धिमाल जातिः स‌ंस्कृति र लोकसाहित्यकाे अन्तरसम्बन्ध
बैशाख २, २०७६

डा. सोमबहादुर धिमालले तयार पार्नु भएको  ‘धिमाल लोकसाहित्यको वर्तमान अवस्था’को आलेखको पहिलो भाग लोकसाहित्यमा धिमाल जाति भन्ने शीर्षकमा यसअघि नै प्रकाशन गरेका थियौं । दोस्रो खण्डका रूपमा  धिमाल जातिः  स‌ंस्कृति र लोकसाहित्यमकाे अन्तरसम्बन्ध लाई आलेखका रूपमा प्रकाशन गरिएको छ । 

धिमाल जातिका गीतका विशेषता 

  • धिमाल बच्चा, युवा, युवती, वयस्कदेखि सम्पूर्ण बूढापाकाको जनजीवन गीतमार्फत झल्काउने,
  • माया, प्रेम, हर्ष, विष्मात, उमंग, जोश जस्ता कुरा गीत भावमा व्यक्त हुने,
  •  धिमालका धार्मिक, सांस्कृतिक, परम्परागत सामाजिक अस्तित्वको जगेर्ना हुने,
  •  जनविश्वास, आस्था जस्ता कुरा गीतमार्फत् व्यक्त हुने,
  •  समय काल परिस्थिति अनुसारका गीतमा व्यावहारिक अनुभव पाइने,
  • साहित्य तथा भाषाको प्रवद्र्धन तथा संरक्षण हुने,
  • विभिन्न परिवेश तथा अमूर्त भावनालाई पनि गीतमार्फत् व्यक्त गर्न सकिने,

बालगीत 
घाका ल्हेः खासगरी बालबालिका धिमाल गाउँमा समूहसमूहमा मिलेर खेल्दा गाउने गीतलाई नै ‘घाका ले’ भनिन्छ । कृष्णबहादुर धिमालले लेख्नुभएको बालगीत जंज लौ लौ यस प्रकार छ ः
 जंज लौ लौ                                               तारा आऊ आऊ   
 जंज लौ लौ, जंग लौ लौ                                 तारा आऊ, आऊ, तारा आऊ आऊ
ओनेको नुइता वालाला                                 भाइ/बहिनीको मुखमा जाओस्
हाले फाली जुङ्ले मावाई पाटाहा                      हलो, जुवा, फाली, पटाहा
चोंखती चङ आजुको दामा हिसोहिह वाला ?              चोंखती चङ बाजेको बाटो कता छ होला ?

लोउ आनाउ घालि कुकुइजा                           आऊ भाइ/बहिनी खेल्न कुकुइजा खेल
घालि चालि पह्रेलि गोइखे रेम्फा                       खेल्न, खानु, पढ्नु पर्छ राम्रो 
जंज लौ लौ...
तारा आऊ आऊ...

नार्याको चान माघा कोःतानाउ
हात्तीको बच्चा नखेल, सुँढले तान्ला
ओह्याँको चान माघा नोकानाउ                     घोडाको बच्चा नखेल, डार्ला
खियाको चान माघा चिकानाउ                      कुकुरको बच्चा नखेल, टोक्ला
न्होयाँको चान माघा चाउ¥यानाउ                    बाँदरको बच्चा नखेल, नङ्ग्राउला

जंज लौ लौ...                                           तारा आऊ आऊ...
जिह्याँको चान माघा चोकानाउ                     चराको बच्चा नखेल ठुंला
काब्राको चान माघा बाकानाउ                       हरिणको बच्चा नखेल, हान्ला
नाइभ्रिको चान माघा ह्रायानाउ                      भालुको बच्चा नखेल, चिथोर्ला
खुँह्वाको चान माघा चानाउ                        बाघको बच्चा नखेल, खाला
जंज लौ लौ...                                    तारा आऊ आऊ...

वयस्क गीत

चेङ चेङ बेङ बेङ: यो गीत ग्रामथानमा मेला बिसर्जन गर्दा, चढाएको पशुपंक्षीका टाउका उठाएर, हातमा हतियार लिई, घुँडा टेकी माझीवाराङको घरतिर चेङ चेङ बेङ बेङ गीत र पोदो(शैली)मा नाच्दै अगाडि बढिन्छ । यसमा सबै खालका नराम्रा अश्लीन शब्द पनि गीतमा प्रयोग गरिन्छ । गानाको बोलमा जस्तै:

चेङ चेङ बेङ बेङ माइसा मागैला                          चेङ चेङ बेङ बेङ...
नुहेँसो लोखेरे साइसाम्पा २                                    पूर्वबाट आउँछ साइसाम्पा (सैनिक)
सेउला रेइ चेउला...                                              चेउला रेई चेउला...
दाहँेसो लोखेरे माकाइ झाबारा,                              उत्तरबाट आउँछ मकैको झुप्पा 
दिहेँसो लोखेरे तोले तोपाला,                                    पश्चिमबाट आउँछ पिठोको पोको 
माहेँसो लोखेरे लात्ता कपडा २                                  दक्षिणबाट आउँछ लत्ताकपडाहरू 
सेउला रेइ चेउला...                                                सेउला रेई सेउला...
चेङ चेङ बेङ बेङ माइसा मागुला                              चेङ चेङ बेङ बेङ माइसा मागुला                          
नुहेँसो लोखेरेइ साइसाम्पा                                         पूर्वबाट आउँछ साइसाम्पा (सैनिक)
हुला रेइ हुला ....                                                      हुला रेइ हुला ...
दामा धाइखेरे धाइधाइ पा                                            बाटो फडानी गर्छन् सिनिक्क
माखाङसुरे आमाइगेलाई भाङभाङ पा                          नहेर आमाहरू एकोहोरो गरी
सिकाउति लेउमुन्चि ताइराम ओम्लि                               सिकाउती लेउमुन्ची तरकारी झिंगेमाछा तारिदेऊ
ना आबा घोल्टोङ ताउबोम्पि                                          तिम्रो बुबा घोल्टोङ खुल्केको ...                                     

बूढापाका गीत/बिहेमा गाइने गीत

किंवदन्ती पनि लोकसाहित्यको एक विधामा पर्छ । धिमाल समुदायमा पनि केही किंवदन्ती प्रचलनमा रहेका पाइन्छन् । प्राचीन प्रथा तथा कुरामा आधारित धिमाल किंवदन्ती बिस्तारै लोपोन्मुख अवस्थामा छन् । बूढापाका वा जीवन्त सम्पदासँग बेलामा यस्ता किंवदन्ती संकलन गरी उजागर गर्न नसकेमा धिमाल भाषा तथा संस्कृतिका ती सम्पदा हराउने अवस्थामा छन् । 

(धिमाल भाषामा)                                                (नेपाली भाषामा)
केटी पक्षबाट सोध्दा:                                                  केटी पक्षबाट सोध्दा:

इ जारी सोना काङ्को एङ जारी सोना...                            इ जारी सोना मेरो हौ जारी सोना...
हिदि किसिमसो लोसुना रेइ, हिदि किसिमसो...                 कुन किसिमले आउनु भयो नि, कुन किसिमले...
इदिकि दोपिन्हा ज्याको रेइ, इदोङ कि                             यो पो भनिदिनु हुन्छ कि भनिदिनु हुन्छ
जारी सोना काङ्कोगेलाइ...                                              जारी सोना हाम्राहरू...

केटा पक्षबाट:                                                       केटा पक्षबाट :
इ जारि सोना काङको ससुराजा हेसो ना ससुराजा         इ जारी सोना मेरो ससुरा राजा कहाँ तपाईं ससुरा राजा
द्यालोङ आबाको द्यालोङ चानदोङ रेइ                        चार बुबाको चार छोराहरू नि
चुम्तेङसाङ लोघा रेइ निङ घरबारिता                           बोकेर आयौं नि तपाईंको घरबारमा
जारि सोना काङको ससुराजा..                                 जारी सोना मेरो ससुरा राजा...

केटी पक्ष :                                                                 केटी पक्ष:

इ जारी सोना काङको ज्वाइ चेला                                 इ जारी सोना मेरो ज्वाइँचेला
इदिकि बुझिलि मादोघ्या रेइ, इदोङकि                            यो बुझ्न सकिन नि यही नै
हाइदोलि ज्वाइ–चेलाको जारी सोना                                केही पनि ज्वाइँचेलाको जारी सोना
हिसापा बुझाइप्यावा रेइ जारी सोना ज्वाइँ–चेला                 कसरी बुझाउनु होला नि जारी सोना ज्वाइँ–चेला
इ माको माको रेइ मादो मादो रेइ                                    नभन्नु नभन्नु नि नभन्नु नभन्नु नि
इ हाइ धुइन्या को रेइ हाइ धुइन्या रेइ                               के भन्नु भयो नि के भन्नु भयो नि
इदिकि बुझिलि मादोघ्या रेइ...                                     योचाहीँ बुझ्न सकिन नि...

केटा पक्षः                                                              केटा पक्ष:

इ सोना काङको हाइ बे इ सोना काङको ससुराजा               इ सोना मेरा के नि इ सोना मेरो ससुरा राजा
दस औँला जोरिचाखा रेइ ससुराजा                                    दस औँला जोड्दैछु ससुरा राजा
हाइ लेनाङ धुइप्याङका रेइ ससुराजा                                 के हाँसु बोली दिऊ नि ससुरा राजा
इदिकि धुइख्या रेइ ससुरा राजा                                         यो पो बोल्दैछु नि ससुरा राजा
(हाइ विस्नुु...)                                                                (हे विष्णु...)

उखान टुक्का र गाउँखाने कथा

उखान–टुक्का : उखान टुक्काले भाषालाई सम्पन्न बनाउँछन् । नेपाली बृहत् शब्दकोश (२०६९ वि.सं.) का अनुसार उखान भन्नाले लोकजीवनमा प्रचलित अनुभवपूर्ण चुटकिला उक्ति, लोकोक्ति भन्ने बुझिन्छ । टुक्का भन्नाले कुनै कविता वा गीतको सानो अंश वा अभिव्यञ्जनपूर्ण टुक्के वाक्य भन्ने बुझिन्छ ।

धिमाल समुदायमा रहेका केही उखानलाई नियाल्दाः माआम्नु जुहाँ, आम्नु खुहाँ ‘नखाए मुसा, खाए बाघ’, पोर्‍हेतेङ लेखेतेङ हाइ काम, हाले चोइहोइ चाहोइ उम ‘पढेलेखेर के काम, हलो जोत्यो खायो माम’, बेला आन्सार आगाइकालाई मान्हुखे ‘समय अनुसार हिँड्नेहरू पछि पर्दैनन्’, ताइ पुरिङको सिरा मातिङखे, बोमिको पुरिङको सिरा तिङखे ‘आफ्नो टाउकाको जुम्रा नदेख्नु, अर्काको टाउकाको जुम्रा देख्नु’, जाइ काम गिखे, वा पाखे, चाखे ‘जसले काम जान्छ, उसैले गरी खान्छ’, रेम्का द्याङहेङ झाराङ बाखानाइखे ‘राम्रो मान्छेको सबैले गुणगान गर्छन्’ आदि । 

टुक्काका केही धिमाल उदाहरणः चिम्थाइलाउ माचिम्थाइन्हाका ‘अति लोभी’, माकाइ बिल्हालि ‘मर्नु’, खाति पोअ्लि ‘सम्बन्ध विच्छेद हुनु’, चाङ च्वाङ स्याङ ‘खाएर मर्ने’, देराको बेराङ सा ढाः ‘गाउँको बूढी घरपरिवार समाल’, देराको राजा माझिवाराङ ‘गाउँको राजा माझीवाराङ’, ताइ भासा ताइ गाहाना ‘आफ्नो भाषा आफ्नो  गहना’, धर्म संस्कृति बान्चेपाका धामि ‘धर्म र संस्कृति बचाउने धामी’, धाअ्का द्याङ लोङखे ‘कुद्ने मान्छे लड्छ’, बेसापालि हाराइचा ‘किनमेल गर्न हरैचा बजार’, चा माचा लेउमुन्चि, कोसा बिहा, सिकाउति ‘खाए नखाए नि लेउको तरकारी, गोहोरोको मासु, सिकाउतीको तरकारी’ आदि । 

गाउँखाने कथा 

धिमाल समुदायमा गाउँखाने कथालाई धिमाल भाषामा ‘नालचापाका काथा’ भनिन्छ । धिमाल समुदायमा विशेष गरी संस्कार संस्कृति, फलफूल, गाजाबाजा, पशुपंक्षी, गतिविधि जस्ता कुरा जनाउने गाउँखाने कथा पाइन्छन् । केही उदाहरणहरुः

१. तोङतेङ तोङतेङ बान्धा साःका, या हाइति ?           –धाबा जोका टेलरको मेसिन, रोकिनु बान्धा साःखे
अर्थात्, उफ्रि–उफ्रि बाँध बाँध्ने, यो के हो ?                    – लुगा सिउने कल
२. हाराबुङ मान्थुका साउबुङ मान्थुका हाइति ?             –मास्याउरा
अर्थात्, हाड पनि छैन, बोसो पनि छैन, यो के हो ?          – मस्याउरा
३. ह्रिमा ल्होतेङसाङ केल्सि देका हाइति ?                   –फेसारहोइ फेका
अर्थात्, बिहान उठ्नासाथ सुली चाट्ने के हो ?               –कुचोले बढारेको
४.दुनिया सान्सार लावा राइका हाइति ?                       – आकासको फुरु
अर्थात्, दुनिया संसारमा भुजा छरेको के हो ?                – आकाशका तारा
५. दामा दामा माउर्‍या बेजान काउरि राइखे, हाइति ?      – मेसाको लिसी
अर्थात्, बाटो बाटोमा टुहुरी केटीले कौडी छोड्छे, के हो ?   – बाख्राले बडकुलो झारेको   आदि । 

लोकोक्ति 

धिमाल समुदायमा लोकोक्तिको प्रचलन रहेको पाइन्छ । यसमा लोककथन, लोकोक्ति, लोकमन्त्र, लोकगाथा आदिलाई राख्न सकिन्छ । लोकोक्तिलाई पनि लोकसाहित्यको एउटा विधाको रूपमा लिन सकिन्छ । उदाहरणको लागिः  उदा तोङ्नु तोङ चिका मातोङ्सु जामालाई ‘हौसियर अत्ति नै नमातिनु नानीहरू’, चेर चा ताइमि बुद्धि चा बोमि ‘रिस खा आफू बुद्धि खा अरु’, नाफ्लेङ फेअ्कालाई ताइमिङ हुल्खे ‘देखाउनेहरू आफै लड्छन्’, जुःराका दाअ्ता झाराङ माइसाखे ‘शीतल छहारीमा सबै बिसाउँछन्’, ओह्याँ धोल्कालाइ लोङखे ‘घोडा चढ्ने मान्छे लड्छ’, हेथे जामाल जेङलाउ बुङ न्हुसो ते ओदोङ वाराङबेराङ ‘जति केटाकेटीहरू भए नि पछि त उही बूढाबूढी नै’, तुइह्रामको साउ ओल्हेपाका ‘अति लोभी’, सिङका पासिमता पुः पुः सोइपुका ‘मरी जाओस् भनी श्राप दिएको’, आदि । 

किंवदन्ती

किंवदन्ती पनि लोकसाहित्यको एक विधामा पर्छ । धिमाल समुदायमा पनि केही किंवदन्ती प्रचलनमा रहेका पाइन्छन् । प्राचीन प्रथा तथा कुरामा आधारित धिमाल किंवदन्ती बिस्तारै लोपोन्मुख अवस्थामा छन् । बूढापाका वा जीवन्त सम्पदासँग बेलामा यस्ता किंवदन्ती संकलन गरी उजागर गर्न नसकेमा धिमाल भाषा तथा संस्कृतिका ती सम्पदा हराउने अवस्थामा छन् । 

कविता

कविता पनि लोकसाहित्यको एउटा विधामा पर्छ । पहिला धिमाल भाषामा कविता नभए तापनि साँस्कृतिक गीत भने प्रशस्तै पाइन्थ्यो । तर, अहिले मायापिरती, सुख–दुःख, हर्ष–विस्मात, स्थान विशेषलाई बखान गर्ने जस्ता कविता धिमाल भाषामा लेखिन थालेको पाइन्छ । विशेषगरी युवायुवती मनका भावना कवितामार्फत अभिव्यक्त गर्न बढी रुचि राख्छन् । बूढापाका साँस्कृतिक गीतमा बढी केन्द्रित भेटिन्छन् । 

 लोकनाटक

लोकनाटक एउटा प्रदर्शनकारी कलाभित्र पर्छ । यो पनि लोकसाहित्यको एउटा महत्वपूर्ण विधाको रूपमा पाइन्छ । धिमाल समुदायमा पहिला–पहिला बूढापाकाले नाटक खेल्ने प्रचलन रहेको कुरा स्थलगत सर्वेक्षणमा पाइयो । तर, आजभोलि यो चलन लोपोन्मुख अवस्थामा पुगेको पाइयो । पहिला रामायण, राम कहानीलाई लोकनाटकमा अभिनय गर्ने र राजवंशी भाषामा सञ्चार गर्ने गरेका कुरा कारीकोसी धिमाल गाउँका बीरबहादुर तेघ्रे बताउनुहुन्छ । तर, हालका युवाजमातमा लोकनाटकप्रति रुचि घट्दै स्थलगत अध्ययनमा पाइयो । 

निबन्ध 

निबन्ध तथा प्रबन्धले पनि लोकसाहित्यको प्रतिनिधित्व गरिराखेको हुन्छ । धिमालको विषयमा केही निबन्ध लेखिएको पाइन्छ । तर, धिमाल समुदायका व्यक्तिले नगण्य रूपमा मात्र कलम चलाएको पाइन्छ । हालका शिक्षित युवायुवतीमाझ भाषा संस्कार संस्कृतिको जगेर्ना गर्नुपर्छ भन्ने भावनाको विकास भएको पाइन्छ । युवायुवतीले केही भए पनि निबन्धको क्षेत्रमा कलम चलाउन थालेको पाइन्छ भनी सार्वजनिक माविका शिक्षक मानबहादुर धिमाल बताउनुहुन्छ । 

संस्मरण, जीवनी तथा अन्तर्वार्ता 

धिमाल सोझा तथा सरल स्वभावका जाति भएका कारण उनीहरूको जीवनी तथा संस्मरण पनि सरल प्रकारको पाइन्छन् । जीवनी, संस्मरण तथा अन्तर्वार्ताले विभिन्न अवस्थामा भोगेका, अनुभव गरेका कुराको प्रतिनिधित्व गर्ने भएकाले लोकसाहित्यमा यिनीहरूले ठूलो भूमिका खेलेको हुन्छ । हाम्रो कारीकोसी धिमाल गाउँमा बसेर लोकवार्ता स्थलगत अध्ययनको क्रममा कर्णबहादुर धिमाल, कम्पनीवाराङ (नौलुराम धिमाल), रामु धिमाल, पम्फा धिमाल, सुशीला धिमाल, लोलबहादुर धिमाल, कोठाइबेराङ, मीना धिमालसँग लिएको जीवनी तथा संस्मरण ज्यादै रोचक छन् । त्यस्तै यस अनुसन्धाताले अठियाबारीको सर्वेलाल धिमाल, आम्बारीको चौकीलाल धिमालको समेत जीवनी तथा संस्मरण अन्तर्वार्ता अध्ययन गरेको छ । 

क्रमशः
 

यो पनि

लोकसाहित्यमा धिमाल जाति


लेखक डा. सोमबहादुर धिमाल गोरखापत्र दैनिक पत्रिका धिमाल भाषा पृष्ठ संयोजक हुनुहुन्छ