मध्यरात देखि लागू हुने गरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

मध्यरात देखि लागू हुने गरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ ५, २०७७

काठमाडौं । नेपाल आयल निगमले सोमबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले हवाई इन्धनलाई छोडेर पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको हो । 

निगमले पेट्रोल, डिजल तथा मट्टितेल सबैमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको हो ।  

 मूल्य वृद्धिसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ९३ रुपैयाँ पर्नेछ । 

हवाई इन्धन तथा एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ । 

मूल्य समायोजनपश्चात पनि पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ३४ पैसा र डिजलमा २ रुपैयाँ ९६ पैसा नोक्सान रहेको निगमको भनाइ छ ।

त्यस्तै एलपी ग्यासमा प्रतिसिलिण्डर १३४ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ।