राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ ६, २०७७

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगबाट वर्षभरि गरिएका कामकारवाहीसहितको वार्षिक प्रतिवेदन २०७६÷७७ पेश भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुुमार थपलियाले प्रतिवेदन पेश गर्नुभयो । सो अवसरमा आयुक्तद्वय नरेन्द्र दाहाल र ईश्वरीप्रसाद पौड्याल, आयोगका सचिव देवकुमारी गुुरागाईँलगायत सहभागी हुनुहुन्थ्यो ।