ठूलै उत्सवको रूपमा बडो हर्षका साथ मनाएको देखिन्छ । यस वैशाख पूर्णिमाको दिनमा महामानव गौतम बुद्धले जन्म लिनु भएको लुम्बिनी, ज्ञान प्राप्त गरेको बोधगया, प्रथम उपदेश दिएको स्थान सोरनाथ र महापरिनिर्वाण प्राप्त गरेको कुशीनगरमा ठूलो मेला लाग्दछ ।

बौद्ध धर्मावलम्बीहरूको विश्वास अनुसार यी ठाउँहरू बौद्ध धर्मावलम्बिीहरूका लागि चार धाम हुन् । त्यसैले यी ठाउँका साथै नेपालका काठमाडौं, ललितपुर तथा भक्तपुर लगायतका अन्य स्थानहरूमा समेत वैशाख पूर्णिमाका दिन बुद्ध जयन्ति धुमधामका साथ भिक्षु–भिक्षुणीहरू, लामा–लमिनीहरू, उपासक–उपासिकाहरू र श्रद्धालु भक्तजनहरूको उपस्थितिमा भगवान् बुद्ध प्रतिमाहरूलाई खटमा राखेर बाजागाजा सहित जात्रा (यात्रा) गर्दै यी ठाउँहरूका नगरहरूको परिक्रम गरेर मनाएको देखिन्छ ।

त्यति मात्र होइन, बौद्ध धर्मावलम्बीहरूले विशेष गरेर यस उपमहाद्वीपका भूमिपुत्र शेर्पा आदिवासीहरूले आ–आफ्ना घरका पूजा कोठाहरूमा समेत जन्मदेखि मरणसम्मका हरेक सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरूमा हरदम घिउको दियो बालेर बुद्ध जयन्ति मानेकै हुन्छन् । यही बुद्ध जयन्तिकै रूपमा नेपालका विभिन्न ठाउँहरूमा विशेष गरी ललितपुरमा भाद्रवृmष्ण द्वितीयाको दिनमा समेत वैशाख पूर्णिमाको गरिमालाई बढाएर बौद्ध धर्मावलम्बीहरूले मतयाः भन्ने प्रकाशको चाड मनाएको देखिन्छ ।

यो पनि 

शेर्पाहरू आदिवासी हुन ! कुलदेवता वृषशम्बरको आवृत्ति अङ्कित पाको माटाको सीलमूर्ति एक प्रमाण !!

थर र उपथरहरूको कसीमा शेर्पा: जातीय पहिरनदेखि खानपिनसम्म