समुन्नत राष्ट्र निर्माण गर्नु सबैको साझा दायित्वः प्रदेश प्रमुख कलौनी

समुन्नत राष्ट्र निर्माण गर्नु सबैको साझा दायित्वः प्रदेश प्रमुख कलौनी

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ १६, २०७७

कर्णाली । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले नेपाली जनताले प्राप्त गरेका उपलब्धिहरूको रक्षा गरी सामाजिक न्याय र समानतामा आधारित समुन्नत राष्ट्र निर्माण गर्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ । 

शहीद दिवसका अवसरमा आज शुकामना सन्देश जारी गर्दै उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गरी समुन्नत राष्ट्र निर्माणमा आ–आफ्नो तह र तप्काबाट योगदान पु¥याउन आजको दिनले पे्ररणा मिल्ने विश्वास व्यक्त गर्नुभएको हो ।

प्रदेश प्रमुख कलौनीले प्रजातन्त्र स्थापनाका लागि निरङ्कुश राणा शासनविरुद्ध सङ्घर्ष गर्दै सहादत प्राप्त गर्नुहुने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, दशरथ चन्दलगायत देश र जनताका लागि आफ्नो जीवन न्यौछावर गर्नुहुने शहीदहरुले गरेको त्याग र बलिदानको परिणामस्वरूप नेपाल एक स्वतन्त्र, सार्वभौम, अखण्ड, स्वाधीन र स्वाभिमानी मुलुकको रूपमा स्थापित भएको बताउनुभएको छ । 

नेपालमा सङ्घीय  लोकतान्त्रिक गणतन्त्र स्थापना हुँदासम्मका विभिन्न कालखण्डमा भएका सङ्घर्षमा आफ्नो अमूल्य जीवनको आहुति दिनुहुने अमर शहीदहरूप्रति श्रद्धासुमन व्यक्त गर्दै उहाँले सन्देशमा भन्नुभएको छ, “सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको सर्वोच्चता, स्वायत्तता र स्वशासनको अधिकारलाई सुनिश्चित गर्दै शहीदहरूको सपना साकार पार्न मन, वचन र कर्मले अविचलितरूपमा समर्पित रहन यस दिवसले हामी सबैमा प्रेरणा प्रदान गर्ने विश्वास लिएको छु ।”