मानव अधिकार र पत्रकारिता तालीम सम्पन्न

मानव अधिकार र पत्रकारिता तालीम सम्पन्न

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ १६, २०७७

सुनसरी । सबैका लागि घर घरमा मानव अधिकार शान्ति र विकासको आधार’ भन्ने मूल नारासहित मानव अधिकार र पत्रकारिता तालीम आज यहाँ सम्पन्न भएको छ ।
     
राष्ट्रिय मानव अधिकार आयोग र सञ्चारीका समूह नेपालद्वारा संयुक्त रुपमा आयोजित सो दुई दिने तालीममा सुनसरी, मोरङ, झापा र भोजपुरका गरी ३२ पत्रकार महिलाको सहभागिता थियो । 

सो अवसरमा आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले सबैको अधिकार सुरक्षित हुने गरी समाचार सम्प्रेशन गर्नुपर्नेमा जोड दिदैं मानव अधिकारको प्रवद्र्धनका लागि कलम चलाउन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । 

आयोगका प्रदेश नं १ उपनिर्देशक नीतु गड्तैलाले मानव अधिकारमैत्री पत्रकारिता आजको आवश्यकता भएको उल्लेख गर्दै मानिसको जीवन, स्वतन्त्रता, समानता र मर्यादालाई ख्याल गरेर पत्रकारिता गर्नुपर्ने धारणा राख्नुभयो । पत्रकार महिलाको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले तालीमको आयोजना गरिएको उहाँले बताउनुभयो ।