जीवन, एक अनौठो प्रकृति

जीवन, एक अनौठो प्रकृति

अनन्त अधिकारी  |  समाज  |  बैशाख २, २०७६

कपासमा ठोक्किन्छ  
चरक्क चर्किन सक्छ 
पत्थरमा ठोक्किन्छ 
मजबुत मजबुत झै प्रतीत हुन सक्छ 

श्रृङ्गारमा कुरुप झै लाग्न सक्छ जीवन 
रङ्गहीनतामा अतुल्य आभा प्रकट हुनसक्छ जीवन 
सरल रेखामा नहिँड्ने जीवन 
हिँडिरहन्ड , केवल हिँडिरहन्छ 
कता कता कता कता कता कता 

भोगेका उपलब्धिहरू नै 
सम्पुर्ण हँुदैनन जीवनमा 
गरेका छद्म गल्तीहरू नै 
सम्पुर्ण हँुदैनन जीवनमा 
प्राप्तिलाई जीवन ठान्दै 
रुनेहरू हुन्छन जीवनमा
गुमाइमा बाँची बाँची 
हाँस्नेहरू हुन्छन जीवनमा 
सापेक्षित आँसु , सापेक्षित हाँसो 

कमाइले मदमत्त जीवनको
 समाधिको धुवाँजस्तो कंगाल 
जीवनको
 डढिरहेको धुवाँ उस्तै 
एउटै रङ्ग खरानीको 
एउटै गन्ध अन्तिम धुवाँको
एउटा उन्माद बराबर एउटा शोक 
समीकरणमा एउटा शून्यता 

निरर्थक लामिछानेका प्याजका पत्ताहरू 
निरर्थक कोइरालाका सुम्निमाका गीतहरू 
देवकोटाभित्रै निभेका 
मुनामदनका किस्साहरू 
केवल अधुरो खोजी एउटा 
रहस्यको 
केवल अपुरो भोगाइ 
एउटा खै कुन्नि के को 
प्रकृति,जीवन, एक अनौठो
 प्रकृति