लगातार बढीरहेको सुनको मूल्य फेरी पनि उकालो लाग्यो

लगातार बढीरहेको सुनको मूल्य फेरी पनि उकालो लाग्यो

लोकसंवाद संवाददाता  |  कारोबार  |  माघ ८, २०७७

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज पनि वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आजका लागि तोकेको मूल्यअनुसार छापावाल सुन तोलामा नै  ६०० ले उकालो लागेको छ । 

 प्रतितोला ९२ हजार ५०० मा बुधबार कारोवार भएको छापावाल सुन आज भने  ९३ हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । 

यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ६०० मा कारोवार भएको छ । तेजाबी सुन बुधबार तोलामा ९२ हजारमा कारोवार भएको थियो । यस्तै चाँदी तोलामा  १५ ले बढेको छ ।  एक हजार २६० मा बुधबार कारोवार भएको चाँदी आज भने  एक हजार २७५ मूल्य निर्धारण भएको छ ।