नागरिकस्तरबाट सङ्कलित सहयोगबाट अस्पताललाई शव वाहन हस्तान्तरण

कैलाली । नागरिकस्तरबाट सङ्कलित सहयोगबाट कैलालीको टीकापुर अस्पताललाई शव वाहन हस्तान्तरण गरिएको छ । टीकापुर सरोकार समूह र ह्युम्यानिटी फाउण्डेशन नेपालले संयुक्त रुपमा अस्पताललाई शव वाहन हस्तान्तरण गरेका हुन् ।

समूहका संयोजक सञ्चारकर्मी प्रशान्त अर्याल र फाउण्डेशनका दीर्घराज उपाध्याय, पुष्कर ओझा, मानसिंह साउदले शव वाहनको साँचो अस्पताल विकास समितिका अध्यक्ष दीपक रावललाई आइतबार हस्तान्तरण गर्नुभएको छ । सो अवसरमा संयोजक अर्यालले जन्मभूमिका लागि सानो सहयोग गर्न पाएकामा खुशी लागेको र आगामी दिनमा टीकापुरका लागि विभिन्न सामाजिक अभियान सञ्चालन गर्ने योजना रहेको बताउनुभयो ।

अस्पताल विकास समितिका अध्यक्ष रावलले शव वाहन खरिद गरी हस्तान्तरण गरेकामा दुवै संस्थालाई धन्यवाद दिँदै स्वास्थ्य संस्थामा राजनीतिक आग्रह पूर्वाग्रह नराखी सबैको सहयोगको खाँचो रहेको औल्याउँनुभयो । 

टीकापुर क्षेत्रमा शव वाहन नहँुदा समस्या हुँदै आएको   थियो । अब भने पहिलेको जस्तो ट्याक्टरमा शव बोक्नुपर्ने बाध्यताको अन्त्यभएकोे छ ।