काश्मिरमा एशियाकै सबैभन्दा ठूलो ट्यूलिप गार्डेन

काश्मिरमा एशियाकै सबैभन्दा ठूलो ट्यूलिप गार्डेन

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २, २०७६

भारतको काश्मिर राज्यबारे यस्तो भनाई प्रचलित छ, ‘धरतीमा काहीँ स्वर्ग छ भने यहीँ छ । ’

मुगल बादशाह जहाँगीरले आफ्नो प्रेयसी नूरजहाँका लागि यहाँ थुप्रै बगैंचा बनाएका थिए । फारसीमा उनले भनेका थिए – 

गर फिरदौस बरु रुए जमीं अस्त, हमीं अस्त हमीं अस्त हमीं अस्त ।

पृथ्वीमा काहीँ स्वर्ग छ भने, त्यो यहीँ छ, यहीँ छ । 

 काठमाडौं । युवापुस्तालाई काश्मिरबारे थाहा हुने माध्यम नै अहिले आंतकबाद बनेको छ । काश्मिरमा भएको आतंकबादी घटनामा यतिजना मारिए... । 

दुःखद पृथ्वीको यो स्वर्ग अहिले भारत र पाकिस्तानको समरभूमि बनेको छ । 

श्रीनगर मनोहर बगैंचा, सुन्दर ताल बाह्रै महिना फुल्ने विविध रंगीचंगी 

फूल, स्याउ, ओखर, बदाम, केशर, कहवा र  बहुमूल्य गलैंचाको पनि राजधानी हो ।  

श्रीनगरमा रहेको टयूलिप गार्डेन एशियाकै सबैभन्दा ठूलो ट्यूलिप गार्डेन हो । गत साता यो गार्डेन पर्यटकका लागि खोलिएसँगै काश्मिरमा पर्यटक सिजनको शुभारम्भ भयो । 

संसारभरका पर्यटक ट्यूलिप गार्डेन हेर्न काश्मिर पुग्ने गर्छन । एक साता भित्र नै ७० हजारभन्दा बढी पर्यटकले गार्डेन भ्रमण गरेका छन । 

यस पटक ट्यूलिप गार्डेनमा विभिन्न प्रकारका १२ वटा ट्यूलिप रोपिएका छन । 

सामान्यतया ट्यूलिपको विरुवाको आयु ३ देखि ४ वर्षको हुने गर्छ । बेग्लाबेग्लै रंगका ट्यूलिप फुलेको दृश्यले पर्यटकलाई आनन्द अनुभूति गराउँछन ।

डल लेकको किनारमा रहेको जबरवान पर्वत श्रृंखलाको बीचमा बनाइएको यो ट्यूलिप गार्डेन ९० एकड क्षेत्रमा फैलिएको छ । 

ट्यूलिप बगैंचाले श्रीनगरमा आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । 

रातो, गुलाफी, पहेंलो, बैंजनी, नीलो, सेतो आदि रंगमा फुलेंको ट्यूलिपले पुरै क्षेत्रलाई विभिन्न रंगमा रंग्याइदिए जस्तो भान हुन्छ । 

श्रीनगर नजिकै रहेको बदाममाडी क्षेत्रमा अहिले बदामका रुख पनि लटरम्म फुलेका छन । धेरै पर्यटक बदाममाडीसम्म पुग्ने गर्छन । 

बदामको रुखमा पनि विभिन्न रंगका फूल आउने गर्छन । काश्मिरघाटीमा सर्रस्युँ खेती पनि हुन्छ ।  अहिले काश्मिरमा सर्रस्युँ पनि फुलेको बेला हो ।