नेता ज्यू, राजनीतिलाई लाजनीति नबनाउने हो कि ! जनतालाई 'नो भोटमै' धकेल्ने नै हो र !?

नेता ज्यू, राजनीतिलाई लाजनीति नबनाउने हो कि !  जनतालाई  'नो भोटमै' धकेल्ने नै हो र !?

निर्जला कक्षपति  |  दृष्टिकोण  |  माघ ६, २०७७

नेताहरूका हिजोआज सार्वजनिक स्थलमा व्यक्त गरिने घृणित अभिव्यक्ति सुनेर निकै नै दिक्क लाग्ने गरेको छ । एकले अर्कालाई नाम नै किटेर गर्ने गरेको गाली गलौच र लगाउने गरेको लाञ्छना सुन्दा लाग्छ भोलिका दिनमा त यी नेताहरूको भेट भए पनि नबोली मुन्टो बटारेर हिँड्ने हुन् कि  रु तर राजनीति भन्ने नै यस्तो कुरा रहेछ आज शत्रु बनेका व्यक्ति भोलिको मित्र बन्ने रहेछ ।

प्रधानमन्त्री केपी ओलीले प्रचण्डका विरुद्ध द्वन्द्वकलामा दिइएका अभिव्यक्तिहरू हामीले कहाँ बिर्सेका छौँ र ? त्यति बेलामा पनि लाग्ने गर्थ्यो कि, यी दुई नेता बिच मिलन कहिल्यै सम्भव व हुँदैन होला तर राजनीतिमा आफ्नो स्वार्थपूर्तिका लागि जे पनि सम्भव हुँदो रहेछ । सबैलाई चकित पार्दै दुई फरक व्यक्तित्व एकै ठाउँमा त्यो पनि एउटै पार्टीमा रहे । स्वार्थ नमिलेपछि अहिले, फेरि यी नेताहरू छुटिएका छन् । सडकमा उत्रिएर एकले अर्कालाई यसरी गाली गर्दै छन् कि  एकले अर्कालाई खुलाउने गरी अबका दिनमा सहकार्य नै कहिल्यै नहोला जस्तो गरी गाली गलौच गर्दै हिँडिरहेका छन् । 

सामान्य त नेता भनेका ुरोल मोडेलु हुनु पर्छ । यिनीहरू सार्वजनिक व्यक्ति हुने भएकाले यिनीहरूको हरेक गतिविधिमा जनताले ख्याल गरेर बसेका हुन्छन् । सामान्य जनताको व्यक्तिगत कुरामा त मानिसले टिप्पणी गर्न छाड्दैनन् भने नेता भनेका त आफूले चुनेर पठाएका जनप्रतिनिधि हुन्  । जनताले तिरेको करबाट मन्त्री, प्रधानमन्त्री पदमा बस्नेहरूले राज्यबाट सेवा सुविधा उपभोग गरी रहेका हुन्छन् । यद्यपि राजनीति भनेको जनताको सेवा गर्नु हो । जो व्यक्तिमा सेवा भाव छ अथवा जसलाई राष्ट्रको सेवा गर्छु भन्ने दृढ इच्छा र भावना हुन्छ त्यही व्यक्ति नै नेता बन्न सक्छ तर हाम्रो देशमा नेता बनेपछि कमाइ गरेर खाने सबभन्दा सजिलो उपाय बनेको छ । त्यसैले जब भागबन्डा मिल्दैन, तब यी नेताहरू सडकमै उत्रिएर जनताका सामु तल्लो स्तरमा उत्रिएर व्यक्तिगत लाञ्छना लाउन समेत पछि पर्दैनन् । 

नेताका गाली गलौच सुनेर एक छिनको लागि त  ताली पड्काउलान्, पेट मिची मिची हाँस्लान् तर यसले राम्रो सन्देश पक्कै दिँदैन । संसद् विघटन पछि नेताहरुले जून अभिव्यक्ति सार्वजनिक स्थलमा दिँदै आएका छन् , विवादास्पद विषय र समस्याको समाधान  आपसी छलफलबाट निकाल्न सक्नु पर्थ्याे तर यसो भएन यी नेताहरू सडकमै आएर एकले अर्काको पोल खोल्दै छन् । रिस बैमनश्यता छताछुल्ल पारेका छन् ।

जनताका सामु प्रस्तुत हुँदा आफ्नो जे कुरा भन्नु छ त्यही मात्र भनेर भाषण गर्दा राम्रो हुन्छ । आफू राम्रो बन्नका लागि अरूको नराम्रो कुरा काट्ने नेपाली प्रवृत्ति नै हो । अर्काको बारे टिका टिप्पणी गरेर आफूलाई जनताले राम्रो भन्ने होइनन् । कुन नेताले कस्तो काम गरेका छन् , राष्ट्रका महत्त्वपूर्ण निर्णयमा कस्तो निर्णय गरेका छन् अनि दुख परेका बेलामा नेता भनाउँदाको साथ पाएका छन् की छैनन्, विकास निर्माणका कार्यमा जुटेकी जुटेनन्  जनताले यस्तै कुरामा ख्याल गर्ने हुन् । घोक्रो सुक्ने गरी चिच्याएर, तथा जथाभाबी रुपमा गाली गलौच गरेको सुनेर जनताले त्यस्ता नेतालाई राम्रा मान्ने होइनन् ।

नेताका गाली गलौच सुनेर एक छिनको लागि त  ताली पड्काउलान्, पेट मिची मिची हाँस्लान् तर यसले राम्रो सन्देश पक्कै दिँदैन । संसद् विघटन पछि नेताहरुले जून अभिव्यक्ति सार्वजनिक स्थलमा दिँदै आएका छन् , विवादास्पद विषय र समस्याको समाधान  आपसी छलफलबाट निकाल्न सक्नु पर्थ्याे तर यसो भएन यी नेताहरू सडकमै आएर एकले अर्काको पोल खोल्दै छन् । रिस बैमनश्यता छताछुल्ल पारेका छन् । आफ्नो स्थान र वजनमा बस्न नसक्ने यी नेताहरू प्रति नै जनताको वितृष्णा बढेको छ । यदि नो भोटको व्यवस्था हुँदो हो त धेरै जनताहरू 'नो भोटमै' आफ्नो अभिमत जाहेर गर्ने पक्का छ । नेताका  अभिव्यक्ति 'नो भोटमै' धकेल्ने प्रयास भइरहेको छ । 

अहिलेको झगडा भनेको प्रधानमन्त्री पद नपाउँदा खेरीको भन्ने जनताले राम्ररी बुझेका छन् । एक जनाले, प्रधानमन्त्री पद ज्यान गए नछाड्ने अर्कालाई प्रधानमन्त्री पद जसरी पनि चाहिएको छ । आखिर जो प्रधानमन्त्री भए पनि जनताको जीवनस्तरमा केही प्रभाव पारेको होइन । जो जे बने पनि यी नेताहरुले जनताको जीवनस्तर उकास्ने काम गदैनन् भन्ने कुरा जनताले राम्ररी बुझेका छन् । त्यसैले त नेताका कार्यकर्ता सडकमा उत्रे पनि वास्तविक जनताले यिनीहरूको गतिविधिलाई वास्ता समेत गरेका छैनन् । 

नेता भनेका पथप्रदर्शक हुन् । त्यसैले नेता भनेको दूरदर्शी पनि हुनुपर्छ  । सरल व्यक्तित्व र जीवनशैली, जनता प्रति समर्पित अनि राष्ट्रका लागि केही गरेर मात्र मर्छु भन्ने दृढ अठोट, अनि साहस भएको व्यक्ति नेता हुनु पर्छ । राष्ट्रलाई औधी प्रेम गर्ने, समाज रूपान्तरण गर्न सक्ने अनि मुलुकलाई समृद्धिको बाटोमा उन्मुख गर्न सक्ने कुशल नेतृत्व भएको नेता देशलाई चाहिन्छ । हाम्रा नेताहरूको आचरण हेर्दा, अरु केही गुण नभए पनि कम्तीमा इमानदार, भ्रष्ट्राचार नगर्ने , यो मुलुकलाई माया गर्ने मात्र  गुण भएका नेता भइदिए पनि कत्ति हुँदो हो भन्ने लाग्न थालेको छ ।

हाम्रा नेताहरू राष्ट्रियता, स्वाभिमान, सुशासन, पारदर्शिताका बारे घण्टौँ भाषण गर्छन् तर आफूले बोलेका कुराहरूलाई आफ्नो जीवनमा समेत उतार्दैनन् । सायद यही भ्रष्ट नेता देखेरै होलान् , पर्यटन व्यवसायी तथा सामाजिक अभियन्ता कर्ण शाक्यले यो देशको नेता कस्तो हुनु पर्छ भनेर पुस्तक समेत निकाली सकेका छन् । नेता भनेका नीति, विधि, पद्धति, ऐन नियम कानुको पालना गर्ने तथा परिर्वनशिल, सृजनशील, अग्रगामी, निष्ठावान्, जबाफदेहिता, मर्यादित, आध्यात्मिक, र शुद्ध आचरण भएको हुनुपर्छ । लोभ मोह, क्रोध, पद लुप्त आचरण भएका व्यक्तिहरू नेता बन्न सक्दैनन् र तिनीहरू नेता होइनन् पनि । तर दुखको कुरा हाम्रो देशमा यस्तो आचरण भएको नेता पाउन नै मुस्किल हुने भयो ।शाहवंशका पृथ्वीनारायण शाह महत्त्वाकाङ्क्षी र दूरदर्शी राजा थिए । यसै गरी नेपाली काँग्रेसका महान् नेता विश्वेश्वर प्रसाद कोइराला दूरदर्शी, राष्ट्र प्रेमी र परिवर्तित नेता मानिन्छन् । 

नेताले सार्वजनिक स्थलमा दिएका अभिव्यक्तिहरू जनताका लागि प्रेरणाका स्रोत बन्न सक्नुपर्छ । नेता भनेका जनताका अभिभावक पनि हुन् । नेता प्रति जनताले भरोसा गरेर भोट दिएका हुन्छन् । त्यही भएर त नेताको परिवर्तनसँगै अब केही हुन्छ की भन्ने आस पनि गर्ने गरिन्छ । राज्य सञ्चालनको जिम्मेवारी पाएका यी नेताहरुले जनताको भरोसा टुटाउनुलाई अशोभनीय कुरा हो ।  देश निर्माणका लागि भोट दिई  जिताएर पठाइएका यी नेताहरू अहिले, सम्पूर्ण समय गाली गलिजमा खर्चि रहेका छन् । उनीहरूले देखाएको यो हर्कतले समाजमा कस्तो सन्देश जाला भन्ने यिनीहरूले हेक्का समेत गरेका छैनन् ।

जसरी बच्चाले अभिभावकले गरेका क्रियाकलापको सिको गर्छ त्यसैगरि नेताले बोलेका कुराहरू, उनीहरूले चालेको राजनीतिक कदमको सिको गरिनुलाई अन्यथा मानिँदैन  ।  घरमा अभिभावक जस्तो बोल्छन्, आफ्ना बच्चाहरूले पनि त्यसकै सिको गरिरहेको हुन्छ । नेताहरुले एक आपसमा गर्ने गरेको गाली गलौच समुदाय, समाज र ससाना संस्थामा समेत सिको हुँदै जाने पक्का छ। कतिले चाहेरै सिको गर्लान् कत्तिले नचाहँदा नचाहँदै पनि यस्ता नकारात्मक प्रवृत्तिहरू संस्थाभित्र भित्रिने गर्दछ । यसले गर्दा सिङ्गो समाज नै बिग्रने सम्भावना हुन्छ ।

बरु अलिकता अध्ययन गरेर ज्ञान बढ्ने दुईचार कुरा मात्र जनतासँग बोल्ने गर्नुस् जनताले ताली नपट्काए पनि केही कुरा नेता बाट अवश्य सिक्छन् । नेताहरुले सिङ्गो समुदायलाई गाली गलौच गर्दै सम्बोधन गर्दा हाम्रा बालबालिकाहरूले के सिक्लान् रु जो व्यक्ति झुट बोल्न सक्दैन, इमानदार छ, केही गरौँ भन्ने भावना छ त्यस्ता असल व्यक्तिहरू राजनीतिमा नआउने पक्का देखिन्छ । अझ पनि धेरै बाबु आमा आफ्ना पढे लेखेका छोराछोरी राजनीति गर्छु भनेर भन्यो भने खुल्ला दिलले जाऊ भनेर भन्ने कम भेटिन्छन् ।  राजनीति भनेको नपढेका, ठग, चिच्याउन सक्ने, कराउन सक्ने, हुलदंगाल गर्न सक्ने, ढुंगामुढा गर्न सक्नेलाई मात्र हो भन्ने धेरै जनताको मनमा छ । त्यसैले नेता ज्यू, राजनीतिलाई लाजनिती नबनाउने हो कि ! तपाईँहरूले बोल्ने गरेको शब्दले तपाईँहरूकै स्तर देखाइरहेको छ र हामी कस्ता नेताबाट शासित जनता रहेछौँ भन्ने खिन्नता नेपाली जनतालाई भएको छ ।