सुन तोलामा ४०० ले बढ्यो

सुन तोलामा ४०० ले बढ्यो

लोकसंवाद संवाददाता  |  कारोबार  |  माघ १३, २०७७

काठमाडौँ । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ । छापावाला सुन तोलामा  ४०० ले वृद्धि भई  ९२ हजार ८०० पुगेको छ । छापावाल सुन सोमबार तोलामा  ९२ हजार ४०० मा कारोवार भएको थियो । 

यस्तै तेजाबी सुन तोलामा  ४०० ले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  तोलामा  ९१ हजार ९०० मा सोमबार कारोवार भएको तेजाबी सुन आज भने तोलामा  ९२ हजार ३०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । 

चाँदीको मूल्य भने तोलामा रु पाँचले घटेको छ । तोलामा एक हजार २६० मा सोमबार कारोवार भएको चाँदी आज भने  एक हजार २५५ मूल्य निर्धारण भएको छ ।