भारतीय राजनीतिक दल :को सँग कति पैसा

भारतीय राजनीतिक दल :को सँग कति पैसा

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २, २०७६

सन् २०१४ को लोकसभामा उत्तर प्रदेशको क्षेत्रीय दल बहुजन समाज पार्टी(बसपा)ले आफ्नो उपस्थिति राख्न सकेन । त्यसको एक वर्ष पहिला सन् २०१३ को उत्तर प्रदेशको राज्य स्तरीय चुनावमा अर्को क्षेत्रीय दल समाजवादी पार्टीले बहुमत हासिल गरेर बसपालाई सत्ताच्युत गरेको थियो । २०१९को लोकसभा निर्वाचनका लागि भारतका राजनीतिक दलले आफ्नो सम्पत्ति विवरण पेश गरेका छन् । सबैभन्दा बढी रकम बसपासँग रहेको थाहा हुन आएको छ । 

काठमाडौ । बहुजन समाज पार्टी भारतको सबैभन्दा धनी पार्टी भएको खुलासा भएको छ । 

यस पार्टीले निर्वाचन आयोगलाई उपलब्ध गराएको जानकारी अनुसार यस पार्टीको विभिन्न बैंकका आठवटा खातामा ६६९ करोड रुपैयाँ मौज्दात रहेको छ । यसका साथै पार्टीसँग ९५.५४ लाख रुपैयाँ नगदका रुपमा रहेको छ ।  

निर्वाचन आयोगले दिएको जानकारी अनुसार उत्तर प्रदेशकी नेतृ मायावती र उनको दल नै भारतको सबैभन्दा धनी राजनीतिक दल हो ।  

यस पंक्तिमा दोस्रो नम्बर उत्तर प्रदेशको अर्को क्षेत्रीय दल समाजवादी पार्टी, ‘जसको नेतृत्व अखिलेश यादवले गर्छन,’ रहेको छ । 

यस पार्टीको बैंक खातामा ४७१ करोड रुपैयाँ मौज्दात रहेको छ । 

यस सूचीमा तेस्रो नम्बर राहुल गान्धीले नेतृत्व गरेको इन्डियन नेसनल कांग्रेस पार्टीको छ । कांग्रेससँग १९६ करोडको बैंक ब्यालेन्स छ । 

चौथो नम्बरमा दक्षिण भारतको क्षेत्रीय दल टीडीपीको नाम आउँछ । चन्द्रबाबू नायडुले नेतृत्व गरेको यस पार्टीसँग १०७ करोडको बैंक ब्यालेन्स छ । 

भारतको सत्ताधारी पार्टी भाजपा यस सूचीमा पाँचौ नम्बरमा पर्छ । भाजपासँग ८२ करोडको बैंक ब्यालेन्स छ ।