मेगा बैङ्कको नयाँ शाखा कीर्तिपुरको नयाँ बजारमा

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको कीर्तिपुरमा नयाँ शाखा विस्तार गरी आइतबारका दिन देखि शाखा सञ्चालनमा ल्याएको छ । 

कीर्तिपुर नगरपालिका वडा नम्बर ९, नयाँबजारमा बैंकको नयाँ शाखा विस्तार गरिएको हो । मेगा बैंकको यो २०७ औं शाखा हो । काठमाडौं उपत्यकामा मेगा बैंकका ४१ शाखा र १६ एक्सटेन्सन काउन्टर रहेको  मेगा बैंकले जनाएको छ । 

अहिले उपत्यका र उपत्यकाबाहिर गरी मेगा बैंकका २०७ वटा शाखा कार्यालयहरु, ३४ वटा एक्सटेन्सन काउन्टरहरु, १ सय ४२ वटा एटीएम मेशिन तथा ८९ वटा शाखारहित बैंकिङ केन्द्रहरु मेगा बैंकले जानकारी दिएकाे छ ।