नेपालमा कोरोना भाइरसको ‘नयाँ भेरियन्ट’ वा ‘नयाँ स्ट्रेन’ : कति चिन्ता ?

नेपालमा कोरोना भाइरसको  ‘नयाँ भेरियन्ट’ वा ‘नयाँ स्ट्रेन’ : कति चिन्ता ?

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  माघ ६, २०७७

गत महिनामा बेलायतबाट नेपाल आएका केही व्यक्तिमा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण देखिएको छ । हाल देखिएको कोरोना भाइरसभन्दा निकै संक्रामक नयाँ कोरोना भाइरस नेपालमा पनि पुष्टि भएपछि त्यसले आम मानिसमा थप संक्रमणको आशंका थपिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बेलायतबाट नेपाल फर्किएकामध्ये ६ जनामा कोभिड–१९ पुष्टि भएको थियो । त्यसमध्ये तीन जनाको नमुना हङकङस्थित प्रयोगशालामा पठाइएको थियो । उनीहरुमा बेलायतमा देखिएको जस्तो नयाँ प्रकारको कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको हो । यसरी संक्रमण पुष्टि हुनेमा ६७ र ३२ वर्षका दुई पुरुष र २८ वर्षीया एक महिला हुन् । संक्रमितमध्ये दुई जना पीसीआर परीक्षणमा भाइरसमुक्त देखिएका छन् भने पोजिटिभ देखिएका अर्का व्यक्ति लक्षणमुक्त भएको बताइएको छ ।

दुई उल्लेखनीय म्यूटेशन भएका देखिन्छन् । तिनका नाम भने अलि जटिल छन् । दुवै परिवर्तन कोरोना भाइरसको सतहमा देखिने तीखा ‘स्पाईक’ प्रोटिनमा भएका देखिन्छन् । यिनै स्पाईकको सहयोगले कोरोना भाइरस मानिसको शरीरको कोषमा टाँसिएर भित्र छिर्छन् । पहिलो म्यूटेशन ल्छण्ज्ञ भनिएको छ र यसले स्पाईकको सबभन्दा महत्त्वपूर्ण भागमा परिवर्तन ल्याएको छ ।

मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा २०७७ साल पुस २७ गते विश्व स्वास्थ्य संगठनको सहयोगमा उनीहरूको नमुना हङकङ पठाइएको र इमेलमार्फत् नतिजा प्राप्त भएको उल्लेख छ।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले खोप उपलब्ध नभएसम्म सावधानी अपनाउन र जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैलाई आग्रह समेत गरेका छन्। यसअघि नै सरकारले बेलायतबाट नेपाल आउन रोक लगाइसकेको छ । विभिन्न देशमा ट्रान्जिट हुँदै आएकालाई होटल क्वारेन्टाइनमा राखेर कोरोना संक्रमण परीक्षणपछि मात्र घर जाने व्यवस्था गरेको छ ।

नेपालमा अहिलेसम्म दुई लाख ६७ हजारभन्दा बढीमा कोभिड–१९ पुष्टि भएको छ । जसमध्ये अहिलेसम्म ९७.८ प्रतिशत संक्रमित निको भएका छन् भने १ हजार ९ सय ६५ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ । 

नयाँ प्रकार कति चिन्ताजनक ?

कोरोना भाइरसको ‘नयाँ भेरियन्ट’ वा ‘नयाँ स्ट्रेन’ अत्यन्तै संक्रामक भएको विज्ञको भनाईपछि विश्वमा नयाँ चिन्ता छाएको छ । भाइरसको आनुवंशिक परिवर्तन अर्थात म्यूटेशन भनेको नै भाइरसको सामान्य प्रवृत्ति फेरिइरहनु हो । अधिकांश यस किसिमका परिवर्तन धेरै समय रहँदैनन् वा भाइरसले आफूलाई बदल्दा त्यो संक्रामक कम हुदै गएर आफैं हराएर पनि जान्छ । तर कहिलेकाहीँ आउने परिवर्तनले थप संक्रामक र घातक पनि बन्छन् ।

बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ स्ट्रेन पुरानोभन्दा धेरै संक्रामक पाइएको छ । तर यो थप घातक भएको र खोपप्रतिरोधी भएकोबारे भने अहिलेसम्म कुनै प्रमाण फेला परेको छैन । यद्यपि वैज्ञानिकहरूले नयाँ स्वरूपको भाइरस धेरै संक्रमण भइसकेको स्थानमा फेला पारेका स्थानमा अनुसन्धान अघि बढाएका छन् । भाइरस म्यूटेशन भएर चाँडो र धेरै फैलिएको हुनसक्ने उनीहरुको अनुमान छ । प्रयोगशालामा सूक्ष्म अध्ययनपछि मात्रै नयाँ स्ट्रेन थप संक्रामक हो वा होएन भन्ने पुष्टि हुन्छ । 

अर्को कुरा भनेका कोरोना भाइरसमा एकदमै धेरै म्युटेशन भइरहेको छ । ‘यसमा हामीले अपेक्षा गरेको भन्दा पनि एकदमै धेरै म्यूटेशन भइरहेको छ’, कोभिड–१९ जिनोमिक्स यूके (सीओजी–यूके) कन्सोर्सियमका प्राध्यापक निक लोम्यान भन्छन् । 

दुई उल्लेखनीय म्यूटेशन भएका देखिन्छन् । तिनका नाम भने अलि जटिल छन् । दुवै परिवर्तन कोरोना भाइरसको सतहमा देखिने तीखा ‘स्पाईक’ प्रोटिनमा भएका देखिन्छन् । यिनै स्पाईकको सहयोगले कोरोना भाइरस मानिसको शरीरको कोषमा टाँसिएर भित्र छिर्छन् । पहिलो म्यूटेशन ल्छण्ज्ञ भनिएको छ र यसले स्पाईकको सबभन्दा महत्त्वपूर्ण भागमा परिवर्तन ल्याएको छ । अर्को म्यूटेशनको नाम ‘ज्टढरख्ठण् डिलिशन’ हो । यो यसअघि पनि धेरै पटक देखा परेको थियो । यही म्यूटेशन भएको भाइरस मिंक जनावरमा समेत देखिएको थियो । 

खोपमा असर ?

भाइरसको स्पाईक प्रोटिनमा भएका म्युटेशनहरूले कोभिडविरुद्ध निर्माण भएका खोपबारे समेत प्रश्न उठेको छ । तर यी खोप काम नै लाग्दैनन् भन्ने चाँहि होइन । फाइजर, मोडेर्ना र अक्सफोर्ड तीनै वटै कम्पनीले निर्माण गरेका खोपले भाइरसको स्पाईक प्रोटिनमा नै आक्रमण गर्छन् । तर मानिसको शरीरले स्पाईकको विभिन्न भागमा प्रतिरोध गर्न सिक्छ । सोही कारण पनि नयाँ स्वरूपका भाइरसविरुद्ध पनि खोपले काम गर्नेमा स्वास्थ्य अधिकारीहरू ढुक्क छन् । त्यसैले यो चिन्ता गरिहाल्नुपर्ने अवस्था भने होइन ।