पहुँचवालाको लुछाचुँडी : सङ्घीय तह तथा निकायमा हुने भागबन्डा र दलालतन्त्रले निम्त्याएको सङ्कट !

पहुँचवालाको लुछाचुँडी : सङ्घीय तह तथा निकायमा हुने भागबन्डा र दलालतन्त्रले निम्त्याएको सङ्कट !

योगी कुलचन्द्र  |  दृष्टिकोण  |  माघ १४, २०७७

 नेपालमा २००७ सालमा आएको प्रजातन्त्र, २०४६ सालमा आएको संबैधानिक राजतन्त्रात्मक बहुदलीय व्यवस्था हुँदै २०६२/६३ को जनआन्दोलनले ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र अहिले सङ्कटमा परेको छ ।

यसरी सङ्कटमा पर्नुमा विदेशीहरूको देखासिकी र विदेशीहरूको रवैयाको पछि लागेर थरी थरीका ‘विकासे मोडल’ तथा अनुसन्धानहरू जिम्मेवार छन् । विभिन्न खोज र अनुसन्धानको नाममा नेपाललाई प्रयोगशालाको रुपमा अन्तर्राष्ट्रिय क्षेत्रले उपयोग गरिरहे‍, हामी उपयोग भई रह्यौँ  । 

केवल हामी भुलिरहयौैं, बिर्सिएर रहायौ, आफ्ना परम्परागत शैली, संस्कृति र मौलिकताको प्राकृतिक स्वदेशी पहिचानलाई ।  फलतः २००७ पछि विभिन्न थरीका वाद, तन्त्रको प्रयोगको घनचक्करमा फस्यौ‌ ।  देश र जनतामाथि थरी थरीका नीति र सिद्धान्तहरू विकास र जनताको जीवनस्तर बृद्धिका नाममा लागु भइरहो ।  

गीतामा भनिएको छ कि समाजका गन्यमान्य ठुलाले जे गर्दछन् अन्य सर्वसाधारणलेपनि त्यही सिको गर्ने गर्दछन् । ठुला-बडाहरु नीति नियम बनाउँछन आफूभन्दा तल कालागि । तर तीनै ठुलालाई त्यो नियम, विधान मान्नै पर्ने भन्ने छैन ।  राजनीतिक, सामाजिक, मनोविज्ञान तथा व्यवहार नेपाली समाजमा त्यस्तै रहेको पाइन्छ । नियम, नीति योजना र सपनाहरू जनतालाई बाँड्दै जाने, समय कटाउँदै जाने र कार्यान्वयनमा आउन भने बर्षैा लाग्ने गरेका अनेकौँ उदाहारण पाउँदछौँ ।

जल्दो बल्दो उदाहरणको रुपमा मेलम्ची खानेपानी लाई लिन सकिन्छ २७ वर्ष भई सक्यौ अझै आउने  निश्चितता छैन । कार्यान्वयनमा ल्याउने समय सम्ममा अर्को सरकार बन्ने र पुनः आउने सरकारले त्यसको प्रक्रिया निर्णय भन्दा बेग्लै कार्यक्रम ल्याई प्राथमिकतामा नपार्ने वा पूर्वाग्रही ढंगबाट योजनाका नीति निर्मााण कार्यान्वयन मार्फत गतिरोध उत्पन्न हुने गरेको छ । 

बेलैमा सचेत, सतर्क र सजग बन्दै उपलब्धिहरूलाई सुरक्षित र संरक्षणमा लाग्नु  जरुरी छ । नयाँ युवाहरूलाई जानेको बुझेको अनुभव सहित हस्तान्तरण गर्नु जरुरी छ ।  सबै जात भाषाभाषीहरूको धर्म संस्कृतिको सम्मान गर्दै आफू पनि बाच्दै  अरुलाईपनि बचाउँदै  भावी पुस्तालाई नेपाली संस्कार, संस्कृति,  भाषा, इतिहास सिकाउन ढिला भइसकेको छ

विगत ७० वर्ष देखिको प्रजातन्त्रमा तीन वर्ष भन्दा बढी कुनै सरकार टिक्न सकेनन् । भनौँ जतिसुकै जनताले भोट दिउन । दुई तिहाइ बहुमत दिए पनि स्थिर सरकार नेपालमा बन्न नसक्नु देशको दुर्भाग्य या विधिको विडम्बनाका रुपमा प्रमाणित भइसकेको छ । 

संविधान बन्नैलागि पनि दुई पटक संविधान सभाको चुनाव गनूँ पर्‍यो भने पहिलो संविधान सभाले त कामै गर्न नसकी त्यसै कार्यकालको तलब भत्ताको सुविधा उपयोगमा सीमित हुन पुग्यो ।  नेपाली जनताले सोझो र ईमान्दार भएका कारण नै  दोस्रो संविधान सभाकालागि भोट हाले चुनाव सम्पन्न भयो ।  नेपालीले जनताले पुनः संविधान निर्माण मातृभूमीको दायित्व संविधान सभालाई दिए ।   यसरी दिएको  दायित्वलाई भुलेर सांस्कृतिक विचलनमा लैजाने प्रयत्न नभएको होइन । संविधान निर्माणको क्रममा  देशको भाषा, संस्कृति र चालचलनको ढँंचागत शैली तथा दैनिक जीवनशैलीको नेपाली मौलिकपनामा ह्रास तुल्याउने काम भइरहो । 

नेपाली युवाहरू दैनिक जसो १५ देखि २० हजारको हाराहारीमा विदेश पलायन भइरहेका छन् भने विश्वभरमा ८० लाख भन्दा बढी नेपालीहरू काम र रोजगारी कालागि बिदेसिनु परिरहेको छ । यसलाई विकासको प्रभाव वा प्रगति भएको भनौँ वा विचलन यो आकडाले देखाउँछ ।  काठमाण्डौँ मै २५–३० वर्षको अवधिमा काउली फल्ने, धान झुल्ने खेत फांँटहरुमा आज घरै घर फलिरहेको छन् अर्थात् बसाई सराई र जनसङ्ख्याको तीव्र प्रभाव जनघनत्व थेगी नसक्नु भई सकेको छ । 

काठमाडौँको आवादि बढ्नुमा दशबर्षे द्वन्द्वकालमा  गाउँका जनता, शान्ति सुरक्षाका लागि काठमाण्डौँमा  बसाई सर्नु पनि प्रमुख कारण मध्य एक हो ।  विश्वको महंङ्गो, खर्चालु दूषित वातावरण धूलो मैलो र हरियाली अत्यन्त न्यून भएको सहरको रुपमा काठमाण्डौं उपत्यकाको आबादी एवं नव निर्माणकोक्रम बढ्दो क्रममा रहेको पाइन्छ ।  

खाशगरी हर क्षेत्रको केन्द्रीय कार्यालय एवं केन्द्रीकृत हुन, आर्थिक राजनीतिक सामाजिक मनोविश्लेषणात्मक पद्धति विकास र राजनीतिक आर्थिक संस्कारको हाबी यही नेपालको राजधानी काठमाण्डौंमा रहनु दोस्रो कारणका रुपमा हामी पाउँछौँ । सारा रोजगारीका अवसर, स्वास्थ्य, शिक्षा, नेपाली संबृद्धिको मापन यसै काठमाडौँलाई मानिएको छ । 

पहूँच एवं भौतिक अभिबृद्धि घरजग्गा सम्पत्तीलाई मान्दै आएका छौं यसैलाई संवृद्धि भनिँदै वा मानिँदै आएकाे छ । आज देशमा नागरिक शिक्षा के हो ? नागरिक को कर्तव्य के हो ? भन्दा पनि अधिकार अधिकारकै लडन्त र भिडन्तमा केन्द्रित भएको पाइन्छ । 

भनौँ देशमा दलीय प्रजातन्त्रभन्दा पनि लुटगत र गुटगत राजनीतिको व्यवहार हाबी हुँदै आएको छ ।  देशमा राजनीतिको नेतृत्वको मियो खलबलिएको अवस्था छ भनौँ धेरै पटक देशमा प्रजातन्त्र त आयो तर देशले चाहे जस्तो खोजे जस्तो नेता पाउन सकेन । राष्ट्र द्रष्टा सोच भएका नेताको आवश्यकता देशले खोजी रहेको छ  ।  

देशमा पढेलेखेका टाठा-बाठा नेता त भए तर सबै देशलाई बुझेको देश र जनताको पीडालाई आत्मसाथ गरी समय सापेक्ष ढङ्गबाट राजनीतिलाई स्थिरतवरले हाँक्न सक्ने नेता नेपाल र नेपालीले पाउन सकेका छैन । देशको माटो हावापानी सुहाउँदो बहुदलीय व्यवस्था, आफ्नै नेपालीपन सुगन्धको नेपालमै शिक्षित दीक्षित मानव स्रोत साधनको विकास भएको यसै हिमाल, पहाड तराईका बासिन्दा नेपाली कला संस्कृति इतिहास राजनीति बुझेको, नेपाली आर्थिक सामाजिक जीवन बुझेको कहीँ कतै वाट परिचालन नभई आफ्नो देश माटो भाषा, धर्म संस्कृति परम्परालाई नजिकबाट बुझेको अनुभव गरेको राजनेता आज देशले खोजहरिको छ ।     

आज देशमा तीन तहको सरकार छ ।  सङ्घीय, प्रदेश र  स्थानीय तह । स्थानीय तहको सरकार भनिए पनि सङ्घीय तह तथा निकायहरूमा हुने पहुँच र लुछाचुँडी भागबन्डा वा दलाल तन्त्रको हाविका कारण वास्तविक अभ्यास हन सकिरहेको छैन ।  

वर्तमान राजनीतिक व्यवस्थामा बढ्दै गएको र सङ्घीय संचरनाहरु बन्दै गएतापनि ती निक्कै कमजोर र फितला अवस्था छन् । हालै प्रधानमन्त्रीद्वारा भएको संसद विघटन र त्यसले देशमा ल्याएको राजनीतिक अस्थिरता र सङ्कटलाई लिन सकिन्छ । प्रदेश सरकारमा माधव–प्रचण्ड पक्षको अविश्वासको प्रस्तावदेखि प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधि सभा विघटन कदम सर्वोच्च अदालतमा विचाराधीन अवस्था छ अर्थात् देशको राजनीतिको बल अदालतको कोर्टमा पुगेको छ ।

हाल देशमा तीन तहको सरकार छ । सिहदरवार गाउँ गाउँ पुर्‍याउने लक्ष्य राखिएको छ, सर्वसाधारण जनता सिंहदरबार छिर्न पाउनु भनेको ‘फलामको च्यूला चपाए’ जस्तै भएको बेला यो सोच आफैमा सकारात्मक कुरा थियो ।  सिहदरवार छिर्न र सिंहदरबार भित्र पस्न पाउनु भनेको आफै सिंह समान हुनु हो भन्ने मानसिकता बोकेका घाम तापेर दिन गुजार्ने कर्मचारी प्रशस्त भेटिन्छन् ।  

कर्मचारीको मनोविज्ञान कसरी समय कटाउने र केवल मिटिङ मिटिङ भन्दै टार्ने मिटिङ र भत्ता, तालिम स्वदेश तथा विदेश भ्रमणमै अधिकांश कर्मचारीको बित्ने गरेको छ । विदेश जाने तालिम लिने पनि पहुँचवाला कर्मचारीमात्रैले पाउँछ अवसर हो यो पनि । जो मन्त्री तथा नेताको वरिपरि चाकडी जमाउन सक्षम छन । जनमुखी सेवा र नयाँ समय सापेक्ष दीर्घकालीन दिगो विकासका योजनाहरू सिंहदरबारवाट होला भन्न सकिन्न । सिहदरवार भित्रको कुर्सीमा पुग्ने व्यक्ति मनोविज्ञान यस्तो छ कि जो आफै सिंह भएको महसुस गर्दछ । 

आफ्नो पदलाई सिंहदरवार पसेपछि अन्य जनताको सेवाको के वास्ता ? 'जनता जे सुकै गरुन् बांँचुन कि मरुन' पैसा, तलब र शक्तिको वरिपरि घुम्न पाए भई हाल्यो होइन त ? जनताको कर तिरेको तिरो भरोबाट तलब पाकीहाल्छ, एक चोटी लोकसेवा दियो सिंहदरबार छिर्यो जिन्दगी बनी गो त त्यसपछि केही पर्दैन त ? आपसे आफ कर्मचारी तन्त्रमा छिरे पछि के चाहियो जिन्दगीमा  सबै सिंहदरवारबाटै मिल्छ ।  

आज हर क्षेत्र तरल छ र कर्तव्य निष्ठा इमान्दारीता भन्दा बेइमानहरुको झुन्ड हाबी छ, । संस्थागत राजनीति विचार र चिन्तन सिद्धान्त र निष्ठा त्यागको राजनीति भन्दा पैसाकै भर र  परपाटीमा टिकट दिने संस्कारको हाबी छ ।

देशका समग्र संस्थागत विकासका पक्षहरू धराशायी बन्दै छन् र देश आर्थिक सामाजिक राजनीतिक चपेटामापरि थिलथिलो भएको छ । आगामी चुनाव हुन सक्छ वा हुन्छ भन्ने कुरामा जनता विश्वस्त हुन सकेको अवस्था छैन । जनता अदालतको निर्णय कुरी बसेको अवस्थामा छन्  आज हरेक नेपाली राष्ट्रिय पार्टी तथा क्षेत्रीय पार्टीहरूले, एकता, समन्वय सहिष्णुता कायम गरी पार्टीभन्दा देश र जनता माथि हुन भन्ने मनन गर्दे सच्चा नेतृत्व, जनउत्तरदायी जिम्मेवार कर्तव्यको बोध गर्नु पर्दछ र आफ्ना विगतका अनुभवहरूलाई युवा पुस्तामा हस्तान्तरण गर्न तयार दखिदैनन् । 

प्रजातन्त्र लोकतन्त्रमा आफै मात्र पदमा पदासीन हूने व्यक्ति ठुलो कि संस्था भन्ने मनस्थितिले घर गरेको देखिन्छ । भ्रष्ट्राचार कमिशनखोरको घेराबन्दीमा राजनीतिक नेतृत्व परिरहेको छ ।  हिजो भोट दिएर  आफैले बनाएको नेतो र आजको नेतृत्वमा आकाश र जमिनको फरक परिरहेको छ । 

तसर्थ बेलैमा सचेत, सतर्क र सजग बन्दै उपलब्धिहरूलाई सुरक्षित र संरक्षणमा लाग्नु  जरुरी छ । नयाँ युवाहरूलाई जानेको बुझेको अनुभव सहित हस्तान्तरण गर्नु जरुरी छ ।  सबै जात भाषाभाषीहरूको धर्म संस्कृतिको सम्मान गर्दै आफू पनि बाच्दै  अरुलाईपनि बचाउँदै  भावी पुस्तालाई नेपाली संस्कार, संस्कृति,  भाषा, इतिहास सिकाउन ढिला भइसकेको छ ।