राहुल गान्धी राफेलमा फसे, सुप्रिम कोर्टले नोटिस दियो

राहुल गान्धी राफेलमा फसे, सुप्रिम कोर्टले नोटिस दियो

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २, २०७६

भारतको सुप्रिम कोर्टले राफेल प्रकरणबारे कोर्टको फैसलालाई गलत तरिकाले पेश गरेको भनी कांग्रेस अध्यक्ष राहुल गान्धीलाई नोटिस जारी गरी एक साता भित्र सफाई पेश गर्ने आदेश दिएको छ । 
नयाँ दिल्ली: एजेन्सी । राफेल विमान खरिद प्रकरणलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि चोरको आरोप लगाउँदै आएका कांग्रेस अध्यक्ष राहुल गान्धीलाई भारतको सुप्रिम कोर्टले नोटिस जारी गरेको छ । 
सुप्रिम कोर्टले राहुल गान्धीलाई उनका विरुद्ध भाजपा सांसद मीनाक्षी लेखीले दायर गरेको अवमानना याचिकाबारे आज सोमबार नोटिस जारी गरेको हो । 

राहुल गान्धीले एक साता भित्र आफ्नो स्पष्टीकरण पेश गर्नुपर्ने हुन्छ । यस मुद्दाको अर्को सुनुवाई २३ अप्रिलमा हुनेछ । 

हालै राहुल गान्धीले राफेल प्रकरणमा कोर्टले गरेको फैसलालाई गलत बयानी गरेको भनी स्पष्टीकरण माग गरेको छ । कोर्टले भनेको छ,  ‘हामी यो स्पष्ट गर्छौं, राहुल गान्धीले यस अदालतको नाम लिएर राफेल प्रकरणमा मिडिया र जनतासँग जे बयानबाजी गरेका छन्, त्यो गलत हो, गलत ढंगले पेश गरिएको हो । हामी यो स्पष्ट गर्छौं कि राफेल प्रकरणमा दस्तावेजलाई स्वीकार गर्नका लागि तिनको वैधतामाथि सुनुवाई गर्ने क्रममा राहुल गान्धीले भनेजस्तै टिप्पणी गर्ने कुनै अवसर आएको छैन् ।’  

मीनाक्षी लेखीको तर्फबाट वरिष्ठ अधिवक्ता मुकुल रोहतगीले सुप्रिम कोर्टमा अवमानना याचिका दर्ता गराएका हुन् । 

राहुल गान्धीले चुनाव प्रचारका क्रममा, ‘अब त कोर्टले पनि चौकीदारलाई चोर भन्यो’ भनी टिप्पणी गरेका थिए । 
वा प्रीति फन्टमा भएका अक्षरहरु यहाँ पेस्ट गर्नुहोस् ।