सुनको मूल्य तोलामा ५०० ले वृद्धि

सुनको मूल्य तोलामा ५०० ले वृद्धि

लोकसंवाद संवाददाता  |  कारोबार  |  माघ ८, २०७७

काठमाडौँ । स्थानीय बजारमा पहेंलो धातुको मूल्य आज प्रतितोला ५०० ले उकालो लागेको छ ।  प्रतितोला  ९२ हजारमा मङ्गलबार कारोवार भएको छापावाला सुन आज तोलामा ५०० ले उकालो लागेर  ९२ हजार ५०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार तोलामा  ९१ हजार ५०० मा कारोवार भएको तेजाबी सुन आज ९२ हजार मूल्य निर्धारण भएको छ । यस्तै चाँदी तोलामा नै  १५ ले वृद्धि भएको छ । चाँदी तोलामा  एक हजार २४५ मा मङ्गलबार कारोवार भएको थियो । चाँदी तोलामा आज  एक हजार २६० मूल्य निर्धारण हुने भएको छ ।