केयुको भिसीमा प्राध्यापक डा‍. भोला थापा नियुक्त

केयुको भिसीमा प्राध्यापक डा‍. भोला थापा नियुक्त

लोकसंवाद संवाददाता  |  शिक्षा  |  माघ ७, २०७७

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा‍. भोला थापालाई नियुक्त गर्नु भएको  छ ।

विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले थापालाई उपकुलपति पदमा नियुक्त गरेकाे जानकारी दिइएको छ । 


शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा गठित सिफारिस समितिले हालका उपकुलपति रामकण्ठ माकाजू, पूर्वरजिस्ट्रार भोला थापा र र प्राध्यापक बालचन्द्र लुइँटेल सहित ३ जनाको नाम उपकुलपतिका लागि सिफारिस गरिएको थियो ।  पूर्वरजिस्ट्रार थापाले  माकाजूको कार्यशैलीमा असन्तुष्टि जनाउँदै २०७५ मा पदबाट राजीनामा दिएका  व्याक्त्ति हुनुहुन्छ । 

डा‍. भोला थापा युवा इन्जिनियरिङ  स्कुल अफ इन्जिनियरिङका प्राध्यापक हुन् । उनी यसअघि पनि उपकुलपतिका लागि सिफारिसमा परेका थिए ।

केयूको उपकुलपति बन्न ४४ आकांक्षीले सिफारिस समितिलाई आफ्नो व्यक्तिगत विवरण बुझाएका थिए । सिफारिस समितिले व्यक्तिगत विवरण बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो । केयूमा उपकुलपति नियुक्ति गर्न सार्वजनिक सूचना जारी गरिएको यो पहिलोपटक थियो ।

समितिमा संस्थापक उपकुलपति सुरेशराज शर्मा र विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष दमननाथ ढुंगाना सदस्य  रहनु भएकाे  थियाे ।