'गुडाकेश' र आत्मा' : सर्वभूतहरूको आशय अथवा अधिपतिको नाम

'गुडाकेश'  र  आत्मा' :  सर्वभूतहरूको आशय अथवा अधिपतिको नाम

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  माघ १०, २०७७

   बक्तुमर्हस्यशेषेण दिव्याह्यात्मविभूतयः ।
    याभि र्विभूतिभिर्लोकानिमांस्त्वं व्याप्य तिष्ठसि ।। १६ ।।

अन्वय र अर्थ – त्वं = तपाई, इमान् = यी, लोकान् = लोकहरूलाई, यामिः = जुन, विभूतिभिः = विभूतिहरूद्वारा, व्याप्य = व्याप्त गरेर, तिष्ठसि = रहनुहुन्छ, (ताः = ती), दिव्याः = अद्भुत, आत्मबिभूतयः = आत्मबिभूतिहरू, हि = निश्चय नै, अशेषेण = विस्तारले, वक्तुं = भन्नलाई, अर्हसि = समर्थ हुनुहुन्छ ।

भावार्थ – तपाई यी दृश्यमान सम्पूर्ण लोकहरूलाई जुन विभूतिहरूद्वारा भित्र बाहिर घेरेर रहनु भएको छ, ती दिव्य आत्मविभूतिहरू बारे अशेषरूपले मलाई बताउनुहोस् ।

विशिष्टार्थ – त्यो जुन माथिको कैवल्य भाव, त्यो जुन सर्वभूतात्मभूतात्मा विश्व व्यापक भाव हो, तल ओर्लेर त्यसलाई भन्न सकिन्न, त्यस्तै त्यो अहं  'म'  भावको विभोरताको नशा पनि टुट्दैन । यस्तो अवस्थामा असीममा ससीमतालाई मिलाउन भूल गरेर (पूर्वजात संस्कारको बलले) आफैं कसरी (अनजान भावले) अहं 'म' मा त्वं (तिमी) बन्छ, जसमा साधकले बाध्य भएर भन्नु पर्छ – त्यो जुन तपाईको आकाश व्यापी बिभूति हो, जुन विभूतिले तपाई यस जगत्को सम्पूर्ण कुरामा  'त्वं' रूपले व्याप्य भैरहनु भएको छ, त्यो सम्पूर्ण मलाई अशेषरूपले बताउनुहोस्, केही पनि वांकी नराख्नुहोस् । अर्थात् प्रत्येक वस्तुको प्रत्येक अवस्थालाई  साधक आफ्नो  भित्रको अवस्थासँग मिलाएर संशयच्छेद गर्नका लागि प्रस्तुत हुन्छ ।

    कथं विद्यामहं योगिंस्त्वां सदा परिचिन्तमन् ।
    केषु केषु च भावेषु चिन्त्योऽसि भगवान् मया ।। १७ ।।

अन्वय र अर्थ – योगिन् = हे योगिन् ! सदा = निरन्तर, कथं = कुन कुन विभूति भेदद्वारा, परिचिन्तयन् = चिन्तन गर्दै, (अहं = म), त्वां = तपाईलाई, विद्यां = जानूँ ? भगवन् = हे भगवन् ! त्वं = तपाई, केषु केषु = कुन कुन, भावेषु च = भावहरूमा अर्थात् वस्तुहरूमा, मया = मद्वारा, चिन्त्यः = चिन्तनीय, असि = योग्य हुनुहुन्छ ?

भावार्थ – हे योगिन् ! सर्वदा म कुन प्रकारको भावले चिन्तन गरेर तपाईँलाई जान्न सक्छु ? हे भगवन् ! कुन कुन भावमा अर्थात्  वस्तुहरूमा  तपाई मद्वारा चिन्तन गरिन योग्य हुनुहुन्छ ?

त्यो जुन आत्मा, त्यो जुन शुद्ध, त्यो जुन स्वयं ज्योति, त्यो जुन अविकारी, त्यो जुन निराकृति योगावस्था हो, हे जन्म मरणका निवारक ! आफ्नो त्यो ऐश्वर्य र विभूतिलाई अशेष प्रकारले मलाई फेरि बताउनुहोस्, फेरि संझाउनुहोस् । त्यस अवस्थाको भोग गरेर मलाई तृप्ति हुँदै हुँदैन ।

विशिष्टार्थ – कुन प्रकारले निरन्तर चिन्तन गरेर म तपाईको त्यो योगीभावलाई जान्न सकूँला ? साधनामा देखिने गर्छ कि जबसम्म चित्त धर्म रहन्छ तबसम्म योगीभाव आउँदैन । भाव शब्दको अर्थमा पनि त त्यो भोगी अवस्थाले नै प्रकाश पाउँछ । परन्तु हे भगवन् ! के गरेर, कुन प्रकारले भावसंग मैले चिन्तालाई मिलाउँला ? भावसंग चिन्ता त पुग्नै सक्दैन ! तब तपाई कुन कुन भावमा मेरो चिन्ताको विषय हुनुहोला ?

    विस्तरेणात्मनो योगं विभूतिञ्च जनार्दन ।
    भूयः कथय तृप्तिर्हि शृण्वतो नास्ति मेऽमृतम् ।। १८ ।।

अन्वय र अर्थ – जनार्दन = हे जनार्दन ! भूयः = फेरि, आत्मनः = आफ्नो , योगं = योगैश्वर्यरूप विशेष शक्ति र, विभूतिं च = विभूति (चिन्तन गर्न योग्य पदार्थ) को वारेमा पनि, विस्तरेण = विस्तार पूर्वक, कथय = बताउनुहोस्, हि = किन कि, अमृतं = तपाईका मुखबाट निःसृत वाक्यरूप अमृत, शृण्वतः = सुनेर, मे = मलाई, तृप्तिः = तृप्तिलाभ, न अस्ति = हुँदैन ।

भावार्थ – हे जनार्दन ! फेरि तपाई आप्mनो योगैश्वर्य र बिभूतिका बारेमा विस्तिार रूपले मलाई बताउनुहोस्, किन कि तपाईँको मुखबाट निःसृत अमृतमय वाक्य श्रवण गरेर म तृप्तिलाभ गर्न सक्दिन ।

विशिष्टार्थ – त्यो जुन आत्मा, त्यो जुन शुद्ध, त्यो जुन स्वयं ज्योति, त्यो जुन अविकारी, त्यो जुन निराकृति योगावस्था हो, हे जन्म मरणका निवारक ! आफ्नो त्यो ऐश्वर्य र विभूतिलाई अशेष प्रकारले मलाई फेरि बताउनुहोस्, फेरि संझाउनुहोस् । त्यस अवस्थाको भोग गरेर मलाई तृप्ति हुँदै हुँदैन ।

श्रीभगवानुवाच –

    हन्त ते कथयिष्यामि दिव्या ह्यात्मविभूतयः ।
    प्राधान्यतः कुरुश्रेष्ठ नास्त्यन्तो विस्तरस्य मे ।। १९ ।।

अन्वय र अर्थ – श्रीभगवानुवाच = श्रीभगवान्ले भन्नुभयो । हन्त = ठीक छ, कुरुश्रेष्ठ = हे कुरुश्रेष्ठ ! ते (तुम्यं) = तिमीलाई, दिव्याः = देवलोकमा हुन,े आत्मविभूतयः = आप्mना विभूतिहरूलाई, प्राधान्यतः = मुख्य मुख्य रूपले, कथयिष्यामि = बताउनेछु, हि = किन कि, विस्तरस्य = विभूति विस्तारको, मे = मेरा विभूतिहरूको, अन्तः न अस्ति = अन्त छैन ।

भवार्थ – श्रीभगवानले अनुकम्पा प्रदर्शन गर्दै भन्नुभयो – हे कुरुश्रेष्ठ ! म आफ्ना  प्रधान प्रधान दिव्य विभूतिहरू तिमीलाई बताउँछु । किन कि मेरा विभूति विस्तारको अन्त छैन ।

विशिष्टार्थ – पुनः निजबोध ज्ञानले पूर्व कथित प्रश्नको मीमांसा हुन्छ, अर्थात् साधक आफै आफ्ना  प्रश्नको उत्तर गर्दछन्, (दिन्छन्) ।

'कुरुश्रेष्ठ'– कुरु शब्दको अर्थ कुनै काम गर्नका लागिभन्नु हो  । यसको तात्पर्य हो काम  एकले गर्छ  फल अर्कोले  भोग्छ, यहाँ पनि त्यही कुरा छ । काम गर्छ आत्माले, बन्धनमा पर्छ, 'म (जीव), किन कि म कुरुक्षेत्रमा छु । मणिपुरदेखि मूलाधार पर्यन्त साधन मार्गको कुरुक्षेत्रांश हो । (अ. ३ को १४।१५ श्लोकको विशिष्टार्थ हेर्नुहोस्) जुन साधकको मणिपुरदेखि मूलाधार पर्यन्त काम, क्रोध र लोभलाई लिएर खेल चलिरहन्छ त्यही  'कुरु' शब्द वाच्य हो, यस भित्र र आज्ञाचक्र भन्दा माथि पनि जसलाई अधिकार मिलेको छ अर्थात् जसले काम, क्रोध, लोभ, मोह, मद, मत्सरतालाई छोड्न पनि सक्दैन तर पनि आत्माचार (आत्म लक्ष्य) मा दर्शन, श्रवण, मनन, निदिध्यासन लिइरहेको पनि छ, त्यही श्रेष्ठ हो । त्यसैले यस्तो अवस्थापन्नलाई कुरुश्रेष्ठ भनिएको हो ।

त्यो जुन मेरो दिव्य आत्म ऐश्वर्य अर्थात् जलमा अनन्त तरंग, फेन, बुदबुद जस्तै विश्व जगत्मा आत्म विकास भएको छ, त्यसको अन्त छैन,किन कि म अनन्त हुँ, ममा जसको बोधन हुन्छ त्यो पनि अनन्त विस्तार हो । तिनीहरू भित्र जो ठूला ठूला छन् तिनीहरू मध्येबाट केही अब म तिमीलाई भन्दछु ।

    अहमात्मा गुडाकेश सर्वभूतांशयस्थितः ।
    अहमादिश्च मध्यञ्च भूतानामन्त एव च ।। २० ।।

अन्वय र अर्थ – गुडाकेश = हे गुडाकेश ! अहं = म, सर्वभूताशयस्थितः = सम्पूर्ण भूतहरुको अन्तःकरणमा स्थित, आत्मा = आत्मा हुँ, अहं = म, भूतानां = समस्त भूत समुदायको, आदिः च = आदि (सृष्टिकर्ता),  मध्यं च = पालनकर्ता पनि, अन्तः एव च = संहारकर्ता पनि ।

भावार्थ – हे गुडाकेश ! म सम्पूर्ण  भूतहरूकोअन्तरस्थित आत्मा हुँ । म नै भूत समुदायको आदि (सृष्टिकर्ता), मध्य (पालनकर्ता) र अन्त (संहर्ता) पनि हुँ ।

विशिष्टार्थ –  'गुडाकेश'– गुडाका = निद्रा, ईश = नियन्ता, निद्राजयी । निद्राले जुन साधकलाई  आक्रमण  गर्न सक्दैन, जुन साधक सदाकाल जागरुक रहन्छ त्यो नै गुडाकेश हो । 'अहं' = म,  'आत्मा' = सर्व भूतको अधिपति, अर्थात् अहङ्कारबाट तन्मात्रा, तन्मात्राबाट आकाशादि उत्पन्न भएका हुन्, त्यसकारण सर्वभूतहरूको आशय अथवा अधिपतिको नाम  'आत्मा' हो । आशय भनेको स्थान हो, जहाँ जो रहन्छ उसको आशय त्यही हो । जस्तै– जलको आशय समुद्र हो, त्यस्तै भूतको आशय  'म' हुँ । मबाट नै भूतहरूको उत्पत्ति भएको हो, पुनः ममा नै भूतहरूको अन्त हुन्छ । पुनः यस उत्पत्ति र अन्तको वीचमा जो स्थित छ त्यो पनि ममा छ । यस कारण यस जगत्को उत्पत्ति–स्थिति – प्रलय मेरो  'म' बाट 'म' मा नै हुन्छ ।

    आदित्यानामहं विष्णु ज्र्थोतिषां रविरंशुमान् ।
    मरीचिर्मरुतामस्मि नक्षत्राणा महं शशी ।। २१ ।। क्रमशः
 

यो पनि 

वायु जब समतामा प्राप्त हुन्छ सोही अवस्थाको नाम निर्वाण हो

देवताको भजन र शरीर त्याग : सांस्कारिक अन्त करणमा संस्कारसहितको प्रभाव

प्रभृति प्राणीहरूमा नानाविधि भाव 'म' बाट उत्पन्न हुने प्रभावहरु

बुध ग्रह र सूर्यको समीपको सम्बन्ध र महाप्रकाशको प्रत्यक्ष अवगत

जब मैले भोग गरेर ओर्लेँ, तबमाथि जे जे भनिएका छन् ती सबै सत्य मानेँ !