जटहीबाट सात वर्षीया बालिकाको  उद्धार

जटहीबाट सात वर्षीया बालिकाको  उद्धार

लोकसंवाद संवाददाता  |  अपराध  |  माघ १३, २०७७

धनुषा । ललाइफकाई  भारततर्फ लगिरहेका अवस्थामा  सात वर्षीया बालिकालाई धनुषाको सीमावर्ती जटही नाकाबाट उद्धार गरिएको छ ।  सय बिघा बस्ने सात वर्षीया काजल दासलाई ललाइफकाई  भारततर्फ लगिरहेका अवस्थामा  सशस्त्र प्रहरीले उद्धार गरेको हो । 

सशस्त्र प्रहरी बल जटहीका अनुसार बालिकालाई बेच्न लगिरहेका दुई  दलाललाई पनि पक्राउ गरिएको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१४ का मनोज महतो र भारत मधुबनी जिल्लाका चन्दनराम छन् ।